मातृका दाहाल
बिहिवार, पुष २७, २०७४

चीसो तथा शीतलहरबाट देशका विभिन्न स्थानमा २१ जनाको मृत्यु भएको छ । प्रहरी प्रधान कार्यालयका अनुसार एक साताको अवधिमा सप्तरी, रौतहट, पर्सा, बाँके, मोरङ लगायत जिल्लामा शीतलहर तथा चीसोले कठाङ्ग्रिएर २१ जनाको ज्यान गएको हो ।

1103
कारोबार संवाददाता
बुधवार, पुष २६, २०७४

जिल्लाको विकट क्षेत्र ब्रुसबाङका चेपाङलाई न्यानो कपडाका साथै घरमै पुगेर नागरिकता पनि प्रदान गरिएको छ । सहायक प्रमुख जिल्ला अधिकारी धोलक ढकालको नेतृत्वमा टोलीले ३६ परिवारका सदस्यलाई न्यानो कपडा, म्याटे«स, कम्बल, ब्लांकेट, त्रिपाल, गुन्द्री, किचेन सेट, सुत्केरी महिलालाई पछ्यौरा, वृद्धहरुलाई ज्याकेट आदि वितरण गरेको थियो ।

1728
लक्ष्मी सापकोटा
बुधवार, पुष २६, २०७४

यदि तपाईंले सडक पेटीमा ठेलागाडामा राखिएका चटपटे र पानीपुरी खाने गर्नु भएको छ भने सावधान रहनु होला । किनकी त्यसमा स्वास्थ्यलाई प्रतिकुल असर पार्ने खालका हानिकारक तेलको प्रयोग गर्ने गरेको पाइएको छ ।आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभागले गरेको बजार अनुगमनका क्रममा यस्तो तथ्य फेला पारेको हो । विभागका शाखा अधिकृत दिपकराज पोखरेलको नेतृत्वमा मंगलबार गएको बजार अनुगमन टोलीले चाबहिलस्थित धोवीखोलानजिक एक कवाडी पसलबाट दूषित हानिकारक तेल बिक्री गरेको फेला परेको हो । “कवाडी पसलमा स्वास्थ्यलाई प्रतिकुल असर पार्ने पुरानो गन्हाउने तेल बिक्री गरेको भेटियो,” शाखा अधिकृत पोखरेलले भने, “लेबल नभएको म्याद नाघेका ८० लिटर तेल जफत गरी प्रहरीलाई बुझाएका छौं ।”

3942
कारोबार संवाददाता
बुधवार, पुष २६, २०७४

अदालतको अवहेलना गरेको आरोपमा पक्राउ गरेर सर्वोच्च अदालत पु¥याइएका प्रा.डा. गोविन्द केसीले आफूले नभई प्रधानन्यायाधीश गोपाल पराजुलीले अदालतको अवहेलना गरेको भन्दै उनीमाथि कारबाहीको माग गरेका छन् । मंगलबार सर्वोच्च अदालतमा दिएको लिखित बयानमा उनले प्रधानन्यायाधीशमाथि अदालतको अवहेलनामा कारबाहीको माग गरेका हुन् ।

1147
कारोबार संवाददाता
मंगलबार, पुष २५, २०७४

विश्वव्यापीकरणको प्रभाव मानवीय जीवनशैलीमा पर्दै गएको छ । परम्परागत पेशा, व्यवसायमा व्यवसायीकरण भएको छ भने पेशा परिवर्तन पनि उत्तिकै हुने गरेको छ ।

953
कारोबार संवाददाता
मंगलबार, पुष २५, २०७४

डेढ वर्षभित्र काठमाडौंको भृकुटीमण्डपमा नेपाल रेडक्रस सोसाइटीको केन्द्रीय रक्तसञ्चार भवन निर्माण हुने भएको छ । भवन निर्माणका लागि निर्माण व्यवसायी लामा कन्स्ट्रक्सन प्रालि र नेरेसोबीच सोमबार दुई पक्षीय सम्झौता सम्पन्न भएको छ ।

998
कारोबार संवाददाता
मंगलबार, पुष २५, २०७४

स्याङ्जाको भिरकोट नगरपालिका–५ अर्चलेका ७० वर्षीय रुद्रबहादुर मल्लले यस वर्ष सुन्तला खेतीबाट २ लाख रूपैयाँभन्दा बढी आम्दानी गरेका छन् । मल्लले साँढे २ दशकदेखि सुन्तला खेती गर्दै आएका छन् ।

1354
कारोबार संवाददाता
मंगलबार, पुष २५, २०७४

तेह्रथुमको फेदाप गाउँपालिकाका किसानले गाउँगाउँमा पोखरी निर्माण गरेर माछापालन गर्दै आएका छन् । खोलामा खेर गइरहेको पानीलाई पोखरीमा संंकलन गरी माछापालनका साथै तरकारी खेतीमा सिँचाइसमेत गर्दै आएका छन । गाउँ–गाउँका साथै घर घरमा किसानले एक घर एक पोखरी निर्माण अभियान सुरु गरेका छन् ।

1443
कारोबार संवाददाता
मंगलबार, पुष २५, २०७४

सुर्खेतको वीरेन्द्रनगर–१४ गढीका एक दम्पत्तिले जागिर छाडेर भैंसीपालन व्यवसाय अंगालेका छन् । गढी राम्रीकाँडाका डिलबहादुर र गंगा खत्रीले व्यावसायिक रूपमा भैंसी पालन सुरु गरेका हुन् ।

2225
कारोबार संवाददाता
मंगलबार, पुष २५, २०७४

अझै एक सातासम्म बढी चिसो रहने मौसम पूर्वानुमान माहाशाखाले जानकारी दिएको छ । आइतबारदेखि काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम शून्य डिग्री सेल्सिियसमा झरेपछि उपत्यकामा चिसो बढ्दै गएको छ ।

1380
कारोबार संवाददाता
मंगलबार, पुष २५, २०७४

सर्वोच्च अदालतले अवहेलनाको मुद्दामा वरिष्ठ चिकित्सक डा. गोविन्द केसीलाई पक्राउ गरी अदालतमा उपस्थित गराउन आदेश जारी गरेको छ । न्यायाधीश डम्बरबहादुर शाहीको एकल इजालसले सोमबार अवहेलनाको मुद्दामा केसीलाई मंगलबार बिहान अदालतमा उपस्थित गराउन गृह मन्त्रालय र प्रहरी प्रधान कार्यालयको नाममा आदेश जारी गरेको हो ।

2270
कारोबार संवाददाता
सोमवार, पुष २४, २०७४

चिसो बढेसँगै रुघाखोकी, घाँटी दुख्ने समस्याले अस्पताल जाने बिरामी बढ्न थालेका छन् । स्वास्थ्यमा छिटो समस्या हुने भएकाले यसबाट बच्न र रुघाखोकीलाई बेवास्ता नगर्न पनि चिकित्सकले सुझाव दिएका छन् ।

1101
कारोबार संवाददाता
सोमवार, पुष २४, २०७४

गृह मन्त्रालयले म्यादी प्रहरीको मृत्यु हुनेगरी भएको ‘कालीकोट झडप प्रकरण’मा नेत्रविक्रम चन्द (विप्लव) समूहको घूसपैठ भएको निष्कर्ष निकालेको छ । गृह मन्त्रालयका सहसचिव डा. मानबहदुर विश्वकर्माको अध्यक्षतामा गठित छानबिन समितिले विप्लवका कार्यकर्ताको उक्साहटमा म्यादी प्रहरी आन्दोलनमा उत्रिएको निष्कर्ष निकालेको हो ।

1607
कारोबार संवाददाता
आइतवार, पुष २३, २०७४

जडिबुटीको चिराइतोको मूल्य निरन्तर ओरालो लागेपछि पाँचथरका चिराइतो उत्पादक किसान चिन्तित बनेका छन् । पूर्वका उच्च पहाडी क्षेत्रमा उत्पादन हुने चिराइतोले मूल्य नपाएपछि चिराइतो किसान चिन्तामा परेका हुन् । अघिल्लो वर्षदेखि मूल्यमा आएको भारी गिरावटसँगै चिराइतो कारोबारमा समस्या आएको किसानहरू बताउँछन् ।

2795
कारोबार संवाददाता
आइतवार, पुष २३, २०७४

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले रौतहटको चन्द्रनिगाहपुर राजमार्गमा रहेका होटलको वर्गीकरण गरेर स्टिकर टाँसेको छ । विभिन्न ५० वटा सूकचांकका आधारमा तोकिएको मापदण्ड पुरा गरेका होटलहरूमा स्टिकर टाँस गरिएको हो ।

851