कारोबार संवाददाता
मंगलबार, माघ २१, २०७६
397

लुम्बिनी एकेडेमीको मुख्य प्रायोजन तथा निजी तथा आवासीय विद्यालय संगठन काठमाडौं (प्याब्सन) को आयोजनामा यही माघ २२, २३ र २४ गते लुम्बिनी फुटसल ग्राउण्ड चुच्चेपाटीमा अन्तर–विद्यालय फुटसल प्रतियोगिता हुने भएको छ ।
प्रतियोगिताको अयाोजक संस्था (प्याब्सन) ले सोमबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलनको आयोजना गरेर यस्तो जानकारी दिएको हो । ‘विकास, अनुशासन र गतिशिलता खेलाडीको पहिचान’, ‘राष्ट्रको लागि खेलकुद, स्वास्थ्यको लागि खेलकुद’ भन्ने मूल नाराका साथ उक्त प्रतियोगिता हुन लागेको हो । प्रतियोगितामा काठमाडौं उपत्यकाका ६४ वटा विद्यालयहरुले भाग लिने पनि निजी तथा आवासीय विद्यालय संगठन काठमाडौं (प्याब्सन) अध्यक्ष नगेन्द्र लामाले जानकारी दिए ।
यो प्रतियोगिता चौथो संस्करण हो । प्रतियोगितामा प्रथम, द्धितीय, तृतीय र सान्त्वना स्थान हासिल गर्ने विद्यालयहरुलाई क्रमशः १० हजार, ८ हजार, ७ हजार र ५ हजार नगदका साथमा आकर्षक ट्रफी, मेडल र प्रमाणपत्र पनि प्रदान गरिने जनाएको छ ।