कारोबार संवाददाता
आइतवार, बैशाख २३, २०७५

चौथो केएनपी राष्ट्रिय महिला भलिबल प्रतियोगिताको उद्घाटन खेलमा आइतबार शिवम् न्यु डायमन्ड एकेडेमी र विभागीय टोली नेपाल पुलिस क्लबबीच प्रतिस्पर्धा हुँदैछ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा शुक्रबारदेखि सुरु भएको प्रतियोगितामा ६ टोलीको सहभागिता रहेको छ ।

1301
कारोबार संवाददाता
आइतवार, बैशाख २३, २०७५

अखिल नेपाल फुटबल संघ (एन्फा)को अध्यक्षमा कर्माछिरिङ शेर्पा निर्वाचित भएका छन् । शनिबार सम्पन्न एन्फाको १६ औं साधारणणसभाबाट शेर्पा अध्यक्षमा भारी मतान्तरले विजयी भएका हुन् ।

1285
कारोबार संवाददाता
आइतवार, बैशाख २३, २०७५

माछापुच्छ्रे क्रिकेट क्लबले ओम डेभलपमेन्ट बैंक कास्की जिल्ला क्रिकेट लिगको उद्घाटन खेलमा जित हासिल गरेको छ । पोखरा रंगशालामा शनिबार भएको उद्घाटन खेलमा माछापुच्छ्रेले पोखरा क्रिकेट क्लबलाई ५ रनले पराजित गर्दै जित हासिल गरेको हो ।

992
कारोबार संवाददाता
बिहिवार, बैशाख २०, २०७५

पाँचथरमा चार महिनाको अन्तरमा चारवटा गोल्डकप फुटबल प्रतियोगिता भएका छन् । पुसमा फिदिम स्पोर्टिङ क्लबले आयोजना गरेको फाल्गुनन्द गोल्डकप, चैतमा पाँचथर क्लबले आयोजना गरेको पाँचथर गोल्डकप र रविको रवि राइजिङले आयोजना गरेको मिक्लाजुङ गोल्डकप सम्पन्न भइसकेको छ ।

1152
कारोबार संवाददाता
बुधवार, बैशाख १९, २०७५

पल्सर स्पोर्टस् अवार्डअन्तर्गत पिपुल्स च्वाइसमा चारजना खेलाडी मनोनयनमा पर्न सफल भएका छन् ।

1100
कारोबार संवाददाता
आइतवार, बैशाख १६, २०७५

पोखरामा शनिबार सम्पन्न भएको छैटौं दक्षिण एशियाली ट्राईयाथलन च्याम्पियनसिपमा भारतले स्वर्ण पदक जितेको छ । नेपालसहित ५ देशका ४९ जना खेलाडीहरुले सहभागिता जनाएको उक्त प्रतियोगितामा भारतीय मनिचन्द्र सिंह र समिरा मारिहाम अब्राहमले उक्त प्रतियोगितामा प्रथम स्थान हासिल गर्दै स्वर्ण पदक हात पार्न सफल भएका हुन् ।

1150
कारोबार संवाददाता
शुक्रवार, बैशाख १४, २०७५

नेपालको लागी हुन्डार्ई गाडीको अधिकारिक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले विगतका वर्ष झैँ यस वर्ष पनि हुन्डाइ ओपन गल्फ टुर्नामेन्ट २०१८ गर्ने भएको छ । उक्त ट्रुनामेन्ट गोकर्ण गल्फ क्लबमा आउदो शुक्रबार र शनिबार हुने भएको छ ।

1140
कारोबार संवाददाता
शुक्रवार, बैशाख १४, २०७५

कागेश्वरी मनोहरा नगर खेलकुद विकास समितिले नगरपालिका स्तरीय अन्डर ट्वान्टी फुटबल प्रतियोगिता आयोजना गर्ने भएको छ । कागेश्वरी मनोहरा नगरपालिकामा रहेका वडाहरुका बीचमा प्रतियोगिता हुने जनाइएको छ ।

1374
कारोबार संवाददाता
बिहिवार, बैशाख १३, २०७५

‘ब्रिटिस अल्फा बेटा कप–२०१८ अन्तर कलेज फुटसल टोर्नाेमन्ट’ प्रतियोगितामा ‘ब्रिटिस कलेज विजयी भएको छ । प्रतियोगिता ‘द ब्रिटिस कलेज’ र ‘अल्फाबिटा इन्स्टिच्युट प्राइभेट लिमिटेड’को संयुक्त आयोजनामा भएको प्रतियोगितामा सो कलेज विजयी भएको हो ।

1257
कारोबार संवाददाता
मंगलबार, बैशाख ११, २०७५

मनाङ मस्र्याङ्दी क्लब इलाममा जारी चौथो अन्तर्राष्ट्रिय आमन्त्रण माइभ्याली गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।आयोजक माइभ्याली फुटबल क्लब इलामलाई शून्यका विरुद्ध एक गोल गर्दै मनाङले सेमिफाइनलको यात्रा तय गरेको हो । मनाङले पहिलो हाफमा गरेको गोल नै निर्णायक बन्यो ।

1090
दीननाथ बराल
सोमवार, बैशाख १०, २०७५

साहासिक खेल प्याराग्लाइडिङको एसियाली खेलकुदमा सहभागिताका लागि १० जना नेपाली खेलाडीहरू छनोट भएका छन् । इन्डोनेसियाको जर्कातामा भदौ २ देखि १६ गतेसम्म सञ्चालन हुने १८ औं एसियाली खेलकुदको प्याराग्लाइडिङ खेलका लागि दुइटा विधामा १० जना खेलाडी छनोट भएको नेपाल प्याराग्लाइडिङ तथा ह्याङग्लाइडिङ संघले जनाएको छ ।

1259
कारोबार संवाददाता
सोमवार, बैशाख १०, २०७५

‘द ब्रिटिस कलेज’ र ‘अल्फा बेटा इन्स्टिच्युट प्राइभेट लिमिटेड’ को संयुक्त आयोजनामा ‘ब्रिटिस अल्फा बेटाकप–२०१८ अन्तर कलेज फुटसल टुनामेन्ट’ यही २३—२४ अप्रिलमा धन्यन्तरी फुट्सल धुमबराहीमा हुने भएको छ ।

1120
कारोबार संवाददाता
आइतवार, बैशाख ९, २०७५

मोर्डन इन्डियन स्कुल अल्मुनाइको आयोजनामा केबीएसएम एमआईए अल्मुनाइ म्याराथुन प्रतियोगिताको सम्पन्न भएको छ । काठमाडौंको सानो गौचरन स्टेडियम आयोजना गरिएको सो म्याराथुन प्रतियोगितामा महिला पुरुष तथा ४० वर्ष पूरा गरेका (भेट्रान) प्रतियोगी सहभागी भएका थिए । प्रतियोगिता ४ किलोमिटर, १० किलोमिटर र हाफ म्याराथुन गरेर ३ विधा भएको थियो ।

1130
दीननाथ बराल
आइतवार, बैशाख ९, २०७५

प्रदेश नम्बर ४ का सामाजिक विकासमन्त्री नरदेवी पुनले खेलाडीहरूको बिमा अनिवार्य रूपमा आवश्यक भएको बताएकी छन् । पूर्वखेलाडी मञ्च नेपालको ९ औं साधारणसभाको शनिबार पोखरामा उद्घाटन गर्दै मन्त्री पुनले राष्ट्रको नाममा दिलो ज्यान दिएर खेल्ने खेलाडीहरूको भइपरि आउने घटनाको जोखिमबाट बचाउन पनि खेलाडीहरूलाई बिमा आवश्यक भएको बताएकी हुन् ।

1320
कारोबार संवाददाता
बुधवार, बैशाख ५, २०७५

शेरबहादुर खड्का स्मृति प्रतिष्ठानकी संरक्षक गमली खड्का र शिवम् सिमेन्टका प्रोजेक्ट म्यानेजर निखिल अग्रवालबीच मंगलबार एक सम्झौतापत्रमा हस्ताक्षर भयो । शिवम् सिमेन्टले सह–प्रायोजन स्वरूप प्रतियोगिताका लागि ५ लाख रुपैयाँबराबरको सहयोग उपलब्ध गराउने भन्दै कम्पनीले सम्झौता १ वर्षका लागि भएको जनाएको छ । प्रतियोगिताका लागि शिवम्ले ३ लाख नगद सहयोग गर्नेछ भने २ लाख बराबरको मञ्च व्यवस्थापन र फुटकर खर्च गर्नेछ । त्रिपुरेश्वरको कभर्डहलमा सञ्चालन हुने प्रतियोगितामा ६ टोलीको सहभागिता रहनेछ ।

1411