कारोबार संवाददाता
बिहिवार, माघ २, २०७६

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वप्रमुख आयुक्त सूर्यनाथ उपाध्याय र त्रिभुवन विश्वविद्यालय समाजशास्त्र विभागका सहायक प्राध्यापक दिपेश घिमिरेद्वारा संयुक्त रुपमा लिखित भ्रष्टाचारसम्बन्धी पुस्तक बजारमा आएको छ । पुस्तकमा भ्रष्टाचारका विविध पक्षसँग सम्बन्धित १० वटा निबन्धात्मक अध्यायहरु छन् ।

473
कारोबार संवाददाता
बिहिवार, माघ २, २०७६

बाँकेको कोहलपुर नगरपालिका वडा नम्बर १२ का वडाध्यक्ष कृष्ण बहादुर खड्का भारतको बहराइचमा मृत अवस्थामा फेला परेका छन् । वडा कार्यालय स्रोतका अनुसार मंगलबार बिहान ७ बजे सुर्खेतको मेहलकुना जाने भन्दै घरबाट निस्किएका खड्काको शव भारतको बहराइचस्थित शंकर होटेलमा भेटिएको जानकारी आएको होे ।

329
कारोबार संवाददाता
बुधवार, माघ १, २०७६

सार्वजनिक सवारी साधनभित्र अश्लील गतिविधि गर्ने युवकलाई प्रहरीले पक्राउ गरी मंगलबार सार्वजनिक गरेको छ । अभियुक्त तनहुँको तत्कालीन अरुणोदय गाविस घर भई हाल चितवनको भरतपुरस्थित विकासचोक बस्ने २१ वर्षीय रवीन सार्की भनिने रवीन रुचाल छन् । २०७५ माघ ११ गते बसभित्र त्यस्तो गतिविधि गरेको दृश्य सामाजिक सञ्जालबाट सार्वजनिक भएको थियो । गत वर्ष साउनमा खिचिएको भिडियो सात महिनापछि माघमा अपलोड गरेको खुल्न आएको महानगरीय अपराध नियन्त्रण महाशाखाले जनाएको छ ।

270
सुब्बा कार्की
मंगलबार, पुष २९, २०७६

रौतहट जिल्ला कारागार गौरमा अपहरण तथा शरीर बन्धक मुद्दामा सजाय भोगिरहेका एकजना कैदी रातको समयमा विद्युत्को लाइन काटिएको बेलामा फरार भएका छन् । रौतहटको गढीमाई नगरपालिका वडा नं. १ बस्ने २८ वर्षीय अशोक यादव गौर क्षेत्रमा बिजुलीको लाइन काटिएको मौकामा कार्यालय सहयोगी एकरामुल हकले गेटको ताला नलगाएपछि फरार भएका हुन् ।

361
रासस
मंगलबार, पुष २९, २०७६

चितवन राष्ट्रिय निकुञ्ज र यहाँको राष्ट्रिय वन क्षेत्रमा साउन महिनायता कालगतिका कारण १० वटा गैंडा मरेका छन् । पछिल्लो पटक सोमबार निकुञ्जको माडी क्षेत्रमा पर्ने वनकट्टाको भलुवाई खोलामा एउटा गैंडा मृतावस्थामा भेटिएको छ ।

309
रासस
मंगलबार, पुष २९, २०७६

बढी भ्रष्टाचार हुने प्रदेशमा प्रदेश नं २ देखिएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सोमबार राष्ट्रपति विद्यादेवी भण्डारीलाई बुझाएको २९औँ वार्षिक प्रतिवेदनमा सो प्रदेशमा २१.५० प्रतिशत भ्रष्टाचार तथा भ्रष्टाचारजन्य गतिविधि भएका उल्लेख गरिएको छ । यस्तै प्रदेश नं ३ पनि सोही प्रदेशकै हाराहारीमा रहेको छ । काठमाडौँका विभिन्न मन्त्रालय तथा उच्च सरकारी निकायसमेत यही प्रदेशमा भएकाले पनि भ्रष्टाचारजन्य गतिविधि र उजुरी संख्याका आधारमा प्रदेश नं ३ पनि उच्च स्थानमा रहेको हो । सो प्रदेशमा कूल २१.१६ प्रतिशत उजुरीको संख्या रहेको छ ।

373
कारोबार संवाददाता
सोमवार, पुष २८, २०७६

राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त) ले राष्ट्र निर्माता पृथ्वीनारायण शाहको आदर्श राष्ट्रिय एकताको मूलमन्त्र हो भन्ने मान्यता मन, वचन र कर्मले आत्मसात गर्नुपर्ने बताएको छ । पृथ्वीनारायण शाहलाई महापुरुष स्वीकार गर्दै राप्रपा (संयुक्त) ले पृथ्वी जयन्तीलाई राष्ट्रिय पर्वको रुपमा मनाउँदै सार्वजनिक विदा दिनुपर्ने माग समेत सरकारसँग गरेको छ ।

332
सागर परियार
आइतवार, पुष २७, २०७६

कर्णालीमा विवाह भएको पहिलो गर्भमा छोरा जन्माउने महिला निकै भाग्यमानि मानिन्छन् । पहिलोपल्ट छोरी जन्मिँदा ठुस्स पर्ने मानसिकता कर्णालीमा अहिले पनि कायम छ । सामाजिक अन्धविश्वासका कारण कर्णालीका महिला छोरा जन्माउनैपर्ने बाध्यतामा छन् । तातोपानी गाउँपालिका २ की सरस्वती बुढाले जब पहिलो सन्तानको रूपमा छोरा जन्माइन्, परिवार र छिमेकीहरूले बाजागाजासहित स्वागत गरे । श्रीमान्लाई जहाँ भेटाए, त्यहि अबिर जात्रा पनि गरे ।

536
कारोबार संवाददाता
आइतवार, पुष २७, २०७६

संसदमा प्रस्तुत भएको सूचना प्रविधि विधेयकबारे नेपाल पत्रकार महासंघले सरोकारवालासँग परामर्श बैठकको आयोजना गरेको छ । महासंघको सभाहलमा शुक्रबार भएको कार्यक्रममा महासंघका अध्यक्ष गोविन्द आचार्यले महासंघको विरोध कुनै दल तथा पार्टीप्रति नभएको भन्दै नागरिकको अधिकार कटौती गर्ने ढंगले सरकारले सूचना प्रविधि विधेयक ल्याएका कारण गरिएको बताए । महासंघका उपाध्यक्ष विपुल पोख्रेलले जनताको अभिव्यक्तिलाई अपराध मान्नेगरी विधेयक निर्माण गरिएको भन्दै जनमत निर्माण गरी त्यसको विरोध गर्नुपर्ने धारणा राखे । प्रेस संगठन नेपालका अध्यक्ष महेश्वर दाहालले सरोकारवालासँग छलफल गरी विधेयकमा रहेका प्रेस विरोधी दफालाई सच्याउनुपर्ने धारणा राखे ।

368
कारोबार संवाददाता
आइतवार, पुष २७, २०७६

सिमाना जोडिएका जिल्लाहरुबिचको सम्बन्ध घनिष्ठ बनाउनका लागि जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीमा तीन जिल्लाको सुरक्षा निकायको बैठक बसेको छ । अर्घाखाँची, पाल्पा र रुपन्देहीका सुरक्षा निकायको शुक्रबार बसेको बैठकले सुरक्षालाई मजवुत बनाउनका लागी सहकार्य गरी अगाडि बढ्ने निर्णय भएको छ ।

349
मनिषा चम्लागाईँ
आइतवार, पुष २७, २०७६

झापा लागूऔषध तस्करीको ट्रान्जिट प्वाइन्ट बन्दै गएको छ । जिल्ला प्रहरी कार्यालय झापाकोे तथ्याङ्कअनुसार झापामा आर्थिक वर्ष ०७४÷०७५ देखि गत मंसिरसम्म ४ सय ७६ जना लागूऔषध कारोबारी पक्राउ परेका छन् । पक्राउ पर्नेमा ४ सय ५१ जना नेपाली नागरिक छन् । यो अवधिमा १९ जना विदेशी नागरिक रहेका छन् भने ६ जना फरार छन् ।

494
महेन्द्र सापकोटा
शनिवार, पुष २६, २०७६

माथिल्लो कर्णाली जलविद्युत आयोजना स्थल नजिकै शुक्रवार राति वम विष्फोट भएको छ । माथिल्लो कर्णाली परियोजना जिएमआरको कार्यालय रहेको स्थल नजिकै अछाम जिल्लाको तुर्माखाँद गाउँपालिका –३ को खैरीटाकुरीमा शुक्रवार राती करिव १० बजेको समयमा बम विष्फोटन भएको हो ।

538
कारोबार संवाददाता
शुक्रवार, पुष २५, २०७६

गोठाटार महिला बचत तथा ऋण सहकारी संथाले आफ्नो १७ औं वार्षिक साधारण सभाको अवसर पारी कारोबार राष्ट्रिय आर्थिक दैनिकका गोविन्द चापागाईं र स्पन्दन टेलिभिजनका सञ्चालक रमेश पोखरेललाई सम्मान गरेको छ ।

10205
कारोबार संवाददाता
शुक्रवार, पुष २५, २०७६

सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं सरकारका प्रवक्ता गोकुल बाँस्कोटाले सूचना–प्रविधि विधेयकका कारण लोकतन्त्र खतरामा नपर्ने बताएका छन् । बिहीबार मन्त्रालयमा आयोजित नियमित पत्रकार सम्मेलनमा उनले विधेयकबारे पर्याप्त छलफल भएको भन्दै अझै छलफल हुने बताए । उनले भने, “सरकारले बनाएको विधेयकबारे संसदीय समितिमा पर्याप्त छलफल भएको छ । ३६ वटा विषय परिमार्जन गरिएका छन् । प्रतिपक्षी दलका पनि आठ वटा बुँदा समेटिएका छन् ।”

378
कारोबार संवाददाता
शुक्रवार, पुष २५, २०७६

काभ्रेमा भएको छुट्टाछुट्टै दुर्घटनामा ५ जनाको मृत्यु भएको छ भने २ जना घाइते भएका छन् । पनौतीमा भएको स्काभेटर दुर्घटनामा पनौती ७ का वर्ष १६ का राउत केसी र सिन्धुपाल्चोक घर भई हाल पनौती ७ बस्ने वर्ष १५ को रोशन भण्डारी को घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । स्काभेटर सडकबाट ३ सय मिटर तल सलान्दु खोलामा खसेको थियो ।

374