कारोबार संवाददाता
आइतवार, बैशाख २२, २०७६
730

अन्नपूर्ण होटल दरबारमार्गले एपीएफका महिला भलिबल खेलाडीलाई सम्मान गरेको छ । शुक्रबार अन्नपूर्णका प्रमुख कार्यकारी अधिकृत राजुविक्रम शाहले आफू खेल प्रैमी भएको धारणा राख्दै भने, “खेलाडी राष्ट्रका गौैरब भएकाले सबै क्षेत्रबाट खेल विकासका लागि सहयोग आवश्यक रहेको बताए ।”
भलिबलको विकास विस्तारका लागि हातेमालो गर्न अन्न्पूर्ण सदैव तयार रहेको पनि उनले बताए । नेपाल भलिबल संघका अध्यक्ष मनोरञ्जन रमण शर्माले खेलाडीको सम्मान नै राष्ट्रप्रतिको सम्मान हो भन्ने ठानेको भन्दै अन्नपूर्ण होटललाई सम्मानका लागि नेपाल भलिबल संघको तर्फबाट धन्यवाद दिए । शेरबहादुर खड्का स्मृति प्रतिष्ठानको आयोजनामा संचालन भएको पाँचौं एनपी खुला महिला भलिबल प्रतियोगिताको बिजेता टिम एपीएफलाई अन्नपूर्ण होटलले सम्मान तथा लन्चको आयोजना गरेको हो । नेपाली टिमकी कप्तान समेत रहेकी एपीएफकी कप्तान बिनिता बुढाथोकीले खेलाडीलाई यस प्रकारको सम्मानले नयाँ अनुभवका साथै उत्साहित बनाउने बताइन् ।