कारोबार संवाददाता
बुधवार, फाल्गुन ७, २०७६

नेपालले एशियाली क्रिकेट काउन्सिलले आयोजना गर्ने एसिसी पूर्वी क्षेत्रीय टी–२० क्रिकेट (इस्टर्न रजन क्रिकेट) प्रतियोगिताको तयारी थालेको छ। घरेलु मैदानमा आइसिसी लिग दुई खेलेलगत्तै खेलाडी अभ्यासमा जुटेका छन् । एसिसी पूर्वी क्षेत्रीय प्रतियोगिता यही फागुन १५ गतेदेखि थाइल्यान्डमा शुरु हुँदैछ । उक्त प्रतियोगितामा नेपालसहित थाइल्यान्ड, मलेसिया, हङकङ र सिङ्गापुरको सहभागिता रहनेछ । सो प्रतियोगितामा आठ राष्ट्र सहभागी हुने भनिए पनि अन्तिममा आएर चीन, भूटान र म्यान्माले कोरोना भाइरसका कारण खेल्न नसक्ने आयोजकलाई जानकारी गराएको छ ।

350
कारोबार संवाददाता
आइतवार, फाल्गुन ४, २०७६

मछिन्द्र क्लबले सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलको उपाधि जितेको छ । शनिबार भएको खेलमा विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई १–० गोल अन्तरले पराजित गरेसँगै मछिन्द्र क्लब शीर्ष स्थानमा रहँदै च्याम्पियन बनेको हो ।

387
कारोबार संवाददाता
शुक्रवार, फाल्गुन २, २०७६

१४ औं संस्करणको सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथनलाई सफल पार्न १३ देशका २१ जना विदेशी धावकहरु सहभागि हुने भएका छन्। शनिबार पोखरामा हुने उक्त प्रतियोगितालाई सफल पार्न विश्व शान्तिको कामना गर्दै पिस टर्च सहित १३ देशका २१ जना विदेशी धावकहरु पोखरा आइसकेको आयोजक भूतपूर्व खेलाडी मञ्च नेपालले बिहिबार पोखरामा आयोजना गरेको पत्रकार सम्मेलनमा जानकारी गराएको हो ।

315
कारोबार संवाददाता
बिहिवार, फाल्गुन १, २०७६

गत साता दुबईमा सम्पन्न ‘आईरनमेन दुबई’मा एक नेपाली जमुना कुमारी श्रेष्ठले सहभागिता जनाएकी छिन् । सम्भवतः नेपालीहरुको पहिलो पटक भएको उक्त सहभागितामा उनले कुल ८ घण्टा ७ मिनेट २० सेकेण्डमा प्रतियोगिता पूरा गरिन् ।

551
कारोबार संवाददाता
बिहिवार, फाल्गुन १, २०७६

राजधानीमा जारी शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगितामा हिमालयन शेर्पा र जावलाखेल युथ क्लब बीचको खेल बराबरीमा समाप्त भएको छ । ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको खेलमैदानमा बुधबार सम्पन्न खेलमा दुवै टोलीले ३–३ गोलको बराबरी खेल्दै अङ्क बाँडेका हुन् । खेलको पहिलो हाफ सकिँदा १० खेलाडीमा सीमित जावलाखेलविरुद्ध शेर्पाले ३–१ को अग्रता बनाएको थियो तर खेलको दोस्रो हाफमा जाउलाखेलले दुई गोल थप्दै खेललाई तीन–तीन गोलको बराबरीको स्थितिमा पु-यायो ।

354
कारोबार संवाददाता
बिहिवार, फाल्गुन १, २०७६

नेपाल इकोनोमिक्स ओलम्पीयड (एनईओ) २०२० को राष्ट्रिय प्रतिस्पर्धा शुक्रबारदेखि सुरु हुने भएको छ । युवा अर्थशास्त्रीहरुको संस्था योङ इकोनोमिष्ट सोसाईटी नेपालले आयोजना गरेको यस प्रतिस्पर्धाले अर्थशास्त्र, वित्त र व्यवासयमा प्रतिभाशाली विद्यार्थीको खोजी गर्नेछ । उत्कृष्ट पाँच प्रतिस्पर्धी विद्यार्थीले काजकिस्तानमा आगामी जुलाइमा हुने ‘इन्टरनेश्नल इकोनोमिक्स ओलम्पीयड (आईईओ) २०२०’ का लागि नेपालको प्रतिनिधित्व गर्न पाउने छन् ।

679
सागर परियार
बुधवार, माघ २९, २०७६

जुम्लामा निर्माण हुने कर्णालीकै नमुना हाइअल्टिच्युट ट्रेनिङ सेन्टरको डीपप्आर तयार भएको करिब ३ वर्ष बढी भयो । ३२ करोडको खर्चमा डीपीआर तयार हुँदा पनि वर्षौंसम्म बजेट अभावले ट्रेनिङ सेन्टर निर्माणले गति लिन सकेन । विश्वकै अग्लो स्थानमा धान फल्ने छुमचौरमा बन्ने हाइअल्टिच्युट ट्रेनिङ सेन्टरले खेल क्षेत्रसँगै कर्णालीको पर्यटन प्रवद्र्धनमा टेवा पु-याउने आशा गरिए पनि बजेट अभावले अलपत्र थियो । २०७४ पुस ३ गते खेलकुद मन्त्रालयका सचिव महेश दाहाल नेतृत्वको टोलीले सम्भाव्यता अध्ययन गरेको थियो ।

566
दीननाथ बराल
सोमवार, माघ २७, २०७६

कोरोना भाइरसका कारण पोखरामा हुने भनिएको आइटिएफ जुनियर (यू—१८) वल्र्ड -याङकिङ टेनिस प्रतियोगितामा केही देशका खेलाडीहरु सहभागि नहुने भएका छन् । सोमबार देखि पोखरामा संचालन हुने उक्त प्रतियोगितामा १७ देशका खेलाडीहरुले सहभागि हुने जनाइए पनि अन्तिम समयमा आएर ११ देशका खेलाडीहरु मात्र सहभागि हुने भएको प्रतियोगिताका निर्देशक अजय विष्टले बताए ।

394
कारोबार संवाददाता
आइतवार, माघ २६, २०७६

आईसीसी विश्वकप क्रिकेट लिग–२ मा नेपालले पहिलो जित हासिल गरेको छ । घरेलु मैदानमा सिरिजको दोस्रो खेल खेल्दै नेपालले अमेरिकालाई ३५ रनले हराएको हो ।

387
कारोबार संवाददाता
बिहिवार, माघ २३, २०७६

विश्वकप क्रिकेट लिग–२ को त्रिपक्षीय शृंखलाको पहिलो खेलमा नेपालले हार व्यहोरेको छ । बुधबार त्रिवि क्रिकेट मैदानमा भएको खेलमा बलिङ उत्कृष्ट गरे पनि नेपालको पुरानै समस्याका रुपमा रहेको ब्याटिङ नचल्दा लिग अन्तरगतको ओमानविरुद्धको पहिलो खेलमा नेपाल १८ रनले पराजित भएको हो ।

403
नीरज पिठाकोटे
बुधवार, माघ २२, २०७६

वीरगन्जमा जारी स्वर्गीय गिरिजा प्रसाद कोईराला फाउण्डेशन प्रथम प्रदेशस्तरीय पूmटबल प्रतियोगितामा मंगलबार बारा पूmटबल संघले सिराहा पूmटबल संघलाई पराजित गरेको छ ।

524
कारोबार संवाददाता
मंगलबार, माघ २१, २०७६

वीरगन्ज प्रिमियर लिग (वीपीएल) टि–ट्वाण्टीको उपाधि वीरगन्ज स्टार्सले जितेको छ । सोमबार वीरगन्जको नारायणी क्रिकेट मैदानमा भएको प्रतियोगितामा सिंह ११ लायन्सलाई ४ विकेटले पराजित गरेर उपाधी हात पारेको हो ।

366
कारोबार संवाददाता
मंगलबार, माघ २१, २०७६

लुम्बिनी एकेडेमीको मुख्य प्रायोजन तथा निजी तथा आवासीय विद्यालय संगठन काठमाडौं (प्याब्सन) को आयोजनामा यही माघ २२, २३ र २४ गते लुम्बिनी फुटसल ग्राउण्ड चुच्चेपाटीमा अन्तर–विद्यालय फुटसल प्रतियोगिता हुने भएको छ ।

361
नीरज पिठाकोटे
आइतवार, माघ १९, २०७६

वीरगन्जमा शनिबारदेखि सुरु भएको जी.पी. कप पूmटबल प्रतियोगितामा धनुषाले विजयी सुरुवात गरेको । गिरिजा प्रसाद कोईराला फाउण्डेशन पर्साले आयोजना गरेको प्रदेश २ स्तरीय फुटबल प्रतियोगिताको उदघाटन खेलमा पर्सा पूmटबल संघलाई पराजित गरी धनुषा पूmटबल संघ विजयी भएको हो । धनुषाका जर्सी नम्बर १७ का प्रमोद यादवले खेलको पहिलो हाफको २८ मिनेटमा गोल गरेपछि घरेलु मैदानमा पर्साको टिम निरीह बन्यो । खेलको सुरुवातमा धनुषाका खेलाडीलाई निकै दबावमा राखेपनि गोल भने रोक्न सकेन । दोश्रो हाफको चार मिनेटमा पर्साका जर्सी नम्बर ३ का सुदीश श्रेष्ठले गोल गरेपछि खेल बराबरी भएको थियो ।

351
कारोबार संवाददाता
सोमवार, माघ २०, २०७६

अकुपाई टुँडिखेलले अब प्रतिनिधि सभा, राष्ट्रियसभा, प्रदेश सभाका विभिन्न समितिमा गई टुँडिखेलको संरक्षण गर्न सरकारलाई निर्देशन दिन लगाउने आगामी योजना घोषणा गरेको छ । शनिबार काठमाडौंको खुल्लामञ्चमा अकुपाई टुँडिखेलले एक कार्यक्रमको आयोजना गरेर आगामी योजनाहरू सार्वजनिक गर्दै यस्तो घोषणा गरेको हो ।अकुपाई टुँडिखेलका अभियन्ताहरूले अहिलेसम्म आफूहरूले स्थानीय सरकारसँग पटक–पटक टुँडिखेलको संरक्षणको लागि हारगुहार गरेको तर कुनै सुनुवाई नभएकोले बाध्य भएर प्रादेशिक सरकार (बाग्मती प्रदेशको सरकार) र केन्द्रीय सरकारलाई नै अब यसको संरक्षणको लागि आग्रह गरिने जानकारी दिएका हुन् ।

321