दीननाथ बराल
आइतवार, मंसिर १, २०७६
815

 

पूर्वाधार निर्माणको हिसाबले सागका कुनै खेल तल माथि हुँदैन : मन्त्री विश्वकर्मा

पोखरा-युवा तथा खेलकुदमन्त्री जगतबहादुर विश्वकर्माले १३ औं संस्करणको दक्षिण एसियाली खेलकुद (साग) अब पूर्वाधार निर्माणका हिसावले कुनै पनि खेल तलमाथि नहुने बताएका छन् । शनिबार पोखरामा आयोजित १३ औं साग तयारी समिति पोखरा प्रचार–प्रसार तथा प्रकाशन समितिको पत्रकार सम्मेलनमा बोल्दै मन्त्री विश्वकर्माले पूर्वाधार निर्माणका दृष्टिले अब सागका निर्धारण गरिएका सबै खेल तोकिएकै ठाउँ र मितिमा हुने दाबी गरेका हुन् ।
मंसिर १५ देखि २४ गतेसम्म नेपालमा हुने १३ सागको तयारी अन्तिम चरणमा पुगेको बताउँदै मन्त्री विश्वकर्माले केही खेल पूर्वाधार निर्माणको काम अन्तिम चरणमा पुगेकाले निर्माण कम्पनीहरूले आफूहरूलाई ५÷७ दिन भित्र निमार्ण कार्य सम्पन्न गरी हस्तान्तरण गर्ने भएको जनाए । अब पूर्वाधारको हिसावले कुनै पनि खेल तालिका र खेल स्थल तल माथि नहुने उनले दाबी गरे । काठमाडौंमा साग सम्पन्न गठन भएका १५ र पोखरामा गठन भएका १३ वटा उपसमितिहरूले तयारीलाई तीव्रता दिएको आ–आफ्नो ढंगबाट जिम्मेवार वहन गरेको मन्त्री विश्वश्कर्माको भनाइ छ ।

काठमाडौंको दशरथ रंगशालाकोे भीआईभी प्यारापिटमा छानो हाल्ने, सात दोबाटोमा रहेको पौडी पोखरीमा हिटिङ सिस्टम जडान गर्ने र पोखरामा हुने महिला फुटबलका लागि फुटबल स्टेडिएमको प्यारापिट निर्माण (ग्राण्ड स्ट्याम जडान) गर्ने र केही दुबो मरेकाले दुबो पुनः रोप्ने काम एक साताभित्र हुने मन्त्री विश्वकर्माले बताए । करिब डेढ वर्षमा संकल्पका साथ लागेर नेपालकै इतिहासमै सबैभन्दा धेरै खेलकुदको पूर्वाधार निर्माण यस वर्ष भएको मन्त्री विश्वकर्माको दाबी छ ।
उनले भने, “यदि तत्कालीन सरकारले साग आयोजना गर्ने जिम्मेवारी पूरा गरेको भए वर्तमान अवस्थामा साग सम्पन्न भएको हुने थियो, वर्तमान सरकार गठन भयो तर साग लक्षित भौतिक पूर्वाधार निर्माण हुन नसक्दा हाल हामी पूर्वाधार निर्माणको गतिलाई अघि बढाउन बढी दबाब प-यो ।” २०७२ सालमा हुने साग भूकम्पबाट प्रभावित भएपश्चात् दुई वर्षपछि २०७४ मा हुनुपर्नेमा बक्यौता जिम्मेवार आफ्नो काधमा आएको ठूलो जिम्मेवारी निकै चुनौती पूर्णरूपमा पूरा गर्ने भएको उनले जनाए । सागलाई भव्य र र सभ्य रूपमा सम्पन्न गर्न सम्पूर्णमा आग्रह गर्दै मन्त्री विश्वकर्माले नेपालको इज्जत र प्रतिष्ठासँग जोडिएको साग सम्पन्न गर्न आह्वान गरेका हुन् ।
नेपालबाट सुरु भएको साग यस पटक तेस्रो पटक नेपालमा हुने भएकोले नेपालले आफ्नो साख जोगाउने गरी पदकमा पनि राम्रो नतिजा ल्याउने उनले जनाए । प्रचार समितिका सह–संयोजक रञ्जन अधिकारीको अध्यक्षतामा सम्पन्न भएको थियो ।
काठमाडौं, पोखरा र जनकपुरमा हुने सागअन्तर्गत २८ वटा खेलहरू हुँदैछन् । पोखरामा महिला पुरुषतर्फको ह्याण्डबल, आर्चरीबीच भलिबल, भारत्तोलन, ब्याडमिन्टन, ट्याथलन, प्याराग्लाइडिङ, महिला फुटबल र महिला क्रिकेट हुने भएको छ । जनकपुरमा कुस्ती हुने भएको छ भने बाँकी खेलहरू काठमाडौंमा हुने भएको छ । पोखरामा १ अर्ब २८ करोडको लागतमा निर्माण हुँदै गरेको पोखरा प्यारापिटको निर्माण कार्य साग हुनुभन्दा केही दिनअघि नै निर्माण कार्य सम्पन्न गर्ने निर्माण कम्पनीका प्रोजेक्ट म्यानेजर दीपक बरालले मन्त्री विश्वकर्मा सामु वचनबद्धक्ता व्यत्त गरेका छन् । इन्टर लक सिस्टममा स्टिल स्टक्चरमा प्यारापिट निर्माण हुने भएको हुदा सामान आएको ५÷६ दिनमा ८ देखि १० हजार सिट क्षमताको प्यारापिट निर्माण गरिने उनले जनाए ।