कारोबार संवाददाता
बुधवार, भदौ २५, २०७६

महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री थममाया थापामगरले महिला हिंसा रोक्नको लागि दोषीलाई मृत्युदण्डसम्मको सजाय दिन सकिनेबारे छलफल सुरु गर्न सकिने बताएकी छिन् । यद्यपि उनले अहिले भएका कानुनलाई नै प्रभावकारी कार्यान्वयनतर्फ जोड दिनुपर्ने बताइन् । मंगलबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा मन्त्री थापाले तत्काल मृत्युदण्ड नै दिनुपर्छ भन्ने स्थिति नभएको सुनाउँदै भएकै संविधान, कानुन र ऐनलाई प्रभावकारी रुपमा कार्यान्वयन गर्दै अघि बढ्नुपर्ने स्पष्ट पारेकी हुन् ।

299
कारोबार संवाददाता
आइतवार, भदौ २२, २०७६

काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका वडा नं. १ स्थित् कागेश्वरी मन्दिरमा लागेको तीनदिने मेला भव्य रुपमा सम्पन्न भएको छ । कागेश्वरीमा कागेअष्टमीक दिन लाग्ने महामेलाई ध्यानमा राखी नगरपालिकाले भदौ १९ देखि २१ गतेसम्म मनाएको थियो । भदौ १९ गते कागेश्वरी मन्दिरको बारेमा कविता बाचन गरी कवि गोष्ठी गरेको, २० गते मन्दिरमा महामेला लागेको र २१ गते मन्दिर क्षेत्र सरसफाइ गरिएको थियो । सरसफाइ भने एक हप्तासम्म चल्ने महामेला मूल व्यवस्थापन समितिका संयोजक एवं वडा नं. १ का वडाध्यक्ष मुकुन्द गजुरेलले जानकारी दिए । मन्दिरलाई धार्मिक पर्यटनको केन्द्रको रुपमा विकास गर्न मन्दिरको साँस्कृतिक र ऐतिहासिक विषयका बारेमा आमनागरिकलाई जानकारी दिनका लागि तीनदिनसम्म कागेश्वरी मेला आयोजना गरिएको थियो ।

396
कारोबार संवाददाता
शुक्रवार, भदौ २०, २०७६

हातहतियार कारोबारको अभियोगमा केन्द्रीय अनुसन्धान ब्युरो (सिआईबी) द्वारा पक्राउ गरेका सञ्जय राणाको डेराबाट ठूलो परिमाणमा नक्कली काजगाज, चेक, हतियार र सुनका गहना फेला परेको छ । दुई जना सहकर्मीसहित धनगढी–४, चटकपुरबाट पक्राउ परेका राणाको डेराबाट प्रहरीले पाँच अर्ब रुपैयाँको नेपाल राष्ट्र बैंकको नक्कली चेक, चार पेस्तोल, छाप, नक्कली पत्रको चाङ फेला पारेको हो । पक्राउ परेका व्यक्ति र उनीहरुबाट बरामद गरिएका सामग्रीहरुलाई जिल्ला प्रहरी कार्यालय कैलालीले बिहीबार धनगढीमा पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको छ । जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक सुदिप गिरीका अनुसार एक थान पेस्तोल, एक थान रिभोल्बर, दुई थान कटुवा पेस्तोल, सात राउण्ड गोली, एक थान चक्कु, ६७९.३६ ग्राम सुनका गहना बरामद गरिएको छ ।

388
कारोबार संवाददाता
शुक्रवार, भदौ २०, २०७६

दुई वर्षपछि हुने १२ औं राष्ट्रिय जनगणनामा ६० हजार जनशक्ति परिचालन गरिने भएको छ । केन्द्रीय तथ्यांक विभाग र तथ्यांक कार्यालय मोरङले बिहीबार विराटनगरमा पत्रकारसँग गरेको अन्तरक्रियामा गणकका रूपमा ६० हजार जनशक्ति परिचालन गरिने विभागका निर्देशक ढुण्डीराज लामिछानेले जानकारी दिए ।

446
कारोबार संवाददाता
शुक्रवार, भदौ २०, २०७६

प्रदेश–१ का प्रदेश प्रमुख प्रा.डा. गोविन्दबहादुर तुम्बाहाडले प्रदेश लोकसेवा आयोग सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक मंगलबार प्रमाणीकरण गरेका छन् । प्रदेशसभाको भदौ १० मा बसेको ४० औं बैठकले यो विधेयक सर्वसम्मत पारित गरेको हो । विधेयक प्रमाणीकरणसँगै प्रदेश सरकारलाई आयोगको अध्यक्ष र सदस्य नियुक्ति गर्ने बाटो खुल्ला भएको छ । नेपालको संविधानको धारा २०१ को उपधारा (२) बमोजिक प्रदेश प्रमुखले विधेयक प्रमाणीकरण गरेको प्रदेश प्रमुखका प्रेस सल्लाहकार शेखर रेग्मीले बताए । प्रदेशसभाबाट पारित भई प्रमाणीकरणका आएका विधेयकको संख्या ३७ पुगेको छ ।

368
कारोबार संवाददाता
बिहिवार, भदौ १९, २०७६

प्रदेश–१ का प्रदेश प्रमुख प्रा.डा. गोविन्दबहादुर तुम्बाहाडले प्रदेश लोकसेवा आयोग सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक मंगलबार प्रमाणीकरण गरेका छन् । प्रदेशसभाको भदौ १० मा बसेको ४० औं बैठकले यो विधेयक सर्वसम्मत पारित गरेको हो । विधेयक प्रमाणीकरणसँगै प्रदेश सरकारलाई आयोगको अध्यक्ष र सदस्य नियुक्ति गर्ने बाटो खुल्ला भएको छ । नेपालको संविधानको धारा २०१ को उपधारा (२) बमोजिक प्रदेश प्रमुखले विधेयक प्रमाणीकरण गरेको प्रदेश प्रमुखका प्रेस सल्लाहकार शेखर रेग्मीले बताए । प्रदेशसभाबाट पारित भई प्रमाणीकरणका आएका विधेयकको संख्या ३७ पुगेको छ ।

425
कारोबार संवाददाता
बिहिवार, भदौ १९, २०७६

पाल्पाको रम्भा गाउँपालिकाको हुगीबाट स्याङ्जाको गल्याङतर्फ आउँदै गरेको जीप बुधबार दिउँसो दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ भने २२ जना घाइते भएका छन् ।

432
कारोबार संवाददाता
बिहिवार, भदौ १९, २०७६

सहकारीको रकम हिनामिना गरेको भन्दै बाँके प्रहरीले नेपालगञ्ज उपमहानगरपालिकाका २ जना वडाध्यक्षविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । नेपालगन्जस्थित सहकारी वित्तीय विकास संस्था लिमिटेडको रकम अपचलन गरेको आरोपमा नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १७ का वडाध्यक्ष अजयकुमार पाठक र वडा नम्बर १८ का वडाध्यक्ष दीपकुमार बर्माविरुद्ध पक्राउ पुर्जी जारी गरेको हो । रकम हिनामिना प्रकरणमा सहकारीका वर्तमान र निवर्तमान सञ्चालक समिति, लेखा समिति र कर्मचारीसहित ३५ जनाविरुद्ध मुद्दा दायर गरेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।

409
कारोबार संवाददाता
बुधवार, भदौ १८, २०७६

अख्तियारले कल्पना तुलाधरसहितको नाममा सार्वजनिक सूचना नै जारी गरी म्याद सूचना प्रकासित भएको ७ दिनभित्र उपस्थित हुन भनेको छ । ७ दिनभित्र सम्पर्क राख्न नआए कानूनबमोजिम कारवाही हुने समेत भनेको छ ।

460
केशव समर्पण
बुधवार, भदौ १८, २०७६

प्रदेश–३ मा बर्सेनि अपराधका घटना वृद्धि हुँदै गएको पाइएको छ । ३ नम्बर प्रदेश प्रहरी कार्यालय हेटौंडाको तथ्यांकअनुसार काठमाडौं उपत्यकाबाहेक १० जिल्लामा हत्या, हिंसा बलात्कार र लागूऔषध कारोबारको आँकडा बर्सेनि उकालो चढ्दै गएको छ । तीन वर्षयता जबरजस्ती करणीको मुद्दा दर्ता ६३ प्रतिशतले बढेको छ ।

330
कारोबार संवाददाता
बुधवार, भदौ १८, २०७६

सोलुखुम्बुको माथिल्लो क्षेत्र खुम्बुमा प्रशासनिक कामकाजका लागि स्थापना गरिएको सीमा प्रशासन कार्यालय महिनौंदेखि बन्द हुँदा सेवाग्राहीले सास्ति खेप्नुपरेको छ । अधिकृत तहको एक र कार्यालय सहयोगी गरी दुईजना कर्मचारी कार्यरत कार्यालयमा लामो समयदेखि कार्यलय प्रमुख विदामा बसेपछि नागरिकता वितरण तथा राहदानी सिफारिसमा समस्या भएको छ । सोही कामका लागि खुम्बुका सर्वसाधारण तीन दिनको बाटो हिँडेर सल्लेरी धाउनुपर्ने बाध्यता छ ।

381
कारोबार संवाददाता
बुधवार, भदौ १८, २०७६

म्याग्दीको रघुगंगा गाउँपालिका–३ बरखर्कमा मंगलबार दिउँसो भएको बोलेरो जिप दुर्घटनामा परी घाइते भएका तीनजनालाई उपचारको लागि काठमाडौँ लगिएको छ । रघुगंगा हाइड्रो लिमिटेडद्वारा निर्माणाधिन ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत् आयोजनाको अडिट नम्बर २ बाट क्याम्पतर्फ जाँदै गरेको ग ३ च २२७ नम्बरको बोलेरो जिप दुर्घटनामा घाइते भएका चारजनामध्ये चालकसहित तीन जनालाई एयर डाइनेष्टीको हेलिकप्टरबाट काठमाडौँ लगिएको हो ।

318
कारोबार संवाददाता
बुधवार, भदौ १८, २०७६

मुगुका सहायक प्रमुख जिल्ला अधिकारीले फर्जि बिल पेश गरी छायानाथ रारा नगरपालिकाबाट रकम भुक्तानी लिएको खुलासा भएको छ । सहायक प्रजिअ प्रदिपकुमार ढकालले कर्मचारी व्यवस्थापनको सिलसिलामा संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयमा जाँदा–आउँदा हवाई खर्चमा लागेको टिकटको वास्तविक रकमभन्दा बढी पेश गरेको पाइएको हो ।

359
कारोबार संवाददाता
बुधवार, भदौ १८, २०७६

आत्महत्या दुरुत्साहन अभियोगमा पक्राउपछि धरौटीमा रिहा भएका पत्रकार रवि लामिछानेले जिल्ला अदालत चितवनको आदेश बदर गर्न माग गर्दै पुनरावेदन गरेका छन् । जिल्ला अदालत चितवनले आदेशमा उल्लेख गरिएको सर्तहरु खारेज गर्न माग गर्दै लामिछाने र युवराज कँडलले मंगलबार उच्च अदालत पाटन हेटौंडा इजलासमा निवेदन दर्ता गराएका हुन् । पाँच पृष्ठ लामो निवेदनमा कानुनी व्यवस्थाविपरीत जिल्ला अदालत चितवनले धरौटी र थुनछेक दुवै हुने आदेश गरिएको जिकिर गरिएको छ ।

369
कारोबार संवाददाता
मंगलबार, भदौ १७, २०७६

राष्ट्रियसभामा छलफलको क्रममा रहेको नेपाल मिडिया काउन्सिल विधेयकमाथि सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)कै सांसदहरुले संशोधन प्रस्ताव दर्ता गराएका छन् । आफ्नै सरकारले ल्याएको मिडिया काउन्सिलसम्बन्धी विधेयकमाथि नेकपा सांसदहरुले संशोधन प्रस्ताव दर्ता गराएका हुन् ।

292