कारोबार संवाददाता
आइतवार, भदौ १५, २०७६

रुपन्देहीको पुरानो लिस्नु कप फुटबल प्रतियोगिताको १९ औं सस्करण यही भदौ २१ गते असोज ३ गतेसम्म आयोजना हुने भएको छ । आयोजक संस्था लिस्नु युबा क्लब तिलोत्तमा नगरपालिका कोटीहवाले पत्रकार सम्मेलन आयोजना गर्दै प्रतियोगिताको मिति सार्वजनिक गरेको हो । प्रतियोगितामा यस पटक प्रदेश ५ का रुपन्देही, नवलपरासी, कपिलवस्तु, दाङ तथा गण्डकी प्रदेशको स्याङजा र प्रदेश नम्बर ३ को चितवन जिल्ला समेत सहभागी हुने आयोजक सस्था एबं क्लबका अध्यक्ष तिर्थराज मल्लले बताए ।

412
कारोबार संवाददाता
शुक्रवार, भदौ १३, २०७६

कतारमा सन् २०२२ मा आयोजना हुन लागेको फिफा विश्वकप अन्तर्गत एसियन छनोट दोस्रो चरणका नेपाली टोली घोषणा भएको छ । मुख्य प्रशिक्षक जोहान कालिनले छनोट अन्तर्गत कुवेत र चाइनिज ताइपेइसँगको लागि बिहीबार २३ सदस्यीय नेपाली टोलीको घोषणा गरेका हुन् । घोषित टोलीको गोलकिपरमा किरण चेम्जोङ, विकेश कुथु र विशाल श्रेष्ठ छन् । डिफेन्डरमा सरोज दाहाल, अजित भण्डारी, दिनेश राजवंशी, अनन्त तामाङ, देवेन्द्र तामाङ, रजिन धिमाल, सुमन अर्याल छन् ।

415
कारोबार संवाददाता
मंगलबार, भदौ १०, २०७६

‘प्रथम प्रकाश दाहाल स्मृति प्रगतिशिल युवा नेपाल कप’ राष्ट्रिय खुल्ला पुरुष भलिबल भदौ अन्तिम साताबाट सुरु हुने भएको छ । खेलकुदसँगै सामाजिक काम गर्नेगरी स्थापना भएको प्रगतिशिल युवा नेपालले स्वर्गिय दाहालको स्मृतिमा राष्ट्रिय खुल्ला पुरुष भलिबल आयोजना गर्ने भएको हो । नयाँ बसपार्कस्थित ढोरपाटन प्रशिक्षण केन्द्रमा भदौ २४ गतेबाट २८ गतेसम्म चल्ने प्रतियोगितामा तीन विभागीय क्लबसहित १० टोली सहभागि हुने प्रगतिशील युवा नेपालले जनाएको छ ।

820
कारोबार संवाददाता
सोमवार, भदौ ९, २०७६

सिन्धुली जिल्लामा रंगशाला निर्माण हुने भएको छ । प्रदेश नम्बर ३ सरकारको कुल १३ करोड ४३ लाख ५८ हजार ३९७ रुपैयाँ लागतमा रंगशाला निर्माण हुने भएको हो ।

708
कारोबार संवाददाता
आइतवार, भदौ ८, २०७६

नेपाल शिन क्योकुशिन कराँते संघले संघका सचिव अजय महर्जनलाई उक्त पदबाट मुक्त गरिएको स्पष्ट पारेको छ । शनिबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै संघले यस्तो जानकारी गराएको हो । महर्जनले संघको विधानअनुरुप काम नगरेको, संघको लेटरप्याड तथा छापको दुरुपयोग गरेको, अवैधानिक रुपमा सञ्चालित गुर्जुधारा शाखा दोजोलाई प्रतियोगिता सञ्चालन गर्न अनुमति दिएको, महत्वपूर्ण बैठक तथा सेमिनारहरुमा धेरै पटकसम्म अनुपस्थित रहेको, संघभन्दा बाहिर रहेका संघहरुमा रहेर काम गरेकोले उक्त पदबाट हटाइएको संघको दाबी छ ।

551
दीननाथ बराल
शुक्रवार, भदौ ६, २०७६

पोखरा रंगशालामा हाल निर्माण हुँदै गरेको फुटबल स्टुडिएमअन्तर्गत फुटबल मैदानमा प्रयोग हुने दुबो(घाँस) भारतको कलकोक्ताबाट ल्याइने भएको छ । उक्त फुटबल मैदान निर्माणको अन्तिम घडिमा आर्टिभिसियलबाट नेचुरल फुटवल मैदान निर्माण गर्ने निर्देशन पाएसंगै आफुहरुले पोखराको वातावरण अनुकूल हुने गरी भारतको कोलकाताबाट दुबो ल्याउने गरिएको निर्माण कम्पनीका हरिबाबु न्यौपानेले बताए ।

1426
कारोबार संवाददाता
शुक्रवार, भदौ ६, २०७६

युवा तथा खेलकुदमन्त्री जगत विश्वकर्माले बजेट अभावमा १३औं दक्षिण एसियाली खेलकुद (साग) लक्षित कुनै पनि खेलकुदको भौतिक संरचनाको निर्माणकार्य नरोकिने दाबी गरेका छन् । पोखरा रंगशालामा निर्माण हुँदै गरेका विभिन्न खेल पूर्वाधार निर्माणको अवलोकन गर्दै मन्त्री विश्वकर्माले बजेट अभावका कारणले गर्दा साग लक्षित कुनै पनि खेल पूर्वाधार निर्माणमा प्रभाव नपर्ने दाबी गरेका हुन् । पोखरा रंगशालामा पत्रकारसँग संक्षिप्त कुराकानी गर्दै मन्त्री विश्वकर्माले मंसिर १० देखि २४ गतेसम्म नेपालमा साग हुनु नेपालको इज्जत र प्रतिष्ठासँग जोडिएकाले उक्त गेम्स निर्धारित मितिमा हुने र त्यसका लागि आवश्यक पूर्वाधार निर्माणका काम तीव्र गतिका साथ काठमाडौं र पोखरामा भइरहेको जनाए ।

551
कारोबार संवाददाता
मंगलबार, भदौ ३, २०७६

खेलकुदका माध्यमबाट आपसीभाइचारा, सहअस्तित्व र मित्रता अभिवृद्घि गर्ने उद्देश्यका साथ ललितपुरको जावलाखेलमा अवस्थित डीएभी एनइबी (प्लस २) कलेज ले अन्तर कलेज (प्लस २), सिक्स ए साइड दोस्रो फुटसल प्रतियोगिता आयोजना गर्न गइरहेको जनाएको छ ।

614
कारोबार संवाददाता
मंगलबार, भदौ ३, २०७६

एसियन भलिबल कन्फेडेरेसन (एभिसी) सेन्ट्रल जोन सिनियर पुरुष भलिबल प्रतियोगिताको पहिलो खेलमा नेपाली राष्ट्रिय भलिबल टोली पराजित भएको छ ।

607
कारोबार संवाददाता
सोमवार, भदौ २, २०७६

खेलकुदको माध्यमबाट इतिहास र पर्यटनको प्रबद्र्धनका लागि गोरखामा खुल्ला म्याराथुन दौड प्रतियोगिता हुने भएको छ । नेपालको उत्पत्तिदेखि जगसम्म भन्ने अवधारणा अनुसार ‘लिगलिगकोट सिरानचोककोट गोरखा दरबार खुल्ला म्याराथन दौड’ प्रतियोगिता हुने भएको हो । नेपाली सेनाको रणसिंह दल गोरखा, गोरखा नगरपालिका, पालुङटार नगरपालिका र सिरानचोक गाउँपालिकाको संयुक्त आयोजनामा यही भदौ २५ गते प्रतियोगिता हुने आइतबार पत्रकार सम्मेलन गरी जानकारी दिइएको छ । लिगलिगकोटबाट सुरु हुने दौड सिरानचोक गाउँपालिका हुँदै गोरखा दरबारको हनुमानभन्ज्याङमा टुंगिनेछ ।

543
कारोबार संवाददाता
सोमवार, भदौ २, २०७६

एसियाली युथ च्याम्पियनसिप ह्याण्डबल प्रतियोगितामा नेपाल पहिलोपटक सहभागी हुने भएको छ । भारतको जयपुरमा भदौ ४ गतेबाट हुने आठौं संस्करणको एसियाली युथ च्याम्पियनसिप ह्याण्डबल प्रतियोगितामा नेपालले युथ स्तरको प्रतियोगितामा सहभागिता जनाउन लागेको नेपाल ह्याण्डबल संघका अध्यक्ष तेजबहादुर गुरुङले बताए ।

467
कारोबार संवाददाता
शुक्रवार, श्रावण ३१, २०७६

प्रथम नेपाल क्लासिक ओपन बडिविल्डिङ च्याम्पियनसिप प्रतियोगिता आयोजना हुने भएको छ । हेल्पिङ क्यापको आयोजना र नेप्लिज फेडेरेशन अफ बडिविल्डिङ एण्ड फिटनेस र ललितपुर डिष्ट्रिक बडिविल्डिङ एण्ड फिटनेस एशोसिएसनको साझेदारीमा यो हुन लागेको हो । प्रतियोगिता आगामी भदौ १३ र १४ गते ललितपुरमा हुँदैछ ।

378
दीननाथ बराल
आइतवार, श्रावण १९, २०७६

विगत लामो समयदेखि पोखराकोे सहारा क्लबले आहा रारा गोल्डकप फुटबल प्रतियोगिता गर्दै आउने क्रममा उक्त प्रतियोगिताबाट बचत भएको रकम सहारा एकेडेमीमा लगानी गर्दै आएको छ । हरेक वर्षजसो १५ देखि ३० लाखसम्म बचत गर्न सफल भएको क्लवले गत बर्षको आहा रारा गोल्डकपबाट अघिल्ला संस्करणको तुलनामा १० प्रतिशत पनि बचत गर्न सकेको छैन ।

701
कारोबार संवाददाता
सोमवार, श्रावण ६, २०७६

नेपालमा हक्की खेलेर विश्व रेकर्ड राख्ने बेलायती हक्की खेलाडीलाई ‘नेपाल भ्रमण वर्ष २०२०’ सचिवालयले सम्मानित गरेको छ । नेपाल भ्रमण वर्ष–२०२० सचिवालयले बेलायती हक्की खेलाडीलाई आइतबार सचिवालयको कार्यालय केशरमहलमा एक औपचारिक कार्यक्रम आयोजना गरी सम्मान गरेको हो ।

804
कारोबार संवाददाता
सोमवार, श्रावण ६, २०७६

काठमाडौंमा भएको १२ औं दक्षिण एसियाली शारीरिक सुगठन च्याम्पियनसिपमानेपालले शनिबार दुई स्वर्ण जितेको छ । यसअघि नेपालले शुक्रबार एक स्वर्ण जितेको थियोे । समीर श्रेष्ठले पुरुष ६५ केजीमा स्वर्ण जितेका थिए । च्याम्पियनसिपको पुरुष एथलेटिक फिजिकअन्तर्गत १६७ सेमीमाथिको स्पर्धामा नरेश मुन्जिकार र महिलाको मोडल फिजिकमा मल्लिका शाक्यले स्वर्ण जितेका हुन् ।

657