रासस
बुधवार, असार ११, २०७६

राष्ट्रियसभाको मंगलबारको बैठकले गुठी विधेयक, २०७५ फिर्ता गरियोस् भन्ने प्रस्तावलाई सर्वसम्मतले स्वीकृत गरेको छ । बैठकमा भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारणमन्त्री पद्माकुमारी अर्यालले सो प्रस्ताव राखेकी थिइन् । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले गुठी विधेयक,२०७५ सर्वसम्मतले फिर्ता लिइएको घोषणा गरे ।

403
महेन्द्र सापकोटा
सोमवार, असार ९, २०७६

देशमा दिनुहुँ ठूलाठूला भ्रष्टाचारका खबर आइरहेका बेला दैलेखको नौमूले गाउँपालिकाले भने भ्रष्टाचारविरुद्धको अभियान नै थालेको छ । गाउँपालिकाले एक सूचना जारी गर्दै नौमूले गाउँपालिकामा जो कसैले पनि भ्रष्टाचार गरेको पाइएमा कडाभन्दा कडा कारबाही गरिने भन्दै भ्रष्टाचारविरुद्धको अभियानमा लागेको हो ।

358
अमरराज आचार्य
सोमवार, असार ९, २०७६

प्रकाश सुनाम विगत लामो समयदेखि सनई, दमाहा, भ्mयाली, ट्याम्को बजाउने गरेका छन् । यसरी बाजा बजाएर आएको आम्दानीले उनले आप्mनो जीवन गुजारा गरेका छन् ।

330
कारोबार संवाददाता
सोमवार, असार ९, २०७६

नवौं अन्तर्राष्ट्रिय एकल महिला दिवसको अवसर पारेर मानव अधिकारका लागि एकल महिला समूह रामेछापले एकल महिलाहरुलाई रातो पहिरन वितरण गरेको छ । एकल महिलाहरुको आर्थिक सशक्तीकरण, दिगो विकास लक्ष्यको आधार भन्ने मूल नाराका साथ आइतवार विविध कार्यक्रम आयोजना गरी दिवस मनाइएको थियो ।

369
कारोबार संवाददाता
आइतवार, असार ८, २०७६

नेपाल ज्योतिष परिषद् र दक्षिण एशियाली ज्योतिष महासङ्घको आयोजनामा १७औँ राष्ट्रिय ज्योतिष सम्मेलन काठमाडौँमा सुरु भएको छ । सम्मेलनमा सहभागी वक्ताहरूले पछिल्लो समय अनेक भविष्यवाणी गर्ने र चर्चामा आउने प्रवृत्तिले समग्र ज्योतिष विद्यालाई नै बद्नाम गराउने काम भएको भन्दै यस्त कार्यलाई बन्देज लगाउनुपर्ने धारणा राखे ।

317
कारोबार संवाददाता
आइतवार, असार ८, २०७६

नेपाल पत्रकार महासंघ सुदूरपश्चिम प्रदेशको प्रथम साधारणसभाले नेपाल सरकारले संघीय संसद्मा दर्ता गराएको मिडिया काउन्सिल विधेयक अविलम्ब खारेज गर्न जोडदार माग गरेको छ । मुलुक संघीय संरचनामा गएसँगै पत्रकार महासंघ समेत संघीय ढांचामा प्रवेश गरेपछि असार ६ र ७ गते धनगढीमा पहिलो साधारणसभा भएको छ ।

311
कारोबार संवाददाता
शुक्रवार, असार ६, २०७६

स्याङ्जाको वालिङ नगरपालिकाले बाँदर धपाउने यन्त्र निर्माण गरेको छ । यन्त्रको परीक्षण सफल भएसँगै बाँदरले सताएर हैरान वालिङका स्थानीय कृषकलाई राहत मिल्ने भएको छ । नगरपालिकाद्वारा सञ्चालित इनोभेसन सेन्टरका प्रशिक्षार्थीले बाँदर धपाउने यन्त्र (मङ्की रिटेलर डिभाइस) निर्माण गरेका हुन् ।

604
कारोबार संवाददाता
बिहिवार, असार ५, २०७६

सरकारले संसद्मा दर्ता गराएको मिडिया काउन्सिल विधेयक फिर्ता लिन माग राख्दै नेपाल पत्रकार महासंघले घोषणा गरेको तेस्रो चरणको आन्दोलनको कार्यक्रमअन्तर्गत प्रेस स्वतन्त्रताको पक्षमा देशब्यापी हस्ताक्षर संकलन अभियान सञ्चालन गरेको छ । विधेयकमा भएका प्रेस स्वतन्त्रता कुण्ठित गर्ने प्रावधानहरु अविलम्ब फिर्ता लिन माग राख्दै वैशाख २९ देखि जेठ २५ गतेसम्म दुई चरणमा गरिएको आन्दोलनका कार्यक्रमहरुलाई उपेक्षा गर्दै सरकार महासंघले उठाएका मागप्रति गम्भीर नभएपछि महासंघले तेस्रो चरणको आन्दोलनका कार्यक्रम घोषणा गरेको हो ।

372
कारोबार संवाददाता
बिहिवार, असार ५, २०७६

गुठी पक्षधरहरुले बुधबार काठमाडौंको माइतीघर मण्डलामा जनप्रदर्शन गरेका छन् । काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट निस्किएको जुलुस माइतीघर मण्डलामा जम्मा भएको थियो । सरकारले संसद्मा दर्ता गराएको गुठी विधेयक खारेज हुनुपर्ने उनीहरुको मुख्य माग थियो ।

407
नीरज पिठाकोटे
बिहिवार, असार ५, २०७६

गत चैत १७ गते आएको हावाहुरी पीडितले प्रभावित क्षेत्रमा गएका सबैसँग घर निर्माणमा नाम छुटेको गुनासो पोख्ने गरेका छन् । बाराको परवानीपुर र फेटा गाउँपालिकाका स्थानीय हावाहुरी पीडितले घर निर्माणको सूचीमा नपरेको भन्दै आन्दोलन गरेर गाउँपालिका तथा वडा कार्यालयमा तालाबन्दीसमेत गरेका छन् ।

251
कारोबार संवाददाता
बुधवार, असार ४, २०७६

बझाङ, २ असार (रासस)ः सदरमुकाम चैनपुर नजिकै रहेको डुङ्ग्रीबाट मष्टा गाउँपालिका जाँदै गरेको से १ ज १०७२ नम्बको जीप मष्टा–१ डौँठी भन्ने ठाउँमा दुर्घटना हुँदा नौ जनाको मृत्यु भएको छ । दुर्घटनामा चार जना घाइते भएका छन् ।

303
कारोबार संवाददाता
बुधवार, असार ४, २०७६

लोकसेवा आयोगबाट खुलाइएको विज्ञापनमा आवेदन फाराम भर्ने मिति सकिन लाग्दा भर्नेको संख्या बढेको छ ।

404
कारोबार संवाददाता
बुधवार, असार ४, २०७६

कर्णाली सरकारले छोरी जन्मिए बैंक खाता खोली एक हजार रुपैयाँ जम्मा गरिदिने भएको छ ।

450
प्रकाश लम्साल
बुधवार, असार ४, २०७६

अत्यधिक गर्मीका कारण बाराको जनजीवन प्रभावित भएको छ । भौतिक निर्माण र हाटबजार ठप्प बनेको छ । विद्यालय सात दिनको लागि बन्द गरिएका छन् भने कृषि तथा पूर्वाधारमा खट्ने रीसकेको छ भने निर्माण पुर्बाधार कृषि र बिकासमा खट्ने मजदुरले काम छाडेका छन् ।

333
कारोबार संवाददाता
बुधवार, असार ४, २०७६

घूस लिँदै गरेको अवस्थामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दुईजना इन्जिनियरलाई पक्राउ गरेको छ । हतुवागढी गाउँपालिकाका इन्जिनियर मिसुहाङ्ग किरात र असिस्टेन्ट सव इन्जिनियर नइन्द्र राईलाई पक्राउ गरिएको हो ।

441