कारोबार संवाददाता
मंगलबार, पुष २५, २०७४
1101

पोखरामा यही पुस २९ गतेदेखि सञ्चालन हुने प्रभु बैंक १२ औं दक्षिण एसियाली सेभेन ए साइड फुटबल प्रतियोगितामा ६ देशका टिम सहभागी हुने भएका छन् । नेपाल सेभेन–ए–साईड फुटबल महासंघको आयोजनामा माघ ४ गतेसम्म हुने उक्त प्रतियोगितामा नेपाल, भारत, माल्दिभ्स, बंगलादेश, भुटान र पाकिस्तानका टिमहरु सहभागी हुने भएको सोमबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइएको हो ।
लेक साइडस्थित बाराहीघाटमा रहेको नेपाल ट्रस्टको फुटबल खेल मैदानमा उक्त प्रतियोगिता हुने महासंघका अध्यक्ष नविन पुनले बताए । लिग कप नकआउटका आधारमा खेलाइने प्रतियोगितामा विजेतालाई दुई लाख र उपविजेतालाई एक लाखका साथमा ट्रफी, मेडल र प्रमाणपत्र दिइनेछ । प्रतियोगिता सम्पन्न गर्न १९ लाख ५० हजार खर्च लाग्ने आयोजकले जनाएको छ ।