कारोबार संवाददाता
सोमवार, आश्विन १३, २०७६
506

तेस्रो संस्करणको साफ यू–१८ च्याम्पियनसिप फुटबलको उपाधि भारतले जितेको छ । आइतबार हल्चोकस्थित एपीएफको मैदानमा भएको खेलमा बंगलादेशलाई २–१ गोल अन्तरले पराजित गर्दै भारत नयाँ च्याम्पियन बनेको हो ।
खेलको दोस्रो मिनेटमा भारतका विक्रम प्रताप सिंहले गोल गर्दै भारतलाई सुरुवाती अग्रता दिलाएका थिए । बंगलादेशका एसिन अर्फातीले खेलको ४० औँ मिनेटमा गोल गर्दै बंगलादेशलाई खेलमा फर्काए । खेलको इन्जुरी समयमा गोल गर्दै भारतले जित निकाल्न सफल भयो ।
खेलमा बंगलादेश ९ खेलाडी र भारत १० खेलाडीमा सीमित रहेर प्रतिस्पर्धा गरेका थिए । भारतको यो पहिलो उपाधि हो । यसअघि प्रतियोगिताको उपाधि दुईपटक नेपालले उचालेको थियो ।