कारोबार संवाददाता
आइतवार, पुष २०, २०७६
559

नेपाली लेग स्पिनर सन्दीप लामिछानेले अस्ट्रेलियामा जारी बिग ब्यास लिग क्रिकेटमा उत्कृष्ट बलिङ गरेका छन् ।
बिग ब्यास लिगमा मेलबर्न स्टार्सबाट खेल्दै आएका उनले शनिबार मेलबर्न रेनेगेड्सविरुद्धको खेलमा उत्कृष्ट बलिङ गर्दै तीन विकेट लिए । उक्त खेलमा मेलबर्न स्टार्स आठ विकेटले विजयी भएको छ ।

अघिल्लो खेल चोटका कारण गुमाउनुभएका सन्दीपले शनिबार चार ओभर बलिङ गर्दै २६ रन खर्चिए । उनले पहिलो ओभरमा बिना कुनै विकेट सात रन दिए । आफ्नो दोस्रो ओभरमा पनि सन्दीपले कुनै विकेट झार्न सकेनन् । उनले सो ओभरमा १२ रन खर्चिए । तेस्रो ओभर भने उनका लागि उपलब्धिपूर्ण रह्यो । उक्त ओभरमा उनले दुई विकेट लिँदै चार रन मात्र खर्चिए । उनले सावन मार्स र डेनियल क्रिष्टिनलाई पेभेलियन फर्काए ।
आफ्नो अन्तिम ओभरमा सन्दीपले टोम कुपरको विकेट लिँदै तीन रन मात्र खर्चिए । यस यामको बिग ब्यासमा सन्दीपको टिम पाँच खेल खेल्दै छ । सन्दीपको टोली मेलबर्न स्टार्सले शनिबार टस जितेर फिल्डिङ राजेपछि मेलबर्न रेनेगेड्सले २० ओभरमा नौ विकेट गुमाएर १४२ रन बनाएको थियो ।
एक सय ४३ रनको विजयी लक्ष्य मेलबर्न स्टार्सले १८ दशमलव पाँच ओभरमा दुई विकेट गुमाएर पूरा ग¥यो । बिग ब्याशमा सन्दीपको टोली मेलबर्न स्टार्स अङ्क तालिकाको शीर्ष स्थानमा छ । मेलबर्नले हालसम्म छ खेलमध्ये पाँचमा जित निकाल्दै १० अङ्क बटुलेको छ ।