कारोबार संवाददाता
आइतवार, पुष ६, २०७६
451

रुपन्देही- युनाईटेड अरब ईमिरेट्स (यूएई)को डेजर्ट कब्स क्रिकेट एकेडमीको यु १३ टिम मैत्रीपूर्ण क्रिकेट खेल्न भैरहवा आइपुगेको छ ।
आफ्नो क्रिकेट क्लबमा रहेका बिभिन्न उमेर समूहका टिमलाई लिएर प्रत्येक वर्ष विभिन्न देशमा गएर मैत्रीपूर्ण क्रिकेट खेल्दै आएको डेजर्टले यस वर्ष नेपाललाई गन्तव्य बनाउने क्रममा खेलका लागि भैरहवा आएको हो ।
रुपन्देही जिल्लाको यु १३ टिमसँग तीन दिनमा ६ वटा खेल खेल्ने गरी व्यवस्था मिलाइएको रुपन्देही क्रिकेट संघका अध्यक्ष एबं मैत्रीपूर्ण खेलका संयोजक प्रशान्त बिक्रम मल्लले बताए । विदेशका विभिन्न स्थानमा विगतमा एकेडमीमा रहेका यु १३ का खेलाडीहरुले मैत्रीपूर्ण खेल खेलीसकेको र यसपटक नेपाल र त्यसमा पनि बुद्ध भूमि लुम्बिनी क्षेत्रमा आउन पाउँदा गौरवान्वीत भएको टिमका व्यवस्थापक बाल सुब्रमन्हयमले बताए ।