कारोबार संवाददाता
मंगलबार, माघ २१, २०७६
406

वीरगन्ज प्रिमियर लिग (वीपीएल) टि–ट्वाण्टीको उपाधि वीरगन्ज स्टार्सले जितेको छ । सोमबार वीरगन्जको नारायणी क्रिकेट मैदानमा भएको प्रतियोगितामा सिंह ११ लायन्सलाई ४ विकेटले पराजित गरेर उपाधी हात पारेको हो ।
पहिले ब्याटिङ रोजेको सिंह ११ लायन्सले २० ओभरको खेलमा पूरा विकेट गुमाएर १४१ रनको योगफल तयार पारेको थियो । जवाफी ब्याटिङ गरेको वीरगन्ज स्टारर्सले १८ ओभर ५ बलमा चार ६ विकेटको क्षतिमा लक्ष्य पूरा गरेर उपाधी जित्न सफल भएको हो । उसले दुई लाख पचास हजार नगद हात पारेको छ । उपविजेता सिंह ११ लायन्सले ७५ हजारमा चित्त बुझाउनु प-यो । प्रतियोगितामा सबैभन्दा बढी ६ वटा छक्का प्रहार गर्ने विवेक यादव फाइनल खेलको म्यान अफ द म्याच र म्यान अफ सिरिज पनि जितेका छन् । उत्कृष्ट व्याट्म्यान रौतहट राईनोजका गौरव खड्का र बेष्ट बलर डिसीसी वीरगन्ज सैपूmल्ला अन्सारी भएको छन् । विजेता खेलाडीहरुलाई प्रदेश नम्बर २ का सामाजिक विकास मन्त्री नवल किशोर साहले पुरस्कार तथा मेडल हस्तान्तरण गरे ।
त्यसैगरी वीरगन्जमा जारी जीपी कोईराला फाउण्डेशन प्रथम प्रदेशस्तरीय फुटबल प्रतियोगितामा सोमबार सप्तरी फुटबल संघ विजयी भएको छ । सर्लाही फुटबल संघलाई ३–२ गोलले पराजित गरेको हो । फुटबल प्रतियोगितामा सोमबारको खेलमा सप्तरीका दिवस श्रेष्ठ म्यान अफ द म्याच घोषित भए । मंगलबार बारा फुटबल संघ र सिराहा फुटबल संघबीच खेल हुनेछ ।