अनुपमा खनाल
मंगलबार, जेठ २१, २०७६

पुष्पलाल (मध्यपहाडी) राजमार्ग सडकअन्तर्गत गोरखाभित्रको सडक निर्माणमा ढिलाइ भएको छ । गोरखाको आरुघाटदेखि चेपेसम्ममा पर्ने ६४ किलोमिटर सडकलाई चार प्याकेजमा विभाजन गरी काम गरे पनि लक्ष्यअनुसार प्रगति हुन सकेको छैन ।

313
सागर परियार
मंगलबार, जेठ २१, २०७६

यार्सा संकलनका लागि वैशाख अन्तिमतिर पाटन हिँडेका बालबालिकादेखि अभिभावक असार लागेपछि मात्रै घर फर्किने गर्छन् । हरेक वर्ष विद्यालय ठप्प पारी विद्यार्थी यार्सा टिप्न जान थालेपछि पातारासी गाउँपालिकाले विद्यार्थीलाई यार्सा टिप्न रोक लगाउने निर्णय गरेको थियो । भर्ना अभियानसँगै पालिकाले पाटनमा यार्सा टिप्न जान नपाइने भन्दै गाउँगाउँमा सूचनासमेत गरेको थियो ।

163
रासस
सोमवार, जेठ २०, २०७६

खोलामा डुबेर ज्यान गुमाएका दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–४ खाल्लेका १९ वर्षीय एलिस बस्नेत र सोही ठाउँका विक्रम भट्टराईका परिवारलाई दिक्तेल प्राविधिक शिक्षालयले रु छ÷छ लाख दिने सहमति भएको छ ।

282
कारोबार संवाददाता
सोमवार, जेठ २०, २०७६

खोलामा डुबेर खोटाङमा दुई विद्यार्थीको मृत्यु भएको छ । साप्सुखोलामा पौडी खेल्ने क्रममा दिक्तेल प्राविधिक शिक्षालयमा सब–ओभरसियर अध्ययन गरिरहेका दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–४ खाल्लेका अन्दाजी १९ वर्षीय एलिस बस्नेत र सोही ठाँउका १९ वर्षीय विक्रम भट्टराईको मृत्यु हो ।

348
कारोबार संवाददाता
सोमवार, जेठ २०, २०७६

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दोस्रो कार्यकालका लागि पदभार ग्रहण गरेसँगै नेपालका शीर्ष उद्योगपति एवं सीजी कर्प ग्लोबलका अध्यक्ष विनोद चौधरीले नेपाल र भारतबीचको सम्बन्धलाई थप उचाईमा पु¥याउन आपसी मित्रतालाई कसिलो पार्ने नयाँ प्रतिवद्धताको खाँचो आंैल्याएका छन् ।

361
कारोबार संवाददाता
सोमवार, जेठ २०, २०७६

प्रतिनिधिसभाको आइतबारको बैठकमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का सांसद प्रभु साहले संवैधानिक व्यवस्थाविपरीत विज्ञापन निकालेको भन्दै लोकसेवा आयोगको विज्ञापन खारेज गर्न माग गरेका छन् । आयोगले जेठ १५ गते स्थानीय तहमा कर्मचारी भर्नाका लागि विज्ञापन निकालेको थियो । उक्त विज्ञापन संविधानको मर्म विपरित समानुपातिक समावेशी नभएको भन्दै विज्ञापन खारेज गर्न माग गरेका हुन् । मुलुक स्थिरतातर्फ अघि बढिरहेको अवस्थामा महत्वपूर्ण संवैधानिक अंगको रूपमा रहेको आयोगले परिवर्तन उल्टाउने तथा मुलुकमा द्वन्द्व बढाउने कदम चालेको भन्दै त्यस्ता कुनै पनि कार्य सह्य नहुने उनले बताए ।

324
कारोबार संवाददाता
आइतवार, जेठ १९, २०७६

जीपी कोइराला फाउन्डेशन प्रदेश नम्बर १ ले विराटनगर–७ स्थित कोइराला निवास परिसरमा नेपाली राजनीतिका शिखरपुरुष गिरिजाप्रसाद कोइरालाको स्मृतिमा संग्रहालयको निर्माण सुरु गरेको छ । संग्रहालयको जीपी फाउन्डेशनकी अध्यक्ष तथा नेपाली कांग्रेसकी केन्द्रीय सदस्य सुजाता कोइरालाले शिलान्यास गरिन् । स्वर्गीय कोइरालाको जीवनीमा आधारित उपलब्ध भएसम्मका सबै वस्तु संग्रहालयमा राखिनेछ ।

335
दिलबहादुर केसी
आइतवार, जेठ १९, २०७६

१० वर्षे माओवादी द्वन्द्व समाधान भएको १२ वर्षपछि द्वन्द्वकालिन मुद्दा ब्युँतिन थालेका छन् । २५ वर्षअघिका मुद्दामा अदालतले पक्राउ पुर्जी जारी गर्न थालेको हो । तत्कालिन युद्धरत पार्टी शान्तिपूर्ण राजनीतिमा आएर पनि एमालेसँग एकीकरण भइसकेको छ ।

404
उत्तम चौलागार्इं
आइतवार, जेठ १९, २०७६

उपभोक्ताले उपयोग नगर्दा नेपाल खाद्य संस्थान शाखा कार्यालय खोटाङको १० क्विन्टल चामल सडेको छ । आव ०७२÷७३ मा ल्याइएको जिरा मसिना चामल संस्थानको गोदाममै सडेको हो । बजारमा आउने चामलभन्दा महंगो मूल्य परेका कारण १० क्विन्टल चामल गोदाममै सडेको संस्थानका प्रमुख सुनिलकुमार शाहले बताए ।

370
लक्ष्मण ढुंगाना
आइतवार, जेठ १९, २०७६

नेपालगन्ज उपमहानगरपालिका लागूऔषधको उच्च जोखिममा रहेको तथ्यांक सार्वजनिक भएको छ । उपमहानगरभित्र बसोबास गर्ने १२ वर्षमुनिका नाबालकदेखि ५० वर्षमाथिका वृद्धसम्मले लागूऔषध सेवन गर्ने गरेको तथ्यांक सार्वजनिक भएको हो । सार्वजनिक तथ्यांकले नेपालगन्ज लागूऔषधको उच्च जोखिममा देखाएको छ । नेपालगन्ज उपमहानगरपालिकाको सहयोगमा लागूऔषध दुव्र्यसनविरुद्ध काम गर्ने संघसंस्थाले वैशाख २० गतेदेखि जेठ १० गतेसम्म गरेको सर्भेक्षणको तथ्यांक शुक्रबार सार्वजनिक गरिएको छ ।

305
कारोबार संवाददाता
शुक्रवार, जेठ १७, २०७६

नेपालसहित १४ देशका १६ देखि २५ वर्षसम्म उमेर समूहका युवाहरु पोखरामा भेला हुने भएका छन् । नेपाल स्काउटको आयोजनामा शुक्रबार (आज) देखि सुरु हुने प्रथम राष्ट्रिय रोभर मुट (युवा सम्मेलन) कार्यक्रममा सहभागिताको लागि विदेशी ५ सयसहित ५ हजार जनाको सहभागिता हुने भएको बिहीबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइएको हो ।

331
कारोबार संवाददाता
बिहिवार, जेठ १६, २०७६

सरकारले रात्रिकालीन काठमाडौं उपत्यका सम्पदा यात्रा सञ्चालन गर्ने भएको छ । सङ्घीय संसद्को संयुक्त बैठकमा आर्थिक वर्ष २०७६-०७७ का लागि बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. युवराज खतिवडाले काठमाडौँ उपत्यकाको मौलिक संस्कृति, परम्परा र सङ्गीतको अवलोकन गर्नका लागि रात्रिकालीन सम्पदा यात्रा सञ्चालन गरिने बताएका हुन् ।

408
कारोबार संवाददाता
बुधवार, जेठ १५, २०७६

कारोबार दैनिकका रुकुम संवाददाता मेगराज खड्का सम्मानित भएका छन । रुकुमको पत्रकारिता विकास र गणतन्त्र प्रवद्र्धनमा गरेको योगदान स्वरुप १२ औं गणतन्त्र दिवस जिल्ला समारोह समिति रुकुम पश्चिमले एक औपचापरिक कार्यक्रमका बिच सम्मान गरेको हो ।

357
कारोबार संवाददाता
बुधवार, जेठ १५, २०७६

गृह मन्त्रालय राष्ट्रिय आपतकालीन कार्य सञ्चालन केन्द्रले अबको केही दिनसम्म नेपालको पश्चिम तराईको तापक्रम हल्का वृद्धि हुने र तातो हावा चल्न सक्ने भन्दै सतर्कता अपनाउन आग्रह गरेको छ । जल तथा मौसम विज्ञान विभागलाई उद्धृत गर्दै मन्त्रालयले गर्मीबाट बच्नका लागि आवश्यक तयारी र सावधानी अपनाउन आग्रह गरेको हो ।

504
रासस
बुधवार, जेठ १५, २०७६

लोकसेवा आयोगले झण्डै नौ हजार कर्मचारीका लागि विज्ञापन गर्ने भएको छ । स्थानीय तहमा कर्मचारी अपुग भइरहेका बेला आयोगले झण्डै नौ हजार कर्मचारीको पदपूर्तिका लागि खुला विज्ञापन गर्न लागेको हो । आयोगका सूचना अधिकारी देवीप्रसाद सुवेदीले खुलातर्फ नौ हजार र बढुवातर्फ ६ हजार कर्मचारीको पदपूर्तिका लागि विज्ञापन गर्न थालिएको जानकारी दिए ।

415