कारोबार संवाददाता
बुधवार, फाल्गुन २१, २०७६
410

पोखरामा हुने १८औं संस्करणको आहा रारा गोल्ड कपको तयारी पूरा भएको छ । मंगलबार पत्रकार सम्मेलन आयोजकले प्रतियोगिताबारे जानकारी दिएको छ ।
फागुन २२ गतेदेखि हुने प्रतियोगिता चैत १ गतेसम्म चल्नेछ । प्रतियोगितामा १० टिम सहभागी हुनेछ । यस वर्षको प्रतियोगिताको विजेताले १० लाख १ हजार नगद प्राप्त गर्नेछ भने उपविजेताले ५ लाख १ हजार प्राप्त गर्नेछ ।

प्रतियोगितामा आयोजक सहारासहित मनाङ मस्र्याङ्दी क्लब, थ्रिस्टार क्लब, त्रिभुवन आर्मी क्लब, ब्रिगेड ब्वाइज, नेपाल पुलिस क्लब, एपिएफ, संकटा, झापा ११ र भारतको गान्तोक सिटी फुटबल क्लबबीच प्रतिस्पर्धा हुनेछ । प्रतियोगिताबाट १ करोड १८ लाख १ हजार आम्दानी हुने र ९९ लाख ३८ हजार ५ सय रुपैयाँ खर्च हुने अनुमान आयोजकको छ ।
बचत रकम दोबिल्लामा सञ्चालित सहारा एकेडेमीमा खर्च गर्ने योजना छ । २०७० देखि सञ्चालित एकेडेमीमा १४ जिल्लाका २४ जना बिपन्न बालकहरु आश्रित छन् । क्याराभान गोल्ड कप सहित सहारा क्लवले १९ वर्षदेखि फुटबल प्रतियोगिता आयोजना गर्दै आएको छ ।