मातृका दाहाल
बुधवार, माघ ३, २०७४

तराई–मधेस द्रुतमार्ग (एक्स्प्रेस वे) निर्माणको विस्तृत आयोजना प्रतिवेदन (डीपीआर) खरिदका लागि नेपाली सेना र भारतीय कम्पनी इन्फ्रास्ट्रक्चर लिजिङ एन्ड फाइनान्सियल सर्भिसेस (आइएलएन्डएफएस) बीचको वार्ता भंग भएको छ । डीपीआरको खरिद मूल्यमा दुई पक्षबीच सहमति नजुटेपछि नेपाली सेनाले वार्ता भंग गरेको हो । दुइपक्षीय वार्ता भंग भएसँगै अव नयाँ डीपीआर निर्माणबाट द्रुतमार्ग निर्माण अघि बढ्ने सेनाले जनाएको छ ।

2190
कारोबार संवाददाता
मंगलबार, माघ २, २०७४

घरमाथिबाट विद्युत्को तार गएको छ, तर घरमा मट्टितेलबाट बत्ती बालेर गुजारा चलाउनु परेको छ । हुने खानेहरूले सोलारबाट घरमा बत्ती बाल्ने गरेका छन्, तर नहुने उही टुकीको भरमा ।

1369
कारोबार संवाददाता
मंगलबार, माघ २, २०७४

शिखर सुजले राजधानीको भृकुटीमण्डपमा लगाएको विन्न्टर सेल मेलामा जुत्ताचप्पल किन्न सर्वसाधारणको थामिनसक्नु भिड लागेको छ । माघ ६ गतेसम्म चल्ने शिखरको सेल मेलामा शनिबार र आइतबार खुट्टा राख्ने ठाउँ नभएको आयोजकले जनाएको छ ।

1349
मातृका दाहाल
मंगलबार, माघ २, २०७४

पुरातात्विक सम्पदाका रूपमा रहेका मठमन्दिरको दानदक्षिण तथा भेटीमा अनियमितता हुन नदिन लेखापरीक्षण गरिने भएको छ । सांस्कृतिक सम्पदा संरक्षण तथा भेटी व्यवस्थापन चुस्त बनाउन देशभरका मठमन्दिरको आम्दानी तथा खर्चमा लेखा परीक्षण सुरु गरिएको महालेखा परीक्षकको कार्यालयले जनाएको छ । महालेखाका अनुसार ‘सांस्कृतिक सम्पदाको संरक्षण र भेटी व्यवस्थापन’ शीर्षक नै राखेर लेखापरीक्षण थालिएको हो । ऐतिहासिक तथा सांस्कृतिक महत्वका हजारौं मठमन्दिर तथा सम्पदाको उचित आर्थिक व्यवस्थापन नहुदा भेटी बापतको बर्सेनि करोडौं रुपैयाँ हिनामिना हुने गरेको बताइन्छ ।

2144
कारोबार संवाददाता
सोमवार, माघ १, २०७४

पुस पहिलो सातादेखि सप्तरीमा बढेको शीतलहरले जनजीवन अस्तव्यस्त बनेको छ । शीतलहरबाट जोगाउन विभिन्न संघसंस्थाहरुको समन्वयमा जिल्ला दैवी प्रकोप उद्धार तथा राहत व्यवस्थापन समितिले गरिब, बिपन्न तथा असहाय व्यक्तिलाई कम्बल वितरणको काम जारी राखेको छ ।

1781
कारोबार संवाददाता
सोमवार, माघ १, २०७४

दोलखा दुग्ध उद्योगले स्थापनाको १७ वर्षपछि शेयरधनीलाई पहिलो पटक बोनस वितरण गरेको छ । स्थापनादेखि कुनै पनि बोनस दिन नसकेको उद्योगले १७ औं वार्षिक साधारणसभामा उपस्थित शेयर सदस्यहरूलाई बोनस स्वरूप आधा किलोग्राम घ्यू वितरण गरेको हो ।

1501
कारोबार संवाददाता
सोमवार, माघ १, २०७४

भारतको बाह्य गुप्तचर संस्था ‘रिसर्च एन्ड एनालाइसिस विङ (रअ)मा जागिर लगाइदिने प्रलोभन देखाएर ठगी गर्ने ६ जना काठमाडौंबाट पक्राउ परेका छन् । महानगरीय प्रहरी अपराध महाशाखाको विशेष टोलीले रअअन्तर्गत नेपालस्थित भारतीय राजदूतावासको कर्मचारी बनाइदिने प्रलोभनमा करिब ३ सय जनाबाट रकम असुल्ने गिरोहका ६ जना पक्राउ परेका हुन् ।

3055
कारोबार संवाददाता
आइतवार, पुष ३०, २०७४

बुधबारदेखि पुनः लगतार हुस्सु लागेसँगै चलेको चिसो हावाका कारण जिल्लामा फेरि चिसो बढेको छ । अत्यधिक चिसोका कारण जिल्लाको जनजीवन झनै कष्टकर बनेको छ ।

1009
कारोबार संवाददाता
आइतवार, पुष ३०, २०७४

रुपन्देहीमा जिल्ला जनस्वास्थ्य कार्यालय, स्थानीय तह र स्वास्थ्य केन्द्रबीच समन्वय नहुँदा सरकारी स्वास्थ्य चौकीहरूमा औषधि अभाव देखिएको छ । तीनवटै निकायहरूले एकअर्काको मुख ताकेर औषधि माग र खरिद नगर्दा औषधि अभाव देखिएको हो ।

1068
मातृका दाहाल
आइतवार, पुष ३०, २०७४

नेपाल प्रहरीमा दर्ता भएका करिव ८५ प्रतिशत उजुरी आर्थिक अपराधसँग जोडिएका छन् । तथ्यांकअनुसार कुल उजुरीको ८५ देखि ९० प्रतिशत हिस्सा बैंकिङ कसुर, ठगी, अंशवण्डा विवाद, चोरी-डकैती, जबर्जस्ती चन्दा-फिरौती असुल, चेक बाउन्स लगायतका वित्तीय अपराधका घटनासँग सम्बन्धित छन् ।प्रहरीका अनुसार वित्तीय अपराधबाट वार्षिक १८ देखि २० अर्ब रूपैयाँभन्दा बढी नोक्सान भएको दावीसहित संस्थागत र व्यक्तिगत रूपमा उजुरी पर्ने गरेको छ ।

1412
कारोबार संवाददाता
शुक्रवार, पुष २८, २०७४

तत्कालीन स्थानीय विकास अधिकारी (जिल्ला समन्वय अधिकारी) डिलाराम पन्थीले गत कात्तिक १ गते जिल्ला छाडेपछि अर्काे जिल्ला समन्वय अधिकारी दैलेख आएका छैनन् । उनी सरुवा भएसँगै जिल्ला समन्वय अधिकारीविहीन भएको छ । जिल्ला समन्वय समितिमा प्रशासनिक प्रमुख नहुँदा समितिका गतिविधि ठप्प भएका छन् ।

2618
कारोबार संवाददाता
शुक्रवार, पुष २८, २०७४

नेपाल विज्ञापन संघ (आन) ले क्लिन फिड नीति कार्यान्वयन नगरिएकोमा आपत्ति जनाएको छ । संघले नेपालमा प्रसारित हुने विदेशी च्यानललाई विज्ञापनरहित बनाउने क्लिन फिड नीति कार्यान्वयन नगरिएकामा असन्तुष्टि जनाएको हो । संघले १८ औं वार्षिक साधारणसभाका अवसरमा विहिबार काठमाडौंमा सूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतसामु नीति कार्यान्वयन गर्न आलटाल गरेकामा असन्तुष्टि जनाएको हो ।

1279
कारोबार संवाददाता
शुक्रवार, पुष २८, २०७४

जिल्लाको सम्भावनाको उजागर गरी लगानी भित्र्याउने उद्देश्यले शुक्रबारदेखि सदरमुकाम बेनीमा छैठौ म्याग्दी महोत्सव, माघे संक्रान्ति एवं ४ नम्बर प्रदेश स्तरीय कृषि, आद्यौगीक व्यापारिक मेला सुरु हुदैछ । म्याग्दी उद्योग वाणिज्य संघको मुल आयोजनामा माघ ७ गतेसम्म सञ्चालन हुने महोत्सवको सबै तयारी पुरा भएको छ । स्थानीय उत्पादनको बजार प्रर्वद्धन, कला र संस्कृतीको संरक्षण, पर्यटन, कृषि, जलविद्युत, खनिज र पशुपालन क्षेत्रको सम्भावनाको उजागर गरि लगानी भित्र्याउने र ब्यापार प्रर्वद्धन गर्ने महोत्सवको मुख्य उद्देश्य रहेको संघका अध्यक्ष उत्तम कर्माचार्यले बताए ।

3718
कारोबार संवाददाता
शुक्रवार, पुष २८, २०७४

अत्यधिक चिसो तथा शीतलहरबाट मृत्यु हुनेको संख्या ३५ पुगेको छ । चिसोबाट मृत्यु हनेमा सबैभन्दा बढी २ नम्बर प्रदेश अन्तर्गतका ८ जिल्लाका सर्वसाधारण छन् । बुधबारसम्म चिसोबाट ज्यान गुमाउनेको संख्या २१ रहेकोमा बुधबार राति ४ जना र बिहीबार १० जनाले कठ्यांग्रिएर ज्यान गुमाएका हुन् । प्रहरी प्रधान कार्यालयका अनुसार सप्तरीको छिन्नमस्ता–२ रामपुराका ५२ वर्षीया सरोदेवी मुखिया, ७० वर्षीया सरस्वतीदेवी साह र सोही जिल्लाको सुरुङ्गा नगरपालिका–१ चहका ५१ वर्षीय अम्बरबहादुर पुलामीको अत्यधिक चिसोको कारण बिहीबार मृत्यु भएको हो ।

1281
कारोबार संवाददाता
शुक्रवार, पुष २८, २०७४

डा. गोविन्द केसीले प्रधानन्यायाधीश गोपाल पराजुली सर्वोच्च न्यायालयको नेतृत्व गर्न योग्य नभएको बताएका छन् । बिहीबार विज्ञप्ति जारी गर्दै उनले भनेका छन्, “निज पराजुलीको आधारभूत योग्यता र नैतिकतामाथि यस्तो गम्भीर प्रश्न उठेको र त्यसमाथिको छानबिन न्यायिक प्रक्रियामा प्रवेश गरिसकेको अवस्थामा निज कुनै पनि अवस्थामा अब देशको सर्वोच्च न्यायालयको नेतृत्व गर्न योग्य नभएको प्रष्टै छ ।”

1637