दीननाथ बराल
बुधवार, पुष १६, २०७६

पोखरामा बुधबार तीन वटा सवारी साधन एक आपसमा ठक्कर खादा दुई जना सवारी चालकको ज्यान गएको छ । बुधबार बिहान करिब २ः५० बजे पोखराको चाउथेमा सवारी दुर्घटना हुदा मोटरसाइकल र जिप चालकको उपचारकै क्रममा ज्यान गएको कास्की प्रहरीले जनाएको छ ।

508
कारोबार संवाददाता
बुधवार, पुष १६, २०७६

काठमाडौंमा जारी उखु किसानहरुको आन्दोलनलाई राष्ट्रिय मानव अधिकार आयोगले साथ दिएको छ । आयोगले मंगलबार प्रेस विज्ञप्ति जारी गर्दै उखु किसानहरुको पैसा दिलाउन सरकारसँग आग्रह गरेको छ ।

400
कारोबार संवाददाता
मंगलबार, पुष १५, २०७६

राष्ट्रियसभाको सोमबारको बैठकले ‘नेपाल इन्जिनीयरिङ परिषद् (पहिलो संशोधन) विधेयक, २०७६ पारित गरेको छ । बैठकको सर्वसम्मतिबाट सो विधेयक पारित भएको हो । राष्ट्रियसभाको अर्को बैठक यही पुस १६ गते अपराह्न १ बजे बस्नेछ ।

464
कारोबार संवाददाता
मंगलबार, पुष १५, २०७६

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वीरगञ्ज महानगरपालिकाका कम्प्युटर अपरेटरलाई रंगे हात घूससहित पक्राउ गरेको छ । करारमा नियुक्त भएका महानगरपालिकाका कम्प्युटर अपरेटर राकेश कुमार जयसवाललाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय हेटौंडाको टोलीले सोमबार कार्यालयबाट घूससहित पक्राउ गरेको हो ।

379
कारोबार संवाददाता
सोमवार, पुष १४, २०७६

राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त) ले राष्ट्र निर्माता पृथ्वीनारायण शाहको जन्मजयन्तीलाई राष्ट्रिय एकता दिवसको रुपमा मनाउन सरकारसँग माग गरेको छ । काठमाडौंमा सम्पन्न उच्च कार्यसम्पादन समितिको बैठकपछि जारी प्रेस विज्ञप्तिमा राप्रपा (संयुक्त) ले यस्तो माग गरेको हो ।

397
कारोबार संवाददाता
सोमवार, पुष १४, २०७६

प्रतिनिधिसभा, विकास तथा प्रविधि समितिले सूचना प्रविधिको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पारित गरेको छ । समितिको आइतबारको बैठकको बहुमतले विधेयक पारित गरेको हो ।

423
कारोबार संवाददाता
सोमवार, पुष १४, २०७६

गुरुङ समुदायको ठूलो पर्व तमु ल्होसारको अवसरमा गण्डकी प्रदेश सरकारले यही पुस १५ मा सार्वजनिक बिदा दिने घोषणा गरेको छ ।

408
कारोबार संवाददाता
आइतवार, पुष १३, २०७६

कारितास नेपालले नेपालको संविधान तथा आफ्नै विधान मिचेर विदेशीलाई संरक्षकको रुपमा राखेको खुलेको छ । कारितास नेपालले भारतीय नागरिक पावल सिमिकलाई कार्यकारी अधिकार सहित संरक्षकको रुपमा राखेको खुलेको हो ।

742
कारोबार संवाददाता
शुक्रवार, पुष ११, २०७६

पर्सामा बलात्कारको घटनामा वृद्धि भएको पाइएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेकको नेपाल मानवअधिकार वर्ष पुस्तक २०२० को वार्षिक पूर्व समिक्षामा सार्वजनिक ६९ वटा विभिन्न मानवअधिकारका उल्लंघनका घटनामध्ये बलात्कार र बलात्कारको प्रयासको घटना सबैभन्दा बढी देखिएको हो ।

295
कारोबार संवाददाता
शुक्रवार, पुष ११, २०७६

सोमबार बिहानै सुकेधारा बस्ने गोरखाकी २१ वर्षीय सृष्टि पन्तलाई बसले ठक्कर दिँदा मृत्यु भयो । सुकेधाराबाट चाबहिलस्थित पशुपति क्याम्पस पढ्न बिहानै बस कुरेर बसेकी सृष्टिको नयाँ बसपार्क भक्तपुर रुटमा चल्ने बा४ख ५९२० नम्बरको यात्रुबाहक बसले ठक्कर दिँदा मृत्यु भएको हो। सृष्टिको मृत्यु भएको भोलिपल्टै मङ्गलबार बिहान चन्द्रागिरि नगरपालिका–७ चेकपोष्टमा छोरालाई विद्यालय पु¥याउन हिँडेका अर्जुन केसीको सवारी दुर्घटनामा मृत्यु भयो । नम्बर नखुलेको सवारीले मोटरसाइकलमा रहेका अर्जुनलाई ठक्कर दिँदा उनको घटनास्थलमै मृत्यु भयो भने छोरा गम्भीर घाइते भए ।

512
सागर परियार
बिहिवार, पुष १०, २०७६

यसै पनि विमानस्थलमा सुरक्षा व्यवस्था चेकजाँच निकै कडा हुन्छ । कानुनले बर्जित गरेका कुरा सजिलै ओसार पोसार गर्न कसैले सक्दैन् । तर जुम्ला विमानस्थलबाटै प्रहरीले लागू औषध ब्राउन सुगर बरामद गरेको छ । बिमानबाटै लागू औषध ओसार पोसार हुने गरेको गुनासो आएपछि प्रहरीले गत हप्ता विमानस्थलमा निगरानी बढायौ, डिएसपी लाल बहादुर धामीले भने, जुम्ला जस्तो हिमाली ठाउँमा लागुऔषध विमानबाट भित्रिन्छ भन्ने कुरा पत्यारो लागेको थिएन ।

674
कारोबार संवाददाता
बिहिवार, पुष १०, २०७६

विराटनगरमा दुई दशकदेखि पत्रकारिता र साहित्यमा सक्रिय रहँदै आएका मीनकुमार नवोदित जेसीजको राष्ट्रिय सम्मानबाट सम्मानित भएका छन् । जेसीजले आफ्नो ४६ औं राष्ट्रिय महाधिवेशनका अवसरमा नवोदितलाई सम्मान गरेको हो । साहित्य र पत्रकारिताको क्षेत्रमा योगदान गरेबापत नवोदितलाई जेसीजले सम्मान गरेको हो । उनी विराटनगरलाई कार्यक्षेत्र बनाएर दुई दशकदेखि साहित्य र पत्रकारिताको क्षेत्रमा सक्रिय रहँदै आएका छन् ।

390
कारोबार संवाददाता
शुक्रवार, पुष ४, २०७६

ललितपुर महानगरपालिकाले नेपालमा पहिलो साइकल ऐन निर्माण गर्ने भएको छ । महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले नेपालमा साइकल ऐनको वकालत गर्ने पहिलो स्थानीय सरकार आफ्नो महानगरपालिका हुने भएको बताए ।

712
कारोबार संवाददाता
बिहिवार, पुष ३, २०७६

नेपाली सेनालाई अमेरिकी सरकारले दुुई वटा एम २८ स्काई ट्रक हस्तान्तरण गरेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बुधबार आयोजित समारोहमा नेपालका लागि अमेरिकी राजदूूत -याण्डी बेरीले बलाधिकृत रथी शरदकुमार गिरीलाइ विमान हस्तान्तरण गरे । छोटो समयमा उडान र अवतरण गर्नसक्ने क्षमतासहितको विमान नेपालको भूूगोलका लागि उपयुुक्त मानिन्छन् । नेपालको मानवीय सहायता र विपद् व्यवस्थापन प्रतिकार्य सञ्चालनमा यी विमानबाट महत्वपूूर्ण योगदान पुुग्ने सेनाले विस्वास लिएको छ ।

641
कारोबार संवाददाता
बिहिवार, पुष ३, २०७६

काठमाडौंस्थित सर्वनाम थिएटरमा विराटनगरका कवि मीनकुमार नवोदित र दार्जेलिङका कवि नुहाङ राई प्रस्तुत भएका छन् । हरेक महिनाको १ गते आयोजना हुने सर्वनामको ७३ औं शृंखलामा नवोदित र राईले कविता प्रस्तुत गरे । लुनकरणदास–गंगादेवी चौधरी साहित्यकला मन्दिर र सर्वनामले हरेक महिनाको १ गते दुई जना कविलाई उभ्याउने गरेको छ ।

544