कारोबार संवाददाता
शुक्रवार, कार्तिक २९, २०७६
544

नेपाली महिला भलिबल टोली ऐतिहासिक उपाधि जित्न सफल भएको छ । बुधबार सम्पन्न एसियन भलिबल कन्फेडेरेसन (एभिसी) सेन्ट्रल जोन सिनियर महिला भलिबल च्याम्पियनसिपको उपाधि नेपालले आफ्नो पोल्टामा पारेको हो ।
बंगलादेशको ढाकास्थित सहिद सुहरावर्दी ईन्डोर स्टेडियममा भएको खेलमा माल्दिभ्सलाई पहिलो सेट २५–१३ ले जितेको नेपालले दोस्रो सेट २५–१२ जितेको हो । निकै आक्रामक भएको नेपाली टोलीले तेस्रो सेट २५–८ मा जित्दै नेपाली महिला भलिबल इतिहासमा पहिलो अन्तर्राष्ट्रिय उपाधि जित्न सफल भएको हो ।
यसअघि नेपालले प्रतियोगितामा अफगानिस्तान, कीर्गिस्तान, बंगलादेश र माल्दिभ्सलाई हराएको थियो ।