अमृता राई
मंगलबार, बैशाख ४, २०७५

विश्वकै उत्कृष्ट ब्रान्डद्वारा सम्मानित टीसीएलले आईपीएलका लागि आईपीएल प्रेडिक्ट एन्ड विन कन्टेस्ट सार्वजनिक गरेको छ । उक्त कन्टेस्टमा सहभागिताका लागि टिसिएलको फेसबुक पेजमा गएर लाइक गरी आफूले चाहेको टिमलाई छान्न सक्ने कम्पनीले बताएको छ ।

1202
कारोबार संवाददाता
सोमवार, बैशाख ३, २०७५

युवा तथा खेलकुदमन्त्री जगत विश्वकर्माले खेल क्षेत्रको विकासका लागि राज्यले लगानी बढाउने प्रतिबद्धता जनाएका छन् । जिल्ला खेलकुद विकास समिति तनहुँको आयोजनामा आइतबारदेखि दमौलीमा सुरु १०औं राष्ट्रपति रनिङ शिल्ड जिल्लास्तरीय प्रतियोगिताको उद्घाटन गर्दै मन्त्री विश्वकर्माले खेल क्षेत्रले राष्ट्रको शान र पहिचान बढाउन सहयोग गरेको भन्दै आगामी बजेटमा खेल क्षेत्रमा पर्याप्त बजेट विनियोजन गरिने बताए ।

1497
कारोबार संवाददाता
मंगलबार, चैत्र २७, २०७४

हेटौंडा–६ स्थित गौरीटारमा निर्माणाधीन केन्द्रीय खेलकुद प्रतिष्ठानमा करिब चारवर्षपछि खेलाडी बस्ने होस्टल तयार भएको छ । चार करोड रुपैयाँ लागतमा ३६ कोठे पुरुष होस्टल निर्माण भएको हो । राष्ट्रिय खेलकुद परिषद्ले निर्माण गरेको उक्त होस्टलमा ६० जना अट्ने क्षमता छ ।

1372
कारोबार संवाददाता
सोमवार, चैत्र २६, २०७४

केएनपी जापन प्रालिले शेरबहादुर खड्का स्मृति प्रतिष्ठानको आयोजनामा सञ्चालन हुन भएको राष्ट्रिय महिला भलिबल प्रतियोगिताको मुख्य प्रायोजन गरेको छ । आइतबार आयोजित कार्यक्रममा शेरबहादुर स्मृति प्रतिष्ठानकी संरक्षक गमली खड्का र केएनपी जापान प्रालिका नेपाल प्रमुख मनोजकुमार मिश्रबीच सम्झौतापत्रमा हस्ताक्षर भयो ।

1184
मीनकुमार नवोदित
सोमवार, चैत्र २६, २०७४

विराट गोल्डकपको ३२ औं संस्करणको उपाधिका लागि सोमबार (आज) चिरप्रतिद्वन्द्वी विभागीय टिम त्रिभुवन आर्मी क्लब र रुस्लान थ्रीस्टार क्लबबीच प्रतिस्पर्धा हुने भएको छ ।

1275
कारोबार संवाददाता
आइतवार, चैत्र २५, २०७४

रुपन्देही च्यालेन्जर्सलाई तीन रनले हराउँदै टिम चौराह धनगढी ‘रुस्लान धनगढी प्रिमियर लिग (डिपिएल)’को प्ले अफमा पुगेको छ । शनिबार सम्पन्न दोस्रो खेलमा रुपन्देहीले टस जितेर फिल्डिङ रोजेपछि टिम चौराह धनगढीले आठ ओभरमा सात विकेट गुमाउँदै ७६ रन बनायो । रुपन्देहीले ७७ रनको लक्ष्य पछ्याउने क्रममा पाँच विकेट गुमाएर ७३ रनमात्र बनाउन सक्यो ।

1113
कारोबार संवाददाता
बिहिवार, चैत्र २२, २०७४

खेलकुद कसैको लागि व्यायाम हुनसक्छ, कसैको लागि मन बहलाउन तथा सकृय रहन मनोरञ्जनको लागि हुनसक्छ । तर खेलकुदले मानिसलाई फुर्तिलो र निरोगि बनाउनका साथै अनुशासित र समूहमा मिलेर काम गर्न सक्ने बनाउँछ । खेलले सामूहिक भावनाको विकास गर्नुका साथै आपसी प्रतिस्पर्धाको भावना पनि सिर्जना गर्दछ । मानसिक तथा शारीरिक स्वस्थ्यको लागि खेलकुदबाट सिर्जित प्रतिस्पर्धाको भावनाले व्यक्तिको विकास तथा समाजमा भाइचाराको भावना पनि विकास गर्छ । समाज सभ्य तथा अनुशासित रहन मद्दत गर्दछ ।

1405
रासस
बुधवार, चैत्र २१, २०७४

रुस्लान धनगढी प्रिमियर लिग (डिपिएल)क्रिकेट प्रतियोगिताअन्तर्गत मंगलबार भएको खेलमा टिम चौराह धनगढी विजयी भएको छ । धनगढीले महेन्द्रनगर युनाइटेडलाई आठ विकेटले पराजित गरेको हो । टिम चौराह धनगढीको यो दोस्रो जीत हो । महेन्द्रनगर दुई खेलमा एक जीत र एक हारको अवस्थामा छ ।

1181
दीननाथ बराल
मंगलबार, चैत्र २०, २०७४

पर्यटकीयनगरी पोखरामाआउदो जेठ तेस्रो सातापोखरा स्पोट्र्स अवार्डहुने भएको छ । नेपाल खेलकुदपत्रकार मञ्च, कास्कीले आयोजनामाजेठ १८ गते तेश्रो संस्करणको उक्तअवार्ड हुने भएको मञ्चकाअध्यक्ष केशवपाठकले बताए । मञ्चको आईतबार बसेको २० औं बैठकले उक्तनिर्णय गरेको सचिव रन्जनअधिकारीले बताए ।

1125
मीनकुमार नवोदित
सोमवार, चैत्र १९, २०७४

उद्योगीको साथ नपाएको भए ऐतिहासिक विराट गोल्डकप फुटबल प्रतियोगिताले निरन्तरता पाउने थिएन । २०१८ सालदेखि सुरु गोल्डकपको ३२ औं संस्करण जारी छ यतिबेला विराटनगरस्थित सहिद मैदानमा । जसलाई आयोजना गरेका छन् विराटनगरका उद्योगीहरूले । उद्योगी नविन रिजालको अध्यक्षतामा बनेको आयोजक समितिमा अधिकांश उद्योगी नै छन् । विभिन्न उपसमितिको संयोजकदेखि सदस्यहरू उद्योगीहरूले नै स्थान पाएका छन् ।

1137
कारोबार संवाददाता
आइतवार, चैत्र १८, २०७४

रुस्लान धनगढी प्रिमियर लिग (डिपिएल) क्रिकेटको उद्घाटन खेलमा काठमाडौँ गोल्डेन्स विजयी भएको छ । कैलालीको धनगढीस्थित संघीय प्रहरी इकाई कार्यालयको मैदानमा शनिबार भएको खेलमा काठमाडौंँ गोल्डेन्सले स्थानीय टिम चौराह धनगढीलाई सात विकेटले पराजित गरेको हो ।

1390
दीननाथ बराल
बिहिवार, चैत्र १५, २०७४

इन्डोनेसियाको जर्कातामा १८ अगस्तदेखि सेप्टेम्बर २ सम्म आयोजना हुने १८ औं एसियाली खेलकुदअन्तर्गत प्याराग्लाइडिङ खेलका लागि २१ जना खेलाडी छनोट भएका छन् । नेपाल प्याराग्लाइडिङ तथा ह्याङग्लाडिङ संघको आयोजनामा खेलाडी विभिन्न छनोट चरणबाट दुई विधामा २१ जना खेलाडीहरू छनोट भएको संघका महासचिव शैलेन्द्र रावतले बताए ।

1260
कारोबार संवाददाता
मंगलबार, चैत्र १३, २०७४

सुर्खेतमा बहुउद्देश्यीय कभर्डहल निर्माण कार्य सुरु भएको छ । कर्णाली प्रदेशकै नमुना भनिएको बहुउद्देश्यीय कभर्डहल जिल्ला व्याडमिन्टन संघ सुर्खेतले निर्माण गर्न लागेको हो । सुर्खेतको वीरेन्द्रनगरस्थित सेमिकभर्डहलको हाताभित्र निर्माण हुन लागेको बहुउद्देश्यीय कभर्डहलको लागत चार करोड रहको छ । संघले कभर्डहल निर्माणका लागि गत वर्ष धार्मिक महोत्सव आयोजना गरी नगद र वाकदान गरी १ करोड २७ लाख रकम संकलन गरिसकेको छ । =

1640
कारोबार संवाददाता
शुक्रवार, चैत्र ९, २०७४

नेपालका युवा क्रिकेटर सन्दीप लामिछानेले इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा १ नम्बरको जर्सी लगाउने भएका छन् । लेग स्पिन्नर सन्दिपले दिल्ली डेयरडेभिल्सबाट यो सिजनको आईपीएल क्रिकेट खेल्दैछन् ।

1366
कारोबार संवाददाता
बुधवार, चैत्र ७, २०७४

गैरआवासीय नेपाली संघ (एनआरएनए) ले अन्तराष्ट्रिय एकदिवसीय क्रिकेटको मान्यता पाएकोमा बधाई तथा शुभकामना दिएको छ । एनआरएनद्वारा मंगलबार जारी विज्ञप्तिमा नयाँ इतिहास रच्दै पहिलो पटक नेपाललाई अन्तर्राष्ट्रिय एकदिवसीय क्रिकेटको मान्यता पाउनु समस्त नेपालीको गौरवको विषय हो भनिएको छ ।

1327