कारोबार संवाददाता
सोमवार, मंसिर ३०, २०७६
567

सनराइज बैंकले रसुवास्थित टिमुरेमा १२७ औं शाखा सञ्चालनमा ल्याएको छ । आइतबार आयोजित उद्घाटन कार्यक्रममा भन्सार कार्यालयको प्रमुख पुन्य बिक्रम खड्का र बैंकको प्रमुख कार्यकारी अधिकृत जनकशर्मा पौड्यालले संयुक्त रूपमा शाखा कार्यालयको उद्घाटन गरेका थिए । सोही कार्यक्रममा गोसाइँकुण्ड गाउँपालिका–२ को वडा अध्यक्ष दावादोर्जे तामाङले एटीएमको उद्घाटन पनि गरे ।
उक्त कार्यक्रममा बैंकका अन्य पदाधिकारीहरूको पनि उपस्थिति रहेको बैंकले जनाएको छ ।