कारोबार संवाददाता
शुक्रवार, माघ १७, २०७६

नेपाली सेनाको आयोजनामा प्रधानसेनापति पाँचौँ खुला दौड प्रतियोगिता आगामी फागुनमा गरिने भएको छ । आगामी फागुन ३ गते हुने एकदिने उक्त प्रतियोगितामा म्याराथन, हाफ म्याराथन १० किमी, वाकाथन पाँच किमी र छात्रछात्रा दौड पाँच किमी गरी पाँच स्पर्धामा प्रतिस्पर्धा हुने नेपाली सेना जनसम्पर्क तथा सूचना विभाग निर्देशक विज्ञानदेव पाण्डेले जानकारी दिए ।

494
कारोबार संवाददाता
शुक्रवार, माघ १७, २०७६

चितवन प्रिमियर लिग टी–२० क्रिकेट प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको छ । आज शुक्रबारदेखि यही माघ २५ गतेसम्म नारायणगढको क्याम्पाचौरमा पहिलो पटक चितवन प्रिमियर लिग गर्न लागिएको हो । नारायणी एडभर्टाइजिङ एन्ड इभेन्ट्सको आयोजना र चितवन क्रिकेट सङ्घको सहआयोजनामा प्रतियोगिता हुँदैछ । प्रतियोगितामा जिल्लाका पाँच टिम भरतपुर गुर्खाज, माडी टाइगर्स, इच्छाकामना वारियर्स, सौराहा स्यान्ड्स र राप्ती -यापिडसको सहभागिता रहेको छ ।

475
कारोबार संवाददाता
बिहिवार, माघ १६, २०७६

जारी सहिद स्मारक ए डिभिजन लिग अन्तर्गत बुधबार सम्पन्न खेलमा साविक विजेता मनाङ मस्र्याङ्दी क्लबले संकटा क्लबलाई हराएको छ । मनाङले संकटालाई ३–० गोलको फराकिलो अन्तरले पराजित गरेको हो ।

452
कारोबार संवाददाता
आइतवार, माघ १२, २०७६

विजय दौड अन्तर्गतको हाफ म्याराथनको उपाधि आर्मीका नरेन्द्र सिंह रावल(गणेश दल गण) ले जितेका छन् । नेपाल आर्मीका खेलाडी समेत रहेका सिंहले शनिबार तानसेन (पाल्पा)मा सम्पन्न दौड अन्तर्गत हाफ म्याराथन तर्फको निर्धारित २१ किमिको दूरी १ घन्टा १६ मिनेट ९ सेकेण्डमा पूरा गर्दै उपाधि जितेका थिए ।

514
कारोबार संवाददाता
शुक्रवार, माघ १०, २०७६

तानसेनमा ‘विजय दौड’ आयोजना हुने भएको छ । नेपाल भ्रमण वर्ष २०२० लाई मध्यनजर गर्दै श्री गोरखदल गण तानसेन र पाल्पा जिल्लाका स्थानीय तहको आयोजनामा विजय दौड यही शनिबार (माघ १२ गते) आयोजना हुन लागेको गोरखदल गण, नागपोखरी व्यारेकका सेनानी मनोज डंगोलले बताए ।

524
कारोबार संवाददाता
बिहिवार, माघ ९, २०७६

२०२० टोकियो ओलम्पिकमा प्रतिस्पर्धा गर्ने नेपाली खेलाडीहरुले जापानमै प्रशिक्षण पाउने भएका छन् । नेपाली खेलाडीहरुलाई जापानमा प्रशिक्षणको लागि यहाँको तोकोशिमा प्रिफेक्चरले सहयोग गर्ने भएको छ । नेपाली खेलाडीलाई जापानमा प्रशिक्षण व्यवस्था मिलाउने विषयमा नेपाल ओलम्पिक कमिटी (एनओसी) र तोकोशिमा प्रिफेक्चरबिच सोमबार जापानमा समझदारीपत्रमा हस्ताक्षर भएको छ ।

506
कारोबार संवाददाता
आइतवार, माघ ५, २०७६

खेल पत्रकार प्रज्वल ओलीको समाचार विश्वकै उत्कृष्ट ३ समाचारमा छनोट भएको छ । खेल पत्रकारहरुको अन्तर्राष्ट्रिय संस्था इन्टरनेशनल स्पोर्टस् प्रेस एसोसिएसन (एआइपिएस)ले आयोजना गरेको स्पोर्टस् अवार्ड २०१९ को समाचार प्रतियोगितातर्फको विधामा विश्वभरका खेल पत्रकारमध्ये ओलीको समाचार उत्कृष्ट ३ मा परेको हो ।

753
कारोबार संवाददाता
मंगलबार, पुष २९, २०७६

तनहुँको व्यास नगरपालिकाले खेलकुद पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले अल्ट्रा म्याराथन गर्दै आएको छ । खेलकुदमार्फत जिल्लाका पर्यटकीयस्थलको विकास र प्रचारप्रसार गर्न पर्यटकीयस्थल मानहुँकोटदेखी पुलिमराङसम्म ४४ किलोमिटर अल्ट्रा म्याराथन गर्दै आएको हो ।

636
कारोबार संवाददाता
मंगलबार, पुष २२, २०७६

भलिबललाई नेपालको राष्ट्रिय खेलको मान्यता दिन ससंदीय समिति सहमत भएको छ । प्रतिनिधिसभा, शिक्षा तथा स्वास्थ्य समितिको सोमबार सिंहदरबारमा बसेको बैठकमा सहभागी सांसदहरु भलिबललाई राष्ट्रिय खेलका रुपमा ऐनमै उल्लेख गर्न सहमत भएका हुन् । राष्ट्रियसभाबाट पारित राष्ट्रिय खेलकूद विकास विधेयक, २०७५ मा छलफल गर्दै सांसदहरुले भलिबललाई राष्ट्रिय खेलका रुपमा ऐनमै समावेश गर्न जोड दिए ।

424
कारोबार संवाददाता
आइतवार, पुष २०, २०७६

नेपाली लेग स्पिनर सन्दीप लामिछानेले अस्ट्रेलियामा जारी बिग ब्यास लिग क्रिकेटमा उत्कृष्ट बलिङ गरेका छन् । बिग ब्यास लिगमा मेलबर्न स्टार्सबाट खेल्दै आएका उनले शनिबार मेलबर्न रेनेगेड्सविरुद्धको खेलमा उत्कृष्ट बलिङ गर्दै तीन विकेट लिए । उक्त खेलमा मेलबर्न स्टार्स आठ विकेटले विजयी भएको छ ।

660
कारोबार संवाददाता
मंगलबार, पुष १५, २०७६

पोखरा अन्तर्राष्ट्रिय म्याराथन (४२.१९५ किमी) प्रतियोगिताको पुरस्कारको राशि दोब्बर पारिएको छ । भूतपूर्व खेलाडी मञ्च नेपालले आगामी फागुन ३ गते पोखरामा आयोजना हुने उक्त प्रतियोगिताको पुरस्कार दुई लाख बनाएको हो ।

564
कारोबार संवाददाता
आइतवार, पुष १३, २०७६

दोस्रो संस्करणको नमस्ते पोखरा प्रिमियर लिग (पीपीएल) टी २० क्रिकेट प्रतियोगिताको उपाधि चितवन राइनोजले जितेको छ । पोखरा रङ्गशालास्थित क्रिकेट मैदानमा शनिबार भएको फाइनल खेलमा विराटनगर टाइटन्सलाई ३२ रनले पराजित गर्दैै पारस खड्काको कप्तानीमा रहेको चितवनले उपाधिसहित रु. २७ लाख पुरस्कार पायो ।

537
कारोबार संवाददाता
बिहिवार, पुष १०, २०७६

शहीद स्मारक ए डिभिजन लिग फुटबलअन्तर्गत बुधबारदेखि शुरु भएको तेस्रो चरणको पहिलो खेलमा मछिन्द्र क्लबले फ्रेण्डस क्लबलाई पराजित गर्दै लिगको शीर्ष स्थानमा उक्लिएको छ ।

557
कारोबार संवाददाता
बिहिवार, पुष १०, २०७६

सातौं प्रधानसेनापति अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिताको उपाधि सशस्त्र प्रहरी बलको एपीएफ क्लबले जितेको छ । नेपाली सेनाको त्रिभुवन आर्मी क्लबलाई २–० गोलले हराउँदै एपीएफले उपाधि चुमेको हो ।

449
कारोबार संवाददाता
बुधवार, पुष ९, २०७६

कास्की जिल्ला टेनिस संघको आयोजना तथा माछापुछ्रे बैंकको मुख्य प्रायोजनमा यसै वर्षदेखि खुला महिला तथा पुरुष माछापुछ्रे टेनिस प्रतियोगिता हुने भएको छ । भेट्रान्स टेनिसको १७ औं संस्करणबाट यसै बर्ष देखि खुला महिला तथा पुरुष टेनिस प्रतियोगिता हुने भएको मंगलबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइएको हो ।

423