कारोबार संवाददाता
आइतवार, भदौ २९, २०७६
292

नेपाल ओलम्पिक कमिटी (एनओसी) को अध्यक्षमा जीवनराम श्रेष्ठ पुनः निर्वाचित भएका छन् । शनिबार भएको विशेष साधारणसभाबाट श्रेष्ठ चार वर्षको लागि अध्यक्ष पदमा पुनः निर्वाचित भएका हुन् । अध्यक्ष पदका अर्का प्रत्यासी उमेशलाल श्रेष्ठलाई सात मतले पराजित गर्दै जीवनराम निर्वाचित भएका थिए ।
२७ मतदाता रहेको निर्वाचनमा जीवनरामले १७ मत पाए । त्यस्तै उमेशलालले १० मत प्राप्त गरे । जीवनराम र उमेशलालबीच अघिल्लो कार्यकालमा पनि प्रतिस्पर्धा हुँदा जीवनराम नै विजयी भएका थिए । योसँगै जीवनराम ओलम्पिक कमिटीमा लगातार दुई कार्यकाल निर्वाचित भएका छन् ।

त्यस्तै एनओसीको उपाध्यक्षमा ज्योति राणा (२६), तेजबहादुर गुरुङ (२०), अशोकराज बज्राचार्य (१५), सुनिल श्रेष्ठ (१८) र चतुरानन्द वैद्य (२२) मतसहित विजयी भए ।
त्यसैगरी महासचिवमा निलेन्द्रराज श्रेष्ठ निर्वाचित भए । उनँले १५ मत ल्याए । श्रेष्ठले पुरेन्द्रविक्रम लाखेलाई तीन मतले पछि परो ।
सचिवमा रामजी श्रेष्ठ (१८), दीपकहर्ष बज्राचार्य (२५) र तुलसी थापा (२१) मत ल्याएर निर्वाचित भए ।
महासचिवमा पिताम्बर तिम्सिना र कोषाध्यक्षमा रतनकुमार टन्डन यसअघि नै निर्विरोध भइसकेका थिए । सदस्यमा रमेशप्रसाद शिवाकोटी (२६), राम अवाले (२०), प्रकाशशम्शेर राणा (२६), गोपालसुन्दरलाल कक्षपति (२६), टाँसी घले (२४), होमबहादुर दोङ (२५) र दीर्गबहादुर केसी (२६) मत प्राप्त गर्दै निर्वाचित भए ।