कारोबार संवाददाता
शुक्रवार, बैशाख २१, २०७५

डोल्पाका बासिन्दा यार्चागुन्बु टिप्ने तयारीमा जुटेका छन् । एक महिनाको कमाइले वर्षभरि खानुपर्ने भएपछि उनीहरू यार्चागुन्बु टिप्ने तयारीमा बसेका हुन् । यस वर्ष आगामी जेठ १ गतेदेखि डोल्पाका पाटनहरूमा यार्चा टिप्प खुला गरिने भएको छ ।

1061
कारोबार संवाददाता
शुक्रवार, बैशाख २१, २०७५

संस्कृत ग्रन्थ स्कन्द पुराणअन्तर्गतको मानसखण्ड नेपाली भाषामा पनि प्रकाशित भएको छ । महर्षि वेदव्यासले संस्कृतमा लेखेको यस ग्रन्थमा नेपालको सुदूरपश्चिम र भारतको उत्तराखण्डका प्रागऐतिहासिक धार्मिक स्थलहरुको विस्तृत विवरण छ ।

1174
कारोबार संवाददाता
बिहिवार, बैशाख २०, २०७५

हावाहुरीसहित परेको असिनापानीले पश्चिम रुकुमको चौरजहारी नगरपालिकामा लगाइएको हिउँदे बालीमा क्षति भएको छ । केही दिनयता लगातार परेको असिनापानीले भित्र्याउन टिक्क पारिएको गहुँबालीमा क्षति पुगेको छ ।

955
सागर परियार
बिहिवार, बैशाख २०, २०७५

जुम्लामा भारी मात्रामा परेको असिनापानीले स्याउखेतीमा ठूलो क्षति भएको छ । किसानले लगाएको स्याउमा भर्खरै चिचिला लागेका बेला परेको असिनापानीले ठूलो क्षति पु¥याएको हो । यसले किसानलाई चिन्तित पारेको छ ।

1113
सागर परियार
बिहिवार, बैशाख २०, २०७५

जुम्लामा पछिल्लो समय सरकारी सवारीसाधनको दुरुपयोग बढ्दै गएपछि प्रहरीले ६ वटा मोटरसाईकल नियन्त्रणमा लिएको छ । मंगलबार सार्वजनिक बिदाको दिनमा मोटरसाईकल लिएर मेला हेर्न गएका करिब दुई दर्जनजति सरकारी मोटरसाईकलमध्ये ६ वटा प्रहरीले नियन्त्रणमा लिएको हो ।

1264
कारोबार संवाददाता
बिहिवार, बैशाख २०, २०७५

साढे ३३ किलो सुन तस्करी प्रकरण र सनम शाक्यको हत्या सम्बन्धमा बुधबार ६३ जनामाथि जिल्ला अदालत मोरङमा मुद्दा दर्ता भएको छ । सोमध्ये पक्राउ परेका २९ जनाका साथै फरार रहेका ३४ जना गरी ६३ जनामाथि मुद्दा दर्ता भएको हो । यस घटनाको सम्बन्धमा जिल्ला प्रहरी कार्यालयले ६० दिनको अनुसन्धानको समय पूरा गरी सरकारी वकिल कार्यालयमार्फत अभियोगपत्रसहित मुद्दा दर्ता गरेको हो ।

2247
कारोबार संवाददाता
बिहिवार, बैशाख २०, २०७५

कालिकोटाको पलाता गाउँपालिका–२ मिजुवाडा र बन्जडामा गाउँमा खानेपानीको अभाव धेरै पुरानो हो । पञ्चायतकालदेखि नै स्थानीयले यो समस्या भोग्दै आएका छन् । हरेक निर्वाचनमा भोट माग्न आउनेले खानेपानीको समस्या समाधान गरिदिने बचन नदिएका पनि होइनन् ।

1649
कारोबार संवाददाता
बुधवार, बैशाख १९, २०७५

नेपाल आयल निगमले पेट्रोल, डिजल र मटीतेलको मूल्यवृद्वि गरेको छ । निगमले पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ तथा र डिजेल र मटीतेलमा तीन÷तीन रुपैयाँले मूल्यवृद्वि गरेको छ । पेट्रोलियम पदार्थमा बढेको मूल्य बुधबार राति १२ बजेदेखि लागू भएको निगमले जनाएको छ ।

1983
कारोबार संवाददाता
बुधवार, बैशाख १९, २०७५

डोल्पाका पाटन नखुल्दै अवैधरुपमा यार्चागुम्वा संकलन गर्न गएका झण्डै ४९ जनालाई शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्जको संयुक्त गस्तीले पक्राउ गरेको छ । जगदुल्ला गाउँपालिकाको जगदुल्ला पाटन पुगेका ११ जना महिलासहित ४९ जनालाई सोमबार पक्राउ गरिएको भएपनि उनीहरुको नामचाहिँ सार्वजनिक गरिएको छैन ।

1466
कारोबार संवाददाता
बुधवार, बैशाख १९, २०७५

बाजुरामा श्रम गरेर खानेको संख्या उल्लेख्य छ । जिल्लामा बेरोजगारीको संख्या बढी भएकाले अधिकांश युवा तथा महिला अरुको काम गरेर जीविका चलाउँदै आएका छन् ।

1011
सागर परियार
बुधवार, बैशाख १९, २०७५

तिला गाउँ कार्यपालिका सदस्य बाटु बूढा स्वास्थ्य बिमा बारेमा जानकार थिइनन् । सामान्य गाउँघरमा स्वास्थ्य बिमाको चर्चा भएको सुन्ने गरेकी उनलाई स्वास्थ्य बिमाबारे जान्ने उत्सुकता थियो ।

854
कारोबार संवाददाता
बुधवार, बैशाख १९, २०७५

प्यूठानको खलंगामा नेवारी संस्कृति झल्किने चार ढुंगेधारा निर्माण भएको छ । ३ सय वर्ष पुरानो नेवार बस्तीका रूपमा रहेको जिल्ला सदरमुकाम खलंगामा आठ ढुंगेधारामध्ये चारवटा सम्पन्न भएको हो । राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष प्रा.डा.गोविन्दराज पोख्रेलले आफ्नै सक्रियतामा खलंगा प्यूठानमा निर्मित ढुंगेधाराको उद्घाटन गरेका छन् ।

1819
कारोबार संवाददाता
बुधवार, बैशाख १९, २०७५

‘एक घर एक व्यापार, तार्केश्वर समृद्धिको आधार’ भन्ने नारा सहित प्रथम तार्केश्वर महोत्सव जारी छ । छारमेन्दो युवा सेवा समाज र नुवाकोट पर्यटकीय पूर्वाधार विकास संस्थाको संयुक्त आयोजनामा सोमबारदेखि तार्केश्वर गाउँपालिका–१ फलाटेमा महोत्सव आयोजना गरिएको हो ।

839
कारोबार संवाददाता
बुधवार, बैशाख १९, २०७५

चितवनको कालिका नगरपालिका–६ मा अज्ञात समूहले सोमबार राति ठूलो परिमाणमा केराखेती नष्ट गरेको छ । सो वडामा करिब ३ हजार १ सयभन्दा बढी केराको बोट अज्ञात समूहले काटेर नष्ट गरिदिएको चितवन केरा उत्पादक संघका अध्यक्ष विष्णुहरि पन्तले जानकारी दिए ।

1125
प्रा.डा. विकाशराज सत्याल
बुधवार, बैशाख १९, २०७५

आज दलहरूका फट्याइँ, सरकारको निरीहता, जनताका महत्वाकांक्षा र व्यापार व्यवसायीहरूका अनैतिक लालसाले देशलाई संकटपूर्ण मोडमा उभ्याएको छ । देश अहिले आर्थिक, राजनीतिक तथा सामाजिक संकट झेल्दैछ । यो संकटका लक्षणहरूमा अयोग्य र अनैतिक निर्वाचितहरू, आँकडामा चलखेल गर्ने विज्ञहरू र राजनीतिक व्यवस्थामा अनास्था पैदा गर्ने शासकहरूका बारेमा केही उल्लेख गर्दै छु ।

1351