कारोबार संवाददाता
मंगलबार, जेठ १५, २०७५

पाको युथ क्लबले आयोजना गरेको सेकेन्ड मोबाइल फुटसल टुर्नामेन्ट–२०१८ मा ओप्पो नेपालको टिम वानले विजय हासिल गर्न सफल भएको छ ।

1392
कारोबार संवाददाता
सोमवार, जेठ ७, २०७५

आईएमई फाउन्डेसनको आयोजना एवं अल नेपाल लन टेनिस एसोसिएसन (एएनएलटीए) को सहयोगर जुनियरटेनिस इनिसियसन (जेटीआई) को संयोजनमा ‘फस्ट आईएमई जेटीआई ग्रान्ड जुनियर ओपन लन टेनिस’ प्रतियोगिता आइतबारदेखि सुरु भएको छ ।

1254
कारोबार संवाददाता
शुक्रवार, जेठ ४, २०७५

राष्ट्रिय क्रिकेट टोलीका कप्तान पारस खड्का यस वर्षको उत्कृष्ट खेलाडी बनेका छन् । काठमाडौंमा बिहीबार आयोजित पल्सर स्पोर्टस् अवार्डमा चार प्रतिस्पर्धीलाई पछि पार्दै उनले अवार्ड जितेका हुन् । खड्का नेपाललाई वान डे इन्टरनेसनल मान्यता दिलाउने कप्तान हुन् ।

2372
रासस
बिहिवार, जेठ ३, २०७५

राष्ट्रिय क्रिकेट टोलीका सदस्य सन्दीप लामिछानेले विश्व एघारको प्रतिनिधित्व गर्दै वेष्ट इन्डिजविरुद्ध अन्तर्राट्रिय ‘च्यारिटी म्याच’ खेल्दै छन् ।

3728
कारोबार संवाददाता
बुधवार, जेठ २, २०७५

फिफा विश्वकप–२०१८ का लागि कोकाकोलाले आफ्नो कोकाकोला प्रायोजित थिम ‘कलर्स’ नामक गीत सार्वजनिक गरेको छ ।

2481
कारोबार संवाददाता
सोमवार, बैशाख ३१, २०७५

नेपाल आइस आन फुटसल टुर्नामेन्टको अन्तिम दिनको फिल्ड फुटसल, सानेपामा भएको खेलमा सेमिफाइनलमा एमएआरएस, बेलकम , मिडिया बास्केट र आउटरिच नेपाल सहभागी भएकोमा मिडिया बास्केट र आउटरिच नेपाल फाइनल खेलमा पुगेका थिए ।

2059
रासस
शुक्रवार, बैशाख २८, २०७५

राष्ट्रिय खेलकुद परिषद् (राखेप) को आयोजनामा प्रधानमन्त्री कप अन्तर प्रदेश क्रिकेट प्रतियोगिता आगामी जेठमा हुने भएको छ । आगामी जेठ १३ देखि २९ गतेसम्म सञ्चालन हुने उक्त प्रतियोगिताको खेल कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदान र मूलपानी क्रिकेट मैदानमा सञ्चालन गरिने राखेपद्वारा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

1468
कारोबार संवाददाता
बिहिवार, बैशाख २७, २०७५

नेपालगन्जमा भएको प्रथम अन्तर व्यवसायी फुटबल प्रतियोगिता २०७५ को उपाधी किराना व्यवसायी संघले चुम्न सफल भएको छ । फाइनल खेलमा किराना व्यवसायी संघले होटल व्यवसायी संघलाई २ का विरुद्ध ३ गोल गरेर उपाधी चुम्न सफल भएको हो ।

1003
कारोबार संवाददाता
बुधवार, बैशाख २६, २०७५

चौथो केएनपी राष्ट्रिय महिला भलिबल प्रतियोगिताको उपाधि एपीएफ क्लबले जितेको छ । मंगलबार भएको फाइनल खेलमा एपीएफले नेपाल पुलिसलाई ३–० को सोझोे सेटमा हराउँदै उपाधि जितेको हो ।

1117
कारोबार संवाददाता
मंगलबार, बैशाख २५, २०७५

पल्सर स्पोर्टस अवार्डअन्तर्गतको पिपुल्स च्वाइस अवार्डमा बिजेताको टुंगो आम जनताले गर्न सक्नेछन् । यसअघि एसएमएस भोटिङमार्फत मात्र बिजेता निर्धारण हुदैं आएको पिपुल्स च्वाइस अवार्डका लागि भने यसपटक केही परिवर्तन ल्याइएको छ ।

1812
कारोबार संवाददाता
सोमवार, बैशाख २४, २०७५

चौथो केएनपी राष्ट्रिय महिला भलिबल प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा भएको छ । आइतबार भएका खेलमा जित हात पार्दै शिवम् न्यु डायमन्ड एकेडेमी र पश्चिमाञ्चल भलिबल संघले अन्तिम चारमा स्थान बनाएसँगै सेमिफाइनल पुग्ने टोलीको टुंगो लागेको हो ।

1817
कारोबार संवाददाता
सोमवार, बैशाख २४, २०७५

अखिल नेपाल फुटबल संघ (एन्फा) का नवनिर्वाचित अध्यक्ष कर्माछिरिङ शेर्पाले म्याच फिक्सिङ रोक्न तत्काल कानुन आवश्यक रहेको बताएका छन् । उनले भने, “म्याच फिक्सिङको अन्त्य गर्न तत्काल कानुन आवश्यक छ । त्यो कानुन ल्याउनको लागि सरोकारवाला निकाय, सरकार र संसदले विशेष पहल लिनुपर्छ ।”

1441
कारोबार संवाददाता
आइतवार, बैशाख २३, २०७५

विज्ञापन एजेन्सी, संचारगृह र व्यावसायिक प्रतिष्ठानबीच सद्भाव र भाइचारको सम्बन्ध अभिवृद्धि गर्न फुटसल प्रतियोगिता आयोजना हुने भएको छ । नेपाल विज्ञापन संघ (आन)को आयोजनामा सोमबारबाट नेपाल आइस आन फुटसल प्रतियोगिता हुने भएको हो ।

1733
कारोबार संवाददाता
आइतवार, बैशाख २३, २०७५

‘वाईवाई ग्लोकल टिन हिरो’ले आफनो चौथो संस्करणका लागि आवेदन आह्वान गरिएको ग्लोकल प्रालिले जनाएको छ । नवलपरासीकी १७ बर्षिया बाल अधिकार कार्यकर्ता विपना शर्मा र युवा वैज्ञानिक, सन्तोष लामिछाने सोही कार्यक्रममा प्रथम भइ २०१५ र २०१६ मा पुरस्कृत भएका थिए । त्यसैगरी दाङका १८ वर्षीया सामाजिक कार्यकर्ता सचिन डाँगी, २०१७ कावाई वाई ग्लोकल टीन हीरो बिजेता हुन् ।

2654
कारोबार संवाददाता
आइतवार, बैशाख २३, २०७५

व्यास नगरपालिकाले पर्यटन प्रबद्र्धनका लागि ‘व्यास नगर अल्ट्रा म्याराथन’ प्रतियोगिता गर्ने भएको छ । खेलको माध्यमबाट पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यसहित नगरपालिकाले आगामी वैशाख २९ गते शनिबार म्याराथन प्रतियोगिता गर्न लागेको हो ।व्यास नगरपालिकाका प्रमुख बैकुण्ठ न्यौपानेले खेलको माध्यमबाट पर्यटन प्रवद्र्धन गर्ने लक्ष्यसहित म्याराथन गर्न लागिएको जानकारी दिए ।

2231