कारोबार संवाददाता
बिहिवार, भदौ १२, २०७६

अर्थ मन्त्रालयले प्रधान न्यायाधीशदेखि संसद् सचिवालयका महासचिवसम्मको नयाँ तलब सार्वजनिक गरेको छ । सरकारको भदौ ४ गतेको निर्णयअनुसार मन्त्रालयले प्रधान न्यायाधीश, न्यायाधीशहरु, महान्यायाधिवक्ता, न्याय परिषद्का सदस्य, संवैधानिक निकायका पदाधिकारी, उच्च तथा जिल्ला अदालतका न्यायाधीश, संघीय संसद्का महासचिवलगायतको नयाँ तलबमान सार्वजनिक गरेको हो । जसअनुसार प्रधान न्यायाधीशको मासिक तलब ८६ हजार ९५० रुपैयाँ भएको छ ।

197
कारोबार संवाददाता
बिहिवार, भदौ १२, २०७६

लमजुङको सुन्दरबजार नगरपालिकाको प्रशासकीय भवन निर्माणको विषयमा सर्वोच्च अदालतमा मुद्दा परेपछि अन्योल सृजना भएको छ । भवन निर्माणका लागि टेण्डर प्रक्रिया समेत सकेर काम सुरु गर्ने बेला सर्वोच्चमा मुद्दा परेपछि निर्माण सुरु नै हुन नसकेको हो । लमजुङको सुन्दरबजार नगरपालिकाले आफ्नै प्रशासकीय भवन बनाउने प्रयास गरेको दुई वर्ष बित्यो । शुरुमा आफ्नो जग्गा नभएर भवन निर्माणको प्रक्रिया शुरु गर्न नसकेको नगरपालिकाले भवन निर्माणका लागि स्थानीयबाट निःशुल्क सात रोपनी जग्गा प्राप्त गरेको थियो ।

295
कारोबार संवाददाता
बिहिवार, भदौ १२, २०७६

सुर्खेतमा बधबार यात्रुवाहक बस दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको छ । जाजरकोटबाट नेपालगञ्ज आउँदै गरेको ना ४ ख ९३१७ नम्बरको बस बबई नदीको हर्रे मोडमा बिहान ३ बजे दुर्घटनाग्रस्त भएको हो ।

226
कारोबार संवाददाता
बिहिवार, भदौ १२, २०७६

संघीय सरकार तथा सात प्रदेश सरकारका वरिष्ठ अधिवक्ताहरु सम्मिलित १२ सदस्यीय प्रतिनिधिमण्डल हाल भारतको ७ दिने अवलोकन भ्रमणमा छ । भदौ ८ देखि १४ गतेसम्मको उक्त भ्रमणको उद्देश्य भारतको महान्यायाधिवक्ता र राज्यका महाधिवक्ताबीचको सम्बन्धका साथै केन्द्रीय र राज्य न्यायिक प्रणालीबीचको सम्बन्धको अध्ययन गर्नु रहेको बताइएको छ ।

206
कारोबार संवाददाता
बुधवार, भदौ ११, २०७६

पाउँदै आएको सेवा–सुविधाबाट बञ्चित गराई श्रमशोषण गरेको जनाउँदै बनेपा नगरपालिका–५ घोगेचौरस्थित शिर मेमोरियल अस्पतालका कर्मचारी तीन हप्तादेखि आन्दोलित भएका छन् । आफ्ना मागसहित अस्पताल प्रशासन अगाडि गत साउन १६ गतेदेखि धर्नामा बसेका कर्मचारीले प्रशासन कार्यालयभित्र कसैलाई पनि आवतजावत गर्न दिएका छैनन् ।

313
कारोबार संवाददाता
मंगलबार, भदौ १०, २०७६

पत्रकार शालिकराम पुडासैनी आत्महत्या प्रकरणमा थुनामा रहेका रवि लामिछानेलाई पाँच लाख धरौटीमा छाड्न चितवन जिल्ला अदालतले आदेश दिएको छ । न्यायाधीश हेमन्त रावलको इजलाशले यस्तो आदेश दिएको हो । रविसँगै पक्राउ परेका युवराज कँडेललाई तीन लाख र अस्मिता कार्कीलाई साधारण तारेखमा रिहा गर्न जिल्ला अदालत चितवनले आदेश दिएको छ । साथै अदालतले पुडासैनी आत्महत्या प्रकरणको विषयमा कार्यक्रम चलाउने नपाउने आदेश पन दिएको छ ।

346
कारोबार संवाददाता
मंगलबार, भदौ १०, २०७६

कान्तिपुर दैनिकको प्रधान सम्पादकमा सुधीर शर्मा पुनः नियुक्त भएका छन् । नारायण वाग्लेले प्रधान सम्पादकबाट राजीनामा दिएपछि उनी प्रधान सम्पादकमा नियुक्त भएका हुन् ।

347
कारोबार संवाददाता
सोमवार, भदौ ९, २०७६

लमजुङको जिल्ला कारागारमा क्षमताभन्दा धेरै कैदीबन्दी हुँदा समस्या भएको छ । २५ जना क्षमताको कारागारमा क्षमताभन्दा तीन गुणा बढिकैदी बन्दी भएपछि समस्या भएको हो ।

308
कारोबार संवाददाता
सोमवार, भदौ ९, २०७६

अर्घाखाँची जिल्ला अदालतले गतवर्ष ६७.२६ प्रतिशत मुद्दा फैसला गरेको छ । जिल्ला अदालतमा दर्ता भएका मुद्दाको करिब आधा मुद्दा सम्बन्ध बिच्छेदका छन् ।

277
कारोबार संवाददाता
सोमवार, भदौ ९, २०७६

गत चैत १७ गते साँझ बारा र पर्सामा आएको ‘टोर्नाडो’को नेपाली नाम ‘घुम्रपात’ नामकरण गर्न सिफारिस गरिएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयअन्तर्गतको जल तथा मौसम विज्ञान विभागले एक अध्ययन समिति बनाई सो नाम सिफारिस गरेको हो । लामो छलफल र अध्ययनपछि ‘टोर्नाडो’ घुमीघुमी आउने र त्यसले उत्पात मच्चाउने भएकाले उक्त दुवै कार्य समेटिने गरी सो शब्द सिफारिस गरिएको विभागका महानिर्देशक सरजु वैद्यले जानकारी दिए ।

312
कारोबार संवाददाता
सोमवार, भदौ ९, २०७६

पत्रकार शालिकराम पुडासैनीलाई आत्महत्या गर्नका लागि दुरुत्साहन गरेको आरोपमा पत्रकार रवि लामिछानेसहित तीन जनाविरुद्ध चितवन जिल्ला अदालतमा आइतबार मुद्दा दायर गरिएको छ । जिल्ला सरकारी वकिलको कार्यालयले मुद्दा दायर गरेको हो । यसअघि चितवन प्रहरीले हिरासतमा रहेका पत्रकारद्वय रवि लामिछाने र युवराज कँडेल तथा नर्स रुकु भनिने अस्मिता कार्कीमाथि १० दिन अनुसन्धान गरी फाइल सरकारी वकिलको कार्यालयमा बुझाएको थियो ।

405
कारोबार संवाददाता
सोमवार, भदौ ९, २०७६

जिल्लामा डेंगुको संक्रमणका कारण एक वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा भरतपुर महानगरपालिका–२ गंगोत्रीमार्ग निवासी ७१ वर्षीय पुरुष रहेको स्वास्थ्य कार्यालय चितवनले जनाएको छ । कार्यालयका किट नियन्त्रक राम केसीका अनुसार उनको उपचारका क्रममा मृत्यु भएको जानकारी भदौ ६ गते कार्यालयलाई दिइएको हो । वृद्धको साउन ३१ गते चितवन मेडिकल कलेजमा मृत्यु भएको थियो ।

289
कारोबार संवाददाता
आइतवार, भदौ ८, २०७६

काठमाडौंको पर्यटकीय क्षेत्र ठमेलमा सडक किनारमा खानेकुरा बनाउँदै महिला ।

271
सागर परियार
आइतवार, भदौ ८, २०७६

प्रमुख जिल्ला अधिकारीको रुपमा जुम्लामा दुर्गा बञ्जाडे आएदेखि यहाँका सरकारी कार्यालयको सेवा प्रवाहमा सून्य सहनशीलता अभियान चलाइएको छ । जुम्लामा रहेका पाँच दर्जन बढी सरकारी कार्यालयले प्रवाह गर्ने सेवा नागरिकमैत्री बन्दै गएको छ । नागरिक समाज जुम्लाका अध्यक्ष राजबहादुर महत भन्छन्, “डेढ दशकपछि जुम्लाको प्रशासनिक सेवाले काँचुली फेरेको छ । जुम्लामा रहेका ४६ वटा सरकारी कार्यालय नागरिकमैत्री बनेका छन् ।

631
रासस
बिहिवार, भदौ ५, २०७६

टोखा नगरपालिका–९ गोंगबुस्थित मोरङ, पर्वत, धौलागिरि, पोखरा होटल एण्ड लजमा दुई व्यक्ति मृत अवस्थामा फेला परेका छन् । उक्त होटलको १११ नम्बर कोठामा मंगलबार राति होटलमा बस्न आएका चितवन चैनपुरका ३७ वर्षीय यामबहादुर मगर र काभ्रेपलाञ्चोक पनौतीका २८ वर्षीय सविना तामाङ बजगाईं बुधबार दिउँसो मृत अवस्थामा फेला परेका हुन् ।

380

सातामा धेरै पढिएको