कारोबार संवाददाता
शुक्रवार, फाल्गुन २५, २०७४

आईसीसी विश्वकप छनोट क्रिकेटमा आफ्नो दोस्रो खेलमा नेपाल स्टकल्याण्डसँग ४ विकेटले पराजित भएको छ । १५० रनको सामान्य चुनौति पछ्याउँदै ब्याटिङ गरेको स्टकल्याण्डले ४१.३ ओभरमा ६ विकेटको क्षतिमा लक्ष्य पूरा गर्यो ।स्कटल्याण्डको जितमा कप्तान किली कोइट्जरले अविजित ८८ रन बनाए । उनकै उत्कृष्ट प्रदर्शनमा नेपाल पराजित भएको हो । क्राइग वाल्लेसले १७, कलम म्याक्लोडले १५, माथेव क्रसले १४ र जर्ज मोन्सीले १० बनाए ।

1089
कारोबार संवाददाता
बिहिवार, फाल्गुन २४, २०७४

त्रिभुवन विश्वविद्यालयको मानविकी तथा समाजशास्त्र विभागले खेलकुद विज्ञान र पर्यटन तथा आतिथ्य अध्ययनमा स्नाकोत्तर तह सञ्चालन गर्ने भएको छ । खेलकुद अध्ययन गरेको विज्ञको अभाव तथा पर्यटन तथा आतिथ्य अध्यययन गरेका जनशक्तिको अभाव भइरहेका बेला विभागले स्नाकोत्तर तह सञ्चालन गर्न लागेको हो ।

1519
कारोबार संवाददाता
सोमवार, फाल्गुन २१, २०७४

आईसीसी विश्वकप छनोट क्रिकेटको पहिलो खेलमा नेपाल आयोजक तथा टेष्ट राष्ट्र जिम्बावेसँग पराजित भएको छ । आइतबार भएको समूह चरणको पहिलो खेलमा नेपाल जिम्बावेसँग ११६ रनले पराजित भएको हो ।बुलावायोस्थित क्विन्स स्पोर्ट्स क्लबको मैदानमा जिम्बावेले दिएको ३८१ रनको विशाल लक्ष्य पछ्याएको नेपालले पूरै ५० ओभर खेल्दै ८ विकेट गुमाएर २६४ रन बनाउन सक्यो । नेपालको सम्मानजनक स्कोरमा शरद भेषवाकर र आरिफ शेखले अर्धशतकीय पारी खेले ।

1113
कारोबार संवाददाता
बिहिवार, फाल्गुन १०, २०७४

दोस्रो चरणको रुस्लान धनगढी प्रिमियर लिगको बुधबार राजधानीमा खेलाडीको अक्सन सम्पन्न भएको छ । अक्सनबाट प्रतियोगितामा सहभागी ६ टोलीले ७२ खेलाडीलाई टिमसँग अनुबन्ध गरेका छन् । प्रत्येक टिमले १२–१२ खेलाडी अक्सनमार्फत आफ्नो टिममा भित्र्याएका छन् । प्रत्येक टिमलाई १२ खेलाडी आवद्ध गर्न दिइएको उच्चतम ११ लाख रुपैयाँ मूल्यमा विराटनगर किंग्सले सबैभन्दा बढी ९ लाख ९५ हजार रुपैयाँ खर्च गरेको छ भने सिवाइसी अत्तरियाले सबैभन्दा कम ७ लाख २० हजार खर्च गरेको छ ।

1170
कारोबार संवाददाता
बुधवार, फाल्गुन ९, २०७४

२०७५ मंसिरमा नेपालगञ्जमा आयोजना गरिने आठौं राष्ट्रिय खेलकुद प्रतियोगिताको लोगो, मस्कट, गीत र नारा सार्वजनिक गरिएको छ । प्रतियोगिताका लागि हात्तीको छावा मस्कट निर्धारण गरिएको छ भने ‘आठौं खेलकुद हाम्रो प्रदेशमा, पसिना र पौरख आफ्नै देशमा’ भन्ने नारा निर्धारण गरिएको छ ।

2452
रासस
मंगलबार, फाल्गुन ८, २०७४

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडीलाई सम्मान गर्दै जनही तीन लाख रुपैयाँ दिइने घोषणा गरेका छन् । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा सोमबार प्रधानमन्त्री ओलीले क्रिकेट खेलाडीलाई सम्मान गर्दै नामिवियामा हालै सम्पन्न आइसिसी विश्व क्रिकेट लिग प्रतियोगितामा उत्कृष्ट खेल प्रदर्शन गर्ने नेपाली खेलाडी र प्रशिक्षकलाई नगद प्रदान गर्ने घोषणा गरेका हुन् । उक्त रकम शुक्रबार हस्तान्तरण गरिने बताइएको छ ।

1115
रासस
सोमवार, फाल्गुन ७, २०७४

जिम्बावेमा आयोजना हुने विश्वकप क्रिकेट छनोट खेलका लागि नेपाली राष्ट्रिय टोलीको घोषणा भएको छ ।

1352
कारोबार संवाददाता
सोमवार, फाल्गुन ७, २०७४

पोखराको खेलकुद सहितको पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले यही (आज) सोमबार हुने ‘१२ औं सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथन २०७४’ मा करिब ५ सय जना धावक सहभागी हुने भएका छन् । भूतपर्व खेलाडी मञ्च नेपालको आयोजनामा सुजल डेरीको उत्पादन सफल दूधको मुख्य प्रयोजनामा प्रजातन्त्र दिवसको अवसरमा बिहान पोखरामा हुने उक्त प्रतियोगितामा करिब ५ सय जना धावकले म्याराथन सहितको विभिन्न इभेन्टमा प्रतिस्पर्धा गर्ने भएको मञ्चका अध्यक्ष तेजबहादुर गुरुङले बताए ।

927
कारोबार संवाददाता
सोमवार, फाल्गुन ७, २०७४

हेटौंडामा जारी तेस्रो हेटौंडा गोल्डकप फुटबल प्रतियोगिता–२०७४ मा नेपाल पुलिस क्लब सेमीफाइनलमा प्रवेश गरेको छ । पुलिस क्लबले आइतबार आयोजक विजय युथ हेटौंडाको चुनौती ३–० गोलअन्तरले पन्छाउँदै सेमिफाइनलमा स्थानमा बनाएको हो । फाइनल प्रवेशका लागि पुलिसले थ्रीस्टार क्लब र संकटा क्लबबीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ ।

1307
कारोबार संवाददाता
आइतवार, फाल्गुन ६, २०७४

त्रिभुवन आर्मी क्लबले दोश्रो पटक सिमरा गोल्डकपको उपाधि उचालेको छ । सिमरा रंगशालामा शनिबार भएको प्रतियोगितामा थ्रिस्टार क्लबलाई २–० गोल अन्तरले पराजित गर्दै त्रिभुवन आर्मीले उपाधि जित्यो । आर्मीले यसअघि २०७१ मा छैंटौं संस्करणको उपाधि जितेको थियो ।

1107
कारोबार संवाददाता
आइतवार, माघ २८, २०७४

लैनचौर युवा समन्वय समितिद्वारा आयोजित दोस्रो अन्तर कलेज फुटसल प्रतियोगिता—२०७४ को उपाधि न्यू मिलेनियम कलेज , सुकेधारा , धुम्बाराही , काठमाण्डौले हात पारेको छ । मनाङ फुटसलको खेल मैदानमा आयोजित उक्त प्रतियोगितामा फाइनल भिडन्तमा न्यू मिलेनियम कलेजले नवोदित कलेजलाई ट्राइ बेकरमा पछि पारेको हो ।

1321
रासस
बिहिवार, माघ २५, २०७४

क्रिकेट लिग डिभिजन दुईमा नामिबियाले नेपाललाई जितका लागि १३९ रनको लक्ष्य दिएको छ ।

1455
कारोबार संवाददाता
आइतवार, माघ १४, २०७४

नेपाली क्रिकेटर सन्दिप लामिछाने दिल्ली डेयरडेभिल्सबाट आईपीएल खेल्ने भएका छन् । आईपीएल टिममा आवद्ध हुने उनी पहिलो नेपाली क्रिकेटर हुन् ।

2073
एजेन्सी
बुधवार, माघ १०, २०७४

म्यानचेस्टर युनाइटेड लगातार दोस्रो वर्षमा विश्वकै धनी फुटबल क्लब भएको डिलोइटले जनाएको छ । समग्रमा युनाइटेड दसौं पटक धनी भएको छ ।

1700
कारोबार संवाददाता
आइतवार, माघ ७, २०७४

द नेक्सट नवौं लियो कर्पोरेट सुपर सिक्सेस क्रिकेट प्रतियोगिताको उपाधि लुम्बिनी आई इन्स्टिच्युटले जितेको छ । शनिबार भैरहवा बहुमुखी क्याम्पसमा सम्पन्न फाइनलमा तिनाउ विकास बैंकलाई २ विकेटले पराजित गर्दै लुम्बिनी आईले उपाधिसहित नगद १५ हजार रुपैयाँ पुरस्कार जितेको छ ।

1158