कारोबार संवाददाता
आइतवार, असार २९, २०७६
391

एसिया हकी फेडेरेसनले आयोजना गर्न लागेको महिला तथा पुरुष इन्डोर एसिया कप २०१९ मा भाग लिनका लागि नेपाली टोली शनिबार थाइल्याण्ड प्रस्थान गरेको छ । प्रतियोगिता थाइल्याण्डको चोनबुरीमा जुलाइ १५ देखि २१ सम्म हुनेछ । खेलमा ११ वटा पुरुष टीा र ९ वटा महिला टीमको सहभागीता रहनेछ ।
नेपालका तर्फबाट प्रतियोगितामा १२ महिला र १२ पुरुष खेलाडीले सहभागीता जनाउने छन् भने टोलीमा मनिष झाको नेतृत्व रहनेछ । राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्ष पिताम्बर तिमिल्सिनाले थाइल्याण्ड जाने खेलाडीहरूलाई बिदाइ तथा शुभकामना व्यक्त गरेका छन् । टोलिमा महिला टोलिका प्रशिक्षक रन्जन झा र पुरुष टोलिका प्रशिक्षक बाबुराम नेपाल पनि रहनेछन् । प्रतियोगिता अवधि ७ दिनमा ६० वटा खेल हुनेछन् । यस पटकको भ्रमणको लागि शिखर इन्सुरेन्स, नेपाल भ्रमण वर्ष २०२०, फ्याक्ट्स नेपाल र नेपाल खेलकुद परिषद्ले आर्थिक सहयोग गरेका छन् ।