कारोबार संवाददाता
बुधवार, पुष ९, २०७६
364

पोखरा- कास्की जिल्ला टेनिस संघको आयोजना तथा माछापुछ्रे बैंकको मुख्य प्रायोजनमा यसै वर्षदेखि खुला महिला तथा पुरुष माछापुछ्रे टेनिस प्रतियोगिता हुने भएको छ । भेट्रान्स टेनिसको १७ औं संस्करणबाट यसै बर्ष देखि खुला महिला तथा पुरुष टेनिस प्रतियोगिता हुने भएको मंगलबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइएको हो ।
यहि पुष १० देखि १४ गते सम्म पोखरा रंगशालाको टेनिस कोर्टमा संचालन हुने उक्त प्रतियोगितामा पोखरा सहित काठमाडौं, वुटवल लगायतका ठाउँबाट राष्ट्रिय तथा अन्तर्राष्ट्रिय चर्चित खेलाडीहरुको सहभागिता हुने भएको प्रतियोगिता संयोजक लोकबहादुर गुरुङले बताए । इभेण्टको विजेतालाई नगद ५० हजार, उपविजेतालाई २५ हजार तथा सेमिफाइनलिष्टलाई १०-१० हजार प्रदान गरिने भएको छ । १६ औं संस्करणसम्म संघले भेट्रान्सतर्फ मात्र टेनिस प्रतियोगिता गर्दै आएको थियो ।