कारोबार संवाददाता
मंगलबार, भदौ ३, २०७६

खेलकुदका माध्यमबाट आपसीभाइचारा, सहअस्तित्व र मित्रता अभिवृद्घि गर्ने उद्देश्यका साथ ललितपुरको जावलाखेलमा अवस्थित डीएभी एनइबी (प्लस २) कलेज ले अन्तर कलेज (प्लस २), सिक्स ए साइड दोस्रो फुटसल प्रतियोगिता आयोजना गर्न गइरहेको जनाएको छ ।

201
कारोबार संवाददाता
मंगलबार, भदौ ३, २०७६

एसियन भलिबल कन्फेडेरेसन (एभिसी) सेन्ट्रल जोन सिनियर पुरुष भलिबल प्रतियोगिताको पहिलो खेलमा नेपाली राष्ट्रिय भलिबल टोली पराजित भएको छ ।

160
कारोबार संवाददाता
सोमवार, भदौ २, २०७६

खेलकुदको माध्यमबाट इतिहास र पर्यटनको प्रबद्र्धनका लागि गोरखामा खुल्ला म्याराथुन दौड प्रतियोगिता हुने भएको छ । नेपालको उत्पत्तिदेखि जगसम्म भन्ने अवधारणा अनुसार ‘लिगलिगकोट सिरानचोककोट गोरखा दरबार खुल्ला म्याराथन दौड’ प्रतियोगिता हुने भएको हो । नेपाली सेनाको रणसिंह दल गोरखा, गोरखा नगरपालिका, पालुङटार नगरपालिका र सिरानचोक गाउँपालिकाको संयुक्त आयोजनामा यही भदौ २५ गते प्रतियोगिता हुने आइतबार पत्रकार सम्मेलन गरी जानकारी दिइएको छ । लिगलिगकोटबाट सुरु हुने दौड सिरानचोक गाउँपालिका हुँदै गोरखा दरबारको हनुमानभन्ज्याङमा टुंगिनेछ ।

178
कारोबार संवाददाता
सोमवार, भदौ २, २०७६

एसियाली युथ च्याम्पियनसिप ह्याण्डबल प्रतियोगितामा नेपाल पहिलोपटक सहभागी हुने भएको छ । भारतको जयपुरमा भदौ ४ गतेबाट हुने आठौं संस्करणको एसियाली युथ च्याम्पियनसिप ह्याण्डबल प्रतियोगितामा नेपालले युथ स्तरको प्रतियोगितामा सहभागिता जनाउन लागेको नेपाल ह्याण्डबल संघका अध्यक्ष तेजबहादुर गुरुङले बताए ।

188
कारोबार संवाददाता
शुक्रवार, श्रावण ३१, २०७६

प्रथम नेपाल क्लासिक ओपन बडिविल्डिङ च्याम्पियनसिप प्रतियोगिता आयोजना हुने भएको छ । हेल्पिङ क्यापको आयोजना र नेप्लिज फेडेरेशन अफ बडिविल्डिङ एण्ड फिटनेस र ललितपुर डिष्ट्रिक बडिविल्डिङ एण्ड फिटनेस एशोसिएसनको साझेदारीमा यो हुन लागेको हो । प्रतियोगिता आगामी भदौ १३ र १४ गते ललितपुरमा हुँदैछ ।

192
दीननाथ बराल
आइतवार, श्रावण १९, २०७६

विगत लामो समयदेखि पोखराकोे सहारा क्लबले आहा रारा गोल्डकप फुटबल प्रतियोगिता गर्दै आउने क्रममा उक्त प्रतियोगिताबाट बचत भएको रकम सहारा एकेडेमीमा लगानी गर्दै आएको छ । हरेक वर्षजसो १५ देखि ३० लाखसम्म बचत गर्न सफल भएको क्लवले गत बर्षको आहा रारा गोल्डकपबाट अघिल्ला संस्करणको तुलनामा १० प्रतिशत पनि बचत गर्न सकेको छैन ।

435
कारोबार संवाददाता
सोमवार, श्रावण ६, २०७६

नेपालमा हक्की खेलेर विश्व रेकर्ड राख्ने बेलायती हक्की खेलाडीलाई ‘नेपाल भ्रमण वर्ष २०२०’ सचिवालयले सम्मानित गरेको छ । नेपाल भ्रमण वर्ष–२०२० सचिवालयले बेलायती हक्की खेलाडीलाई आइतबार सचिवालयको कार्यालय केशरमहलमा एक औपचारिक कार्यक्रम आयोजना गरी सम्मान गरेको हो ।

449
कारोबार संवाददाता
सोमवार, श्रावण ६, २०७६

काठमाडौंमा भएको १२ औं दक्षिण एसियाली शारीरिक सुगठन च्याम्पियनसिपमानेपालले शनिबार दुई स्वर्ण जितेको छ । यसअघि नेपालले शुक्रबार एक स्वर्ण जितेको थियोे । समीर श्रेष्ठले पुरुष ६५ केजीमा स्वर्ण जितेका थिए । च्याम्पियनसिपको पुरुष एथलेटिक फिजिकअन्तर्गत १६७ सेमीमाथिको स्पर्धामा नरेश मुन्जिकार र महिलाको मोडल फिजिकमा मल्लिका शाक्यले स्वर्ण जितेका हुन् ।

482
कारोबार संवाददाता
बिहिवार, श्रावण २, २०७६

दक्षिण एसियाली शारीरिक सुगठन प्रतियोगिताको तयारी पूरा भएको छ । आयोजक नेपाल शारीरिक सुगठन तथा फिटनेस संघ (एनबीबीएफए)का अनुसार तेस्रो पटक नेपालमा आयोजना हुन लागेको प्रतियोगिताको सबै तयारी पूरा भएको हो । प्रतियोगिताको मुख्य प्रतिस्पर्धा साउन ३ र ४ गते (शुक्रवार र शनिवार) हुनेछ । आयोजकका अनुसार १२औं दक्षिण एसियाली शारीरिक सुगठन प्रतियोगिता–२०७६ बिहीवारदेखि आइतवारसम्म नै हुँदैछ । एनबीबीएफएका अध्यक्ष राजेशबाबु श्रेष्ठले तेस्रो पटक नेपालले यो प्रतियोगिता आयोजना गर्न लागेको र यसबाट नेपालको प्रतिष्ठा अन्तर्राष्ट्रियस्तरमा बढ्ने बताए । उनका अनुसार कमलादीस्थित प्रज्ञा भवनमा हुने प्रतियोगितामा दक्षिण एसियाका ८ राष्ट्रका खेलाडीले प्रतिस्पर्धा गर्नेछन् ।

469
कारोबार संवाददाता
बुधवार, श्रावण १, २०७६

कपिलवस्तु शारीरिक सुगठन तथा फिटनेश स्रघले आगामी असोज १० र ११ गते कपिलवस्तुको तिलौराकोटमा ‘कपिलवस्तु श्री राष्ट्रिय खुल्ला शारीरिक सुगठन प्रतियोगिता–२०७६’ आयोजना गर्ने भएको छ ।

342
कारोबार संवाददाता
आइतवार, असार २९, २०७६

एसिया हकी फेडेरेसनले आयोजना गर्न लागेको महिला तथा पुरुष इन्डोर एसिया कप २०१९ मा भाग लिनका लागि नेपाली टोली शनिबार थाइल्याण्ड प्रस्थान गरेको छ । प्रतियोगिता थाइल्याण्डको चोनबुरीमा जुलाइ १५ देखि २१ सम्म हुनेछ । खेलमा ११ वटा पुरुष टीा र ९ वटा महिला टीमको सहभागीता रहनेछ ।

399
केशव समर्पण
बुधवार, असार २५, २०७६

प्रदेश ३ को सामाजिक विकास मन्त्रालयले प्रदेश खेलकुद परिषद् गठन गरेको छ । काठमाडौंका सूर्यलाल भण्डारीलाई सदस्य सचिवको जिम्मेवारी तोकिएको छ । भण्डारीसहित ६ जना सदस्यलाई सामाजिक विकासमन्त्री युवराज दुलालले मंगलबार एक समारोहबीच सपथ ग्रहणसमेत गराएका छन् ।

405
कारोबार संवाददाता
मंगलबार, असार २४, २०७६

मलेसियाको क्वालालम्पुरस्थित किनरारा ओभलमा भएको फाइनल खेलमा नेपालले हङकङलाई ६ विकेटले हराएको छ । जीतसँगै नेपाल यु –१९ एशिया कपमा प्रवेश गर्न सफल भएको छ । यो नेपालको लगातारको दोश्रो जित हो । सन् २०१७ मा पनि नेपालले हङकङलाई ५ विकेटले हराएको थियो ।टस हारेर पहिले ब्याटिङ गरेको हङकङले नेपाललाई ९६ रनको सामान्य लक्ष्य दिएको थियो । जवाफमा नेपालले १६ दशमलव १ ओभरमा चार विकेट गुमाउँदै लक्ष्य पूरा ग-यो ।

350
कारोबार संवाददाता
बुधवार, असार १८, २०७६

इलाममा आजदेखि आयोजना हुन लागेको ‘प्रदेशस्तरीय मुख्यमन्त्री कप लिग फुटबल प्रतियोगिता ०७६’ को तयारी पूरा भएको छ । आयोजकले मंगलबार सदरमुकाम इलाममा आयोजनाबारे जानकारी गराउँदै सबै तयारी पूरा भएको जानकारी गराएको हो । आजबाट सुरु हुने प्रतियोगिता २१ गतेसम्म सञ्चालन हुने जनाइएको छ ।

571
कारोबार संवाददाता
आइतवार, असार १५, २०७६

द ब्रिटिस कलेजले आयोजना गरेको दोस्रो ब्रिटिस फुटसल प्रतियोगिता सम्पन्न भएको छ । ढुकु फुटसल हबमा २६ जुन र २७ जुन दुई दिन भएको उक्त प्रतियोगिता एपेक्स कलेजले जितेको छ । कुल २९ वटा टोली सहभागी रहेको उक्त प्रतियोगिताको फाइनलमा एपेक्स कलेज र एनसीएमटी कलेज पुगेका थिए ।

422