कारोबार संवाददाता
आइतवार, कार्तिक १२, २०७४

शनिबार बिहान साढे पाँच बजे पृथ्वी राजमार्गअन्र्तगत बाङ्गेमोडबाट त्रिशूली नदीमा बस खस्दा बसमा सवार ३१ जनाको मृत्यु भएको छ भने १६ जना घाइते भएका छन् । सप्तरीको राजविराजबाट काठमाडौं जाँदै गरेको ना ६ ख १४६७ नम्बरको बस त्रिशूली नदीमा खसेको हो ।

1207
कारोबार संवाददाता
शुक्रवार, कार्तिक १०, २०७४

संघीय संसद् र प्रदेशसभा निर्वाचन सुरक्षामा भर्ना गरिएका म्यादी प्रहरीले पोशाक भत्ता नगदमा नै पाउने भएका छन् । पोशाक खरिददेखि सिलाइसम्मको प्रक्रियामा आर्थिक अनियमितता हुन नदिन प्रहरी प्रधान कार्यालयले देशभरका म्यादी प्रहरीलाई तलव–भत्ता, रासन र पोशाक खर्च बापतको रकम बैंक खातामार्फत उपलव्ध गराउन लागेको हो ।

664
कारोबार संवाददाता
बिहिवार, कार्तिक ९, २०७४

नेपालका लागि कोरियाली राजदूत पार्क योङ्ग सिकले नेपालमा विदेशी लगानी बढाउन वैदेशिक लगानीमैत्री वातावरण तयार गर्न अनुरोध गरेका छन् । उनले नेपालको वैदेशिक लगानी सम्बन्धी कानुनमा परिमार्जन गर्नु पर्ने भए पनि कोरियाको उद्योगहरू नेपालमा प्रवेश गरेर कोरियाको छवि राम्रो बनाउनु पर्ने बताए ।

714
कारोबार संवाददाता
बुधवार, कार्तिक ८, २०७४

ठमाडौं उपत्यकामा गोलीप्रहार र अवैध हातहतियारको प्रयोग बढेको छ । पछिल्लो २ साताको अवधिमा भएका घटना र विभिन्न व्यक्ति तथा समूहबाट बरामद हातहतियारको शृङ्खलाले आपराधिक समूहको सक्रियता बढेको छ । असोज २३ गते निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनको अज्ञात समूहले गोली हानी हत्या ग¥यो । हत्या भएको २ साता बित्नलाग्दा पनि हत्यारा कानुनी दायराभन्दा बाहिर छ ।

627
कारोबार संवाददाता
सोमवार, आश्विन ३०, २०७४

यस वर्षको भाइटीकाको साइत कात्तिक ४ गते शनिबार मध्याह्न ११ः५१ मा उत्तम रहेको नेपाल पञ्चांग निर्णायक समितिले जनाएको छ ।

574
कारोबार संवाददाता
बुधवार, आश्विन २५, २०७४

वैत्यश्वर गाउँपालिका– ६ का पदमप्रसाद दाहालले दसैं अघि असोज ९ गते मालपोत कार्यालय दोलखामा आएर वैत्यश्वर गाउँपालिकाको नाममा ४ रोपनी जग्गा रजिष्ट्रेसन पास गरिदिए ।

706
रासस
बुधवार, आश्विन २५, २०७४

लोकसेवा आयोगले रिक्त कर्मचारी पदपूर्तिका लागि दर्खास्त आह्वान शुरु गरेको छ ।‘कर्मचारी समायोजन ऐन’ संसद्बाट पारित भएपछि आयोगले सरकारलाई चाहिने कर्मचारी पदपूर्ति आजबाट शुरु गरेको आयोगका सूचना अधिकारी देवीप्रसाद सुवेदीले जानकारी दिए । आयोगले पहिलो चरणमा सहसचिव र उपसचिवका लागि दर्खास्त आह्वान गरेको हो । उनका अनुसार आयोगले १९९ सहसचिव र ५५६ उपसचिवका लागि दर्खास्त आह्वान गरेको छ ।

779
कारोबार संवाददाता
बुधवार, आश्विन २५, २०७४

निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनको सोमबार दिनदहाडै शान्तिनगरस्थित ओम शान्तिचोकमा अज्ञात समूहले गोली हानी हत्या गरिएको घटनाप्रति नेपाल घरेलु तथा साना उद्योेग महासंघले भत्र्सना गरेको छ ।

651
कारोबार संवाददाता
बिहिवार, कार्तिक ९, २०७४

नेपालमा खासगरी साउन र भदौलाई पर्यटन क्षेत्रमा लागि ‘अफसिजन’ मानिन्छ । तरपनि धार्मिक पर्यटनले यो सिजनलाई जसोतसो धानेको छ । साउन लागेसँगै नेपालमा चाडपर्वको सुरुवात हुन्छ । नेपाल भ्रमणमा आउने कुल पर्यटकको ११ प्रतिशत हिस्सा धार्मिक पर्यटकको छ । बर्सेनि धार्मिक पर्यटकको संख्या बढ्दो छ ।

705
कारोबार संवाददाता
मंगलबार, श्रावण ३, २०७४

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले एक वर्षभित्र भूकम्प प्रभावितहरूले सरकारले घोषणा गरेको तीन लाख अनुदान लिनैपर्ने सीमा तोकेको छ । भूकम्प प्रभावितमध्ये अधिकांशले पहिलो किस्ता लगे पनि दोस्रो र तेस्रो लानेको संख्या न्यून रहेको बेला प्राधिकरणको कार्यकारी समितिको बैठकले यस्तो सीमा तोकेको हो । प्राधिकरणले निर्धारण गरेको तालिका अनुसार प्रभावितले २०७५ असार मसान्तभित्र निजी आवास पुनर्निर्माणसम्बन्धी सम्पूर्ण अनुदान लिइसक्नुपर्नेछ ।

700
छविलाल बगाले
शनिवार, भदौ ३१, २०७४

जिल्लामा विद्युत् अनियमितता भएको भन्दै व्यवसायीहरू आन्दोलनमा उत्रने तयारी थालेका छन् । व्यवसायीहरूले नेपाल विद्युत् प्राधिकरण लमजुङ वितरण केन्द्रलाई विद्युतीय सेवा नियमित गराउनका लागि १५ दिने अल्टिमेटम दिएका छन्

716