कारोबार संवाददाता
शुक्रवार, फाल्गुन २३, २०७६
610

इलाम- माईभ्याली फुटबल क्लब इलाममा जारी छैटौं संस्करणको माईभ्याली गोल्डकपको फाइनलमा पुगेको छ। त्रिभुवन आर्मीलाई ५–४ गोलले हराउँदै माईभ्याली फाइनलमा पुगेको हो ।
फाइनलमा अब उसले ए डिभिजन लिग विजेता मछिन्द्र क्लबसँग प्रतिस्पर्धा गर्नेछ । निर्धारित र अतिरिक्त समयमा पनि खेल बराबरी भएपछि खेल ‘सडन डेथ’मा गएको थियो ।
आजको खेलमा माईभ्यालीका गोलरक्षक देव लिम्बू म्यान अफ दि म्याच बने । उनले नगद १५ हजार पुरस्कार प्राप्त गरे ।
लिग च्याम्पियन मछिन्द्रसहित ए डिभिजनका ३ क्लबको समेत सहभागिता रहेको प्रतियोगितामा १० टोलीले खेलेका थिए । गोल्डकपको विजेताले ८ लाख र दोस्रो हुने टोलीले ५ लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछ ।