कारोबार संवाददाता
बिहिवार, माघ ४, २०७४

सर्वोच्च अदालतका वरिष्ठ न्यायाधीश दीपकराज जोशीले अध्ययन तथा ज्ञानको अभावमा पुजी बजारसम्बन्धी मुद्दाहरूलाई अगाडि बढाउने कार्यलाई चुनौतीपूर्णरुपमा लिइने गरेको बताएका छन् । बुधबार नेपाल धितोपत्र बोर्ड र नेपाल स्टक एक्सचेञ्ज(नेप्से) तथा काठमाडौं जिल्ला अदालत बार एशोसिएसनको सहकार्यमा आयोजना भएको अन्तक्रिया कार्यक्रममा बोल्दै जोशीले बाणिज्य सम्बन्धी ऐन नियमहरूमा समेत न्यायाधीसहरू नै स्पष्ट हुन नसकेकोले मुद्दाका दुवै पक्षहरू उपस्थित भएपछि मात्र अगाडि बढाउने गरिएको बताए ।

863
कारोबार संवाददाता
बिहिवार, माघ ४, २०७४

उचित संरक्षण र प्रचारको अभावमा बैतडीमा रहेको प्रसिद्ध धार्मिक तथा पर्यटकीय क्षेत्र पत्ताल भूमेश्वर ओझेलमा पर्दै गएको छ । सुर्नया गाउँपालिका–२ वासुलिङ्गमा अवस्थित यो क्षेत्रमा गुफा, तलाउ र मन्दिर रहेका छन् ।

889
कारोबार संवाददाता
बिहिवार, माघ ४, २०७४

व्यवसायी अजेयराज सुमार्गीले पत्रकार सम्मेलन गरेर कान्तिपुर तथा यसका प्रकाशनहरु एवं कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियाले ब्लाकमेलिङ गर्दै हरेक परियोजनामा ‘गोल्डेन सेयर’ माग गर्ने गरेको आरोप लगाएको भोलिपल्टै प्रेस विज्ञप्तिमार्फत सो मिडिया ग्रुपले खण्डन गरेको छ । करिब ४ वर्ष अगाडि सुमार्गीले विभिन्न ५ तारे होटलदेखि सिमेन्ट उद्योग, टेलिकम कम्पनी हेलो नेपालमा लगानी गर्ने घोषणा गरेका थिए र त्यसका लागी उनले विदेशबाट लगानी भित्र्याउने भन्दै आइरहेका थिए ।

2145
मातृका दाहाल
बिहिवार, माघ ४, २०७४

आईजीपी बढुवामा पेश गरिएको कार्यसम्पादन मूल्यांकन किर्ते प्रकरणमा नेपाल प्रहरीले अनुसन्धान अघि बढाएपछि नेकपा एमालेका तर्फबाट ललितपुर निर्वाचन क्षेत्र नम्बर १ का सांसद तथा पूर्व डीआईजी नवराज सिलवालको परिवारले देश छोडेको छ । नेपालमा रहँदा अनुसन्धानका क्रममा प्रहरीबाटै पक्राउ परिने सम्भावना देखेपछि सिलवालले केही महिनाका लागि देश छोडेको उच्च स्रोतले दाबी गरेको छ । सिलवाल मुलुक छोडेर विदेश गएपछि परिवारका अन्य सदस्य पनि अमेरिका प्रस्थान गरेका छन् ।

5943
कारोबार संवाददाता
बुधवार, माघ ३, २०७४

जुम्लाको चन्दननाथ नगरपालिका–३ का रामकृष्ण बुढ्थापा नेपाल मजदुर किसान पार्टीका केन्द्रीय उपाध्यक्षसमेत भइसकेका व्यक्ति हुन् । उनले तीन दशक राजनीतिमै बिताए । पछिल्लो समय उनी नयाँ शक्ति पार्टीको जिल्ला संयोजक भएर एक वर्ष काम गरे ।

892
कारोबार संवाददाता
बुधवार, माघ ३, २०७४

स्याङ्जाको भीरकोट नगरपालिका ६ स्थित साविकको खिलुङ–देउरालीमा भीरकोट भिल्ला रिसोर्ट सञ्चालनमा ल्याइएको छ । स्थानीय दुई यु्वाको सक्रियता र लगानीमा आन्तरिक तथा बाह्यि पर्यटकलाई लक्षित गरि रिसोर्ट सञ्चालनमा ल्याइएको हो ।

1338
मातृका दाहाल
बुधवार, माघ ३, २०७४

तराई–मधेस द्रुतमार्ग (एक्स्प्रेस वे) निर्माणको विस्तृत आयोजना प्रतिवेदन (डीपीआर) खरिदका लागि नेपाली सेना र भारतीय कम्पनी इन्फ्रास्ट्रक्चर लिजिङ एन्ड फाइनान्सियल सर्भिसेस (आइएलएन्डएफएस) बीचको वार्ता भंग भएको छ । डीपीआरको खरिद मूल्यमा दुई पक्षबीच सहमति नजुटेपछि नेपाली सेनाले वार्ता भंग गरेको हो । दुइपक्षीय वार्ता भंग भएसँगै अव नयाँ डीपीआर निर्माणबाट द्रुतमार्ग निर्माण अघि बढ्ने सेनाले जनाएको छ ।

1940
कारोबार संवाददाता
मंगलबार, माघ २, २०७४

घरमाथिबाट विद्युत्को तार गएको छ, तर घरमा मट्टितेलबाट बत्ती बालेर गुजारा चलाउनु परेको छ । हुने खानेहरूले सोलारबाट घरमा बत्ती बाल्ने गरेका छन्, तर नहुने उही टुकीको भरमा ।

1139
कारोबार संवाददाता
मंगलबार, माघ २, २०७४

शिखर सुजले राजधानीको भृकुटीमण्डपमा लगाएको विन्न्टर सेल मेलामा जुत्ताचप्पल किन्न सर्वसाधारणको थामिनसक्नु भिड लागेको छ । माघ ६ गतेसम्म चल्ने शिखरको सेल मेलामा शनिबार र आइतबार खुट्टा राख्ने ठाउँ नभएको आयोजकले जनाएको छ ।

1114
मातृका दाहाल
मंगलबार, माघ २, २०७४

पुरातात्विक सम्पदाका रूपमा रहेका मठमन्दिरको दानदक्षिण तथा भेटीमा अनियमितता हुन नदिन लेखापरीक्षण गरिने भएको छ । सांस्कृतिक सम्पदा संरक्षण तथा भेटी व्यवस्थापन चुस्त बनाउन देशभरका मठमन्दिरको आम्दानी तथा खर्चमा लेखा परीक्षण सुरु गरिएको महालेखा परीक्षकको कार्यालयले जनाएको छ । महालेखाका अनुसार ‘सांस्कृतिक सम्पदाको संरक्षण र भेटी व्यवस्थापन’ शीर्षक नै राखेर लेखापरीक्षण थालिएको हो । ऐतिहासिक तथा सांस्कृतिक महत्वका हजारौं मठमन्दिर तथा सम्पदाको उचित आर्थिक व्यवस्थापन नहुदा भेटी बापतको बर्सेनि करोडौं रुपैयाँ हिनामिना हुने गरेको बताइन्छ ।

1741
कारोबार संवाददाता
सोमवार, माघ १, २०७४

पुस पहिलो सातादेखि सप्तरीमा बढेको शीतलहरले जनजीवन अस्तव्यस्त बनेको छ । शीतलहरबाट जोगाउन विभिन्न संघसंस्थाहरुको समन्वयमा जिल्ला दैवी प्रकोप उद्धार तथा राहत व्यवस्थापन समितिले गरिब, बिपन्न तथा असहाय व्यक्तिलाई कम्बल वितरणको काम जारी राखेको छ ।

1598
कारोबार संवाददाता
सोमवार, माघ १, २०७४

दोलखा दुग्ध उद्योगले स्थापनाको १७ वर्षपछि शेयरधनीलाई पहिलो पटक बोनस वितरण गरेको छ । स्थापनादेखि कुनै पनि बोनस दिन नसकेको उद्योगले १७ औं वार्षिक साधारणसभामा उपस्थित शेयर सदस्यहरूलाई बोनस स्वरूप आधा किलोग्राम घ्यू वितरण गरेको हो ।

1141
कारोबार संवाददाता
सोमवार, माघ १, २०७४

भारतको बाह्य गुप्तचर संस्था ‘रिसर्च एन्ड एनालाइसिस विङ (रअ)मा जागिर लगाइदिने प्रलोभन देखाएर ठगी गर्ने ६ जना काठमाडौंबाट पक्राउ परेका छन् । महानगरीय प्रहरी अपराध महाशाखाको विशेष टोलीले रअअन्तर्गत नेपालस्थित भारतीय राजदूतावासको कर्मचारी बनाइदिने प्रलोभनमा करिब ३ सय जनाबाट रकम असुल्ने गिरोहका ६ जना पक्राउ परेका हुन् ।

2457
कारोबार संवाददाता
आइतवार, पुष ३०, २०७४

बुधबारदेखि पुनः लगतार हुस्सु लागेसँगै चलेको चिसो हावाका कारण जिल्लामा फेरि चिसो बढेको छ । अत्यधिक चिसोका कारण जिल्लाको जनजीवन झनै कष्टकर बनेको छ ।

804
कारोबार संवाददाता
आइतवार, पुष ३०, २०७४

रुपन्देहीमा जिल्ला जनस्वास्थ्य कार्यालय, स्थानीय तह र स्वास्थ्य केन्द्रबीच समन्वय नहुँदा सरकारी स्वास्थ्य चौकीहरूमा औषधि अभाव देखिएको छ । तीनवटै निकायहरूले एकअर्काको मुख ताकेर औषधि माग र खरिद नगर्दा औषधि अभाव देखिएको हो ।

841