कारोबार संवाददाता
मंगलबार, फाल्गुन २७, २०७६
512

पोखरा- थ्री स्टार क्लब पोखरामा जारी आहा रारा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । सोमबार भएको खेलमा गान्तोक सिटी एफसी सिक्किमलाई हराउँदै थ्री स्टारले अन्तिम चारमा स्थान बनाएको हो ।
थ्री स्टारले पोखरा रंगशालामा भएको खेलमा गान्तोक सिटी एफसी सिक्किमलाई ३–० गोल अन्तरले हरायो । थ्री स्टारको जितमा सुशन श्रेष्ठले दुई गोल गरे । यस्तै संजोक राईले एक गोल गरे ।

अब थ्री स्टारले सेमिफाइनलमा विभागीय टिम नेपाल पुलिस क्लबसँग खेल्नेछ ।
पहिलो सेमिफाइनल खेल बुधबार हुनेछ । आज (मंगलबार) अन्तिम क्वाटरफाइनल खेलमा संकटा क्लब र त्रिभुवन आर्मी क्लवबीच खेल हुनेछ । मंगलबारको विजेताले मनाङ मस्र्याङदी क्लबसँग फाइनल यात्राको लागि भिड्ने छ ।


सातामा धेरै पढिएको