कारोबार संवाददाता
शुक्रवार, असार २६, २०७७

नेपाल प्रहरीका नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) शैलेश थापा क्षेत्रीले देश, जनता र सरकारको निःस्वार्थ सेवाका लागि आफू प्रतिबद्ध रहेको बताएका छन् । उनले कानुनले तोकिएको जिम्मेवारी इमानदारीपूर्वक पूरा गर्ने विश्वास दिलाए ।

439
रासस
बिहिवार, असार २५, २०७७

काठमाडौँ उपत्यकामा सवारी चालकको लापरवाहीका कारण बढी दुर्घटना हुने गरेको देखिएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार आर्थिक वर्ष २०७६-७७ मा नौ हजार ४६१ दुर्घटना भएकामध्ये अधिकाशं चालकको लापरवाहीबाट हुने गरेको छ । उपत्यकामा चालकको लापरवाहीबाट आठ हजार ४७२ दुर्घटना भएको छ । यस्तै, मादक पदार्थ सेवनबाट ४३५, तीव्रगतिबाट ४२२, ओभरटेकबाट ५८, यान्त्रिक गतिविधि ४९, सडकको दुरावस्थाबाट १६, पैदलयात्रुको लापरवाहीबाट चार र मौसम÷चौपायाबाट पाँच दुर्घटना भएको छ ।

481
कारोबार संवाददाता
बिहिवार, असार २५, २०७७

लकडाउन अवधिभर उपत्यकामा ८८ वटा मोटरसाइकल तथा स्कुटर चोरी भएका छन् । जसमध्ये ३० वटामात्र फेला परेका छन् । बाँकीको खोजी भइरहेको महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख एसएसपी भीमप्रसाद ढकालले जानकारी दिए । महाशाखाको तथ्यांकअनुसार पछिल्लो पाँच वर्षको अवधिमा मोटरसाइकल तथा स्कुटर चोकीका घट्ना बढ्दै गएका छन् । आर्थिक वर्ष २०७१–०७२ देखि चालु आर्थिक वर्षसम्मको हाल जम्मा ६ हजार चार सय ६८ थान मोटरसाइकल तथा स्कुटर हराएको भन्दै महाशाखामा निवेदन दर्ता भएका छन् ।

469
कारोबार संवाददाता
बुधवार, असार २४, २०७७

नक्कली शैक्षिक प्रमाणपत्र पेश गरी जागिर खाने पोखरा महानगरपालिकाका तीन कर्मचारीसहित पाँच जनाविरुद्ध मुद्दा दायर भएको छ । पोखरा महानगरका तीन कर्मचारी तथा नर्स र शिक्षकविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मंगलबार विशेष अदालतमा मुद्दा दायर गरेको हो । तत्कालीन नगर प्रहरी सहायक निरीक्षक लो बहादुर कामीले श्री ५ इन्द्रराज्यलक्ष्मी माध्यमिक विद्यालय, कास्कीबाट कक्षा १० टेष्ट परीक्षा उत्तीर्ण गरेको झुठ्ठा शैक्षिक प्रमाणपत्र पेश गरी जागिर खाएको खुलेको अख्तियारले जनाएको छ ।

605
कारोबार संवाददाता
सोमवार, असार २२, २०७७

वर्षा र सहकालका देवता’ रातो मच्छिन्द्रनाथको रथारोहण यही असार २४ गते हुने भएको छ । मच्छिन्द्रनाथ गुठीसँग सम्बन्धित ज्योतिषीले बुधबार उत्तम साइत रहेको ठहर गरेसँगै मच्छिन्द्रनाथलाई रथमा विराजमा गराउन लागिएको हो ।

495
कारोबार संवाददाता
सोमवार, असार २२, २०७७

धनकुटाको महालक्ष्मी नगरपालिकामा रहेको हिमाली दुग्घ पदार्थ उद्योगमा बजार लैजान छुर्पी प्याकिङ्ग गर्दै कामदार ।

601
कारोबार संवाददाता
आइतवार, असार २१, २०७७

ललितपुर महानगरपालिका–२१ खोकनामा प्रहरी र स्थानीयवासी झडप भएको छ । तराई मधेश जोड्ने दु्रतमार्गको जिरो किलोमिटर परियोजना आसपासको बाँझो जमीनमा स्थानीयवासीले खेती गर्न थालेसँगै प्रहरी र स्थानीयवासीबीच विवाद भएको हो । शनिबार भएको झडपमा दुवैतर्फका केही व्यक्ति घाइते पनि भएका छन् ।

719
मकरराज धामी
आइतवार, असार २१, २०७७

बझाङमा शुक्रबार राती पहिरोमा परेर एकै घरका ४ सहित ६ जनाले ज्यान गुमाएका छन् भने एक जना बेपत्ता भएका छन् । केदारस्यु“ गाउ“पालिका– ८ मल्लेसी गाउ“मा गएको विनासकारी पहिरोले २० घर पूर्ण रुपमा बगाएको छ भने अन्य दुई घरमा क्षति पु¥याएको छ । पहिरोले मल्लेसीका अन्य ४५ घर उच्च जोखिममा छन् ।

1029
कारोबार संवाददाता
शुक्रवार, असार १९, २०७७

झुट्टा तथा नक्कली मूल्य अभिवृद्धिकर विजक प्रयोग गरी राजस्व चुहावट गरेको आरोपमा राजस्व अनुसन्धान विभागले तीन वटा फार्मका सञ्चालकविरुद्ध मुद्दा चलाएको छ । उनीहरूलाई ४० करोड ६१ लाख रुपैयाँ बिगो असुल गरी बिगोको दोब्बर जरिवाना एवं कैद सजायको माग दाबी लिई उच्च अदालत पाटनमा बुधबार मुद्दा दायर गरिएको विभागले जनाएको छ ।

770
कारोबार संवाददाता
शुक्रवार, असार १९, २०७७

नेपाली कांग्रेसका संस्थापक नेता विश्वेश्वर प्रसाद कोइरालाको नामबाट स्थापित वीपी स्मृति प्रतिष्ठानको भवन निर्माणको लागि बिहीबार शिलान्यास गरिएको छ । छायाँनाथ रारा नगरपालिकाको आर्थिक सहयोगमा जिल्ला सदरमुकाम गमगढीमा भवन निर्माणका लागि शिलान्यास गरिएको हो ।

479
कारोबार संवाददाता
बिहिवार, असार १८, २०७७

प्रतिनिधिसभाको बुधबारको बैठकले सांसद ज्ञानकुमारी छन्त्यालको निधनमा शोक प्रस्ताव पारित गरेको छ । सभामुख अग्निप्रसाद सापकोटाले प्रस्तुत गरेको शोक प्रस्तावलाई बैठकले सर्वसम्मतिले पारित गरेको हो । बैठकले उनको निधनप्रति शोक प्रकट गरी श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवारप्रति समवेदना व्यक्त गरेको छ ।

433
कारोबार संवाददाता
बिहिवार, असार १८, २०७७

कञ्चनपुरको भीमदत्त नगरपालिका–१६ स्थित परखेडीमा बालउद्यान निर्माण भएको छ । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको सुरक्षार्थ खटिएको नेपाली सेनाको देवीदल गणको २५ लाख र भीमदत्त नगरपालिकाकाको २० लाखको सहयोगमा वाल उद्यान निर्माण भएको हो ।

546
कारोबार संवाददाता
बुधवार, असार १७, २०७७

लकडाउनका कारण लामो समयदेखि ट्याक्सी चलाउन नपाएपछि व्यवसायीहरु प्रदर्शनीमा उत्रिएका छन् । मंगलबार काठमाडौंको मिनभवनस्थित यातायात व्यवस्था विभागको कार्यालय अगाडी ट्याक्सीसहित हातमा प्लेकार्ड लिएर व्यवसायीहरु शान्तिपूर्ण प्रदर्शनमा उत्रिएका हुन् ।

587
कारोबार संवाददाता
बुधवार, असार १७, २०७७

स्याङ्जाको पुतलीबजार नगरपालिका–६ टक्सारस्थित एक सामुदायिक वन उपभोक्ता समितिका पदाधिकारी र सदस्यहरू नै काठ तस्करीमा संलग्न रहेको भेटिएको छ । स्थानीय कल्पना डाँडापारी सामुदायिक वनबाट काठ तस्करी गरेका व्यक्ति पक्राउ परेपछि उनीहरूको संलग्नता भेटिएको हो । हो ।

500
गोपाल पोखरेल
बुधवार, असार १७, २०७७

जननेता स्वर्गीय मदन भण्डारीको स्मृतिमा उदयपुरको सदरमुकाम गाईघाटस्थित मदन भण्डारी आँखा अस्पताल क्षेत्रमा विभिन्न प्रजातिको बिरुवा रोपिएको छ । नेपाल नेत्रज्योति संघ उदयपुरद्वारा निर्माण गरिएको आँखा अस्पताल परिसरमा स्वर्गीय भण्डारीको नाममा प्रदेश नम्बर एकको योजना आयोगकी सदस्य मीना भण्डारीले वर्वुल जातको बिरुवा रोपेर कार्यक्रमको उद्घाटन गरिन् । सोही अवसरमा उनले मदन भण्डारीका रचना तथा उनलाई जोडेर लेखिएका कितावहरू त्रियुगा जनता बहुमुखी क्याम्पस मोतिगडा र संगम पुस्तकालयलाई हस्तान्तरण गरिन् ।

515