कारोबार संवाददाता
बिहिवार, फाल्गुन २२, २०७६

थाइल्याण्डमा जारी एसिसी इस्टर्न रिजन पुरुष टि ट्वान्टी कप क्रिकेटमा नेपालले आयोजक थाइल्याण्डलाई पराजित गर्दै प्रतियोगितामा पहिलो जीत दर्ता गराएको छ ।बैंककको टेर्डथाई क्रिकेट मैदानमा बुधबार सम्पन्न खेलमा नेपालले थाइल्याण्डलाई ९ विकेटले पराजित गर्दै प्रतियोगितामा पहिलो जीत दर्ता गराएको हो ।

526
कारोबार संवाददाता
बिहिवार, फाल्गुन २२, २०७६

शहिद स्मारक ए डिभिजन लिग विजेता मच्छिन्द्र क्लब इलाममा जारी माईभ्याली गोल्डकपको फाइनलमा प्रवेश गरेको छ । बुधबार भएको पहिलो सेमी फाइनल खेलमा भारतको मानेभञ्जाङ फुटबल क्लब दार्जिलिङलाई ३–० गोल अन्तरले पराजित गर्दै मच्छिन्द्रले फाइनलमा आफ्नो सिट सुरक्षित गरेको हो ।

532
कारोबार संवाददाता
बुधवार, फाल्गुन २१, २०७६

पोखरामा हुने १८औं संस्करणको आहा रारा गोल्ड कपको तयारी पूरा भएको छ । मंगलबार पत्रकार सम्मेलन आयोजकले प्रतियोगिताबारे जानकारी दिएको छ । फागुन २२ गतेदेखि हुने प्रतियोगिता चैत १ गतेसम्म चल्नेछ । प्रतियोगितामा १० टिम सहभागी हुनेछ । यस वर्षको प्रतियोगिताको विजेताले १० लाख १ हजार नगद प्राप्त गर्नेछ भने उपविजेताले ५ लाख १ हजार प्राप्त गर्नेछ ।

406
कारोबार संवाददाता
सोमवार, फाल्गुन १९, २०७६

गण्डकी प्रदेश सरकारको आर्थिक सहयोगमा प्रदेशको राजधानी पोखरामा अन्तर्राष्ट्रिय स्तरका दुई वटा स्क्वास कोर्ट निर्माण कार्य सुरु भएको छ । चालू आर्थिक वर्ष २०७६-०७७ मा सकिने गरी पोखरा रंगशालाभित्र स्क्वास कोर्ट निर्माण कार्य सुरु भएको कास्की जिल्ला स्क्वास संघका सहसचिव सन्तोष घिमिरेले बताए ।

449
कारोबार संवाददाता
सोमवार, फाल्गुन १९, २०७६

त्रिभुवन आर्मी क्लब इलाममा जारी छैटौँ संस्करणको माईभ्याली गोल्डकपको सेमीफाइनलमा प्रवेश गरेको छ । ए डिभिजन लिग उपविजेता आर्मीले आइतबार संकटा क्लबलाई २–१ गोल अन्तरले पराजित गर्दै सेमीफाइनलको यात्रा तय गरेको हो । त्रिभुवन आर्मीका २८ नम्बर खेलाडी सुडिल राईले खेल शुरु भएको सातौँ मिनेटमा पहिलो गोल गर्दै खाता खोलेका थिए । प्रतिष्पर्धात्मक खेलको ७२ औं मिनेटमा त्रिभुवन आर्मीका राईले नै थप एक गोल गर्दै नतिजा दोब्बर बनाएका थिए । खे

393
कारोबार संवाददाता
सोमवार, फाल्गुन १९, २०७६

थाइल्याण्डमा जारी एसीसी इस्टर्न रिजन टि–ट्वेन्टी क्रिकेट प्रतियोगितामा नेपाल हङकङसँग पराजित भएको छ । बैंककको टेडथाई क्रिकेट मैदानमा आइतबार भएको खेलमा नेपाल हङकङसँग ४३ रनले पराजित भएको हो । लगातारको दुई हारसँगै एशिया कप छनोटमा पुग्ने नेपालको सम्भावना न्यून हुँदै गएको छ । यसअघि नेपाल आफ्नो पहिलो खेलमा मलेशियासँग २२ रनले पराजित भएको थियो ।

384
कारोबार संवाददाता
आइतवार, फाल्गुन १८, २०७६

महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री पार्वत गुरुङले सामाजिक क्षेत्रको कामलाई पनि राष्ट्रिय गौरवको आयोजनाको रूपमा अघि बढाउने घोषणा गरेका छन् । मन्त्री गुरुङले पदबहाली भएको सय दिनको अवसर पारेर शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गरी सामाजिक क्षेत्रको कामलाई पनि राष्ट्रिय गौरवको आयोजनाको रूपमा अघि बढाउने नविन सोचलाई अघि बढाइएको बताए ।

365
कारोबार संवाददाता
आइतवार, फाल्गुन १८, २०७६

मानेभञ्ज्याङ एफसी दार्जिलिङ भारत इलाममा जारी छैटौँ संस्करणको माईभ्याली गोल्डकपको सेमीफाईनलमा प्रवेश गरेको छ । शनिबार इलामको ठूलो टुँडीखेलमा भएको पहिलो क्वाटर फाइनलमा झापा ११ लाई एकका विरुद्ध २ गोल गर्दै मानेभन्ज्याङले सेमीफाइनलको यात्रा पक्का गरेको हो ।

456
नीरज पिठाकोटे
आइतवार, फाल्गुन १८, २०७६

वीरगन्जमा शनिबार आयोजना गरिएको ‘वीरगन्ज म्याराथन २०२०’ नेपाली सेनाले जितेको छ । पुरुषतर्फ ४२ किलोमिटर दूरीको म्याराथुनमा नेपाली सेनाका अमलदार खगेन्द्र भाट प्रथम भए । उनले १ लाख २५ हजार टीभीएस मोटरसाईकल जितेका छन् । दोश्रो नेपाली सेनाकै सिपाही राजन रोकाया भएका छन् । उनले एक लाख ५० हजार प्राप्त गरेका छन् । त्यस्तै तेश्रो स्थान पनि नेपाली सेनाकै सुवेदार हरि कुमार रिमाल भएका छन् । उनले १ लाख रुपैयाँ पाएका छन् ।

379
कारोबार संवाददाता
बुधवार, फाल्गुन १४, २०७६

नेपाली तेक्वान्दो खेलाडी अरुण अधिकारी क्षेत्री जापानको राष्ट्रिय तेम्वान्दो च्याम्पियन बन्न सफल भएका छन् । जापानमा नेपाली तेक्वान्दो खेलाडीले पाएको अहिलेसम्मकै ठूलो सफलता पाउने क्रममा अरुण ६८ देखि ७४ केजी तौल समूहमा जापान च्याम्पियन बनेका हुन् । जापानको ओईता प्रिफेक्चरमा सोमबार भएको १३ औं राष्ट्रिय तेत्वान्दो च्याम्पियनशिपमा जापानी खेलाडीलाई हराउँदै अरुण जापानी राष्ट्रिय च्याम्पियन बन्न सफल भएका हुन् ।

469
देवराज गुरुङ
मंगलबार, फाल्गुन १३, २०७६

पाथीभरा अन्तराष्ट्रिय म्याराथुन पुरुषतर्फको उपाधि सुमन कुलुङले जितेका छन् । पाँचथरका प्रकाश थाम्सुहाङ दोश्रो बने । त्रिभुवन आर्मी क्लबका दुर्गाराज बुढा तेश्रो भए । सोलुखुम्बुका कुलङले निर्धारित ५४ किलोमिटरको दुरी ४ घन्टा १३ मिनेट २७ सेकेन्डमा पुरा गरे । दोश्रो भएका थाम्सुहाङले ४ घन्टा १४ मिनेट ९ सेकेन्डमा पुरा गरे ।

1305
कारोबार संवाददाता
सोमवार, फाल्गुन १२, २०७६

वीरगन्मा एकताका लागि दौड प्रतियोगिता हुने भएको छ । नेपाल सरकार रक्षा मन्त्रालय, नेपाली सेनाको पृतना २८ नम्बर बाहिनी जीतपुरको आयोजना तथा वीरगन्ज महानगरपालिका, भिजिट नेपाल २०२० प्रदेश नम्बर २ र वीरगन्ज उद्योग वाणिज्य संघको सहआयोजनामा फागुन १७ गते ‘वीरगन्ज म्याराथुन २०२०’ हुने भएको हो । वीरगन्ज उद्योग वाणिज्य संघको सभाहलमा पत्रकार सम्मेलन गरी प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको आयोजकले जनाएको छ । प्रतियोगिता वीरगन्ज म्याराथन हुन लागेको वीरगन्ज महानगरपालिकाका मेयर विजयकुमार सरावगीले बताए ।

468
कारोबार संवाददाता
आइतवार, फाल्गुन ११, २०७६

तेस्रो खुल्ला लनटेनिस प्रतियोगिताको पुरुष तर्फको उपाधि रितिक रानाले चुमेका छन् । मेन्स सिंगलको शुक्रबार भएको फाईनल खेलमा प्रणव खनाललाई ६–४, ६–३ को सोझो सेटमा पराजित गर्दै रानाले उपाधिसँगै ५५ हजार रुपैयाँ हात पारेका हुन् ।

611
कारोबार संवाददाता
आइतवार, फाल्गुन ११, २०७६

कोरोना भाइरसका कारण पोखरामा हुने आहा रारा गोल्ड कपमा विदेशी टिम प्रभावित भएका छन् । यही फागुन २२ गतेदेखि पोखरामा संचालन हुने १८ औं संस्करणको आहा रारा गोल्ड कप फुटबल प्रतियोगिता २०७६ मा विभिन्न देशका क्लबहरुसँग सहारा क्लवले समन्वय गरे पनि अन्तिम समयमा आएर भारतको एक टिममात्र सहभागी हुने भएको क्लबका अध्यक्ष केशव बहादुर थापाले बताए ।

359
कारोबार संवाददाता
बिहिवार, फाल्गुन ८, २०७६

सहिद स्मारक बी डिभिजन लिग फुटबल प्रतियोगिता यही फागुनको दोस्रो सातादेखि शुरु हुने भएको छ । यही फागुन ११ गतेदेखि शुरु हुने उक्त प्रतियोगितामा ब्वाइज युनियन क्लब र श्रीकुमारी क्लबबीच उद्घाटन खेल हुनेछ ।

403