कारोबार संवाददाता
सोमवार, माघ २२, २०७४

अधिकांश नेपाली युवाको चाहना हुन्छ– पढाइ सकेपछि कुनै जागिर खाने । जागिर नपाए उनीहरू वैदेशिक रोजगारमा जान तयार हुन्छन् । तर, धनकुटाको छथरजोरपाटी गाउँपालिका–४ का युवा मेघराज खतिवडा भने बाउबाजेले थालेको परम्परागत बाख्रापालन व्यवसायलाई निरन्तरता दिँदै व्यावसायिक बनाउन तल्लिन भएका छन् ।

740
कारोबार संवाददाता
सोमवार, माघ २२, २०७४

डडेल्धुरामा डेरी सञ्चालनमा आएपछि दलित समुदायको गाईभैंसीको दूध बिक्री हुन थालेको छ । डडेल्धुराकोे भित्री मधेश क्षेत्रमा पछिल्लो समय व्यावसायिक रूपमा दुग्ध संकलन केन्द्र डेरी सञ्चालनमा आएपछि दलित समुदायकाले पनि सजिलै दूध बिक्री गर्न पाएका छन् । अहिले त्यस क्षेत्रका दलित समुदायहरूले उन्नत जातका गाईभैंसी पालन गरी दूध बिक्रीबाट जीविकोपार्जन गर्दै आएका छन् ।

1203
कारोबार संवाददाता
आइतवार, माघ २१, २०७४

बिहानीको कामलाई पन्छाउँदै खाना खाएपछि नानीलाई शिशु हेरचाह केन्द्रमा पु¥याएर व्यवसायमा लाग्छिन् प्रतीक्षा लिम्बू । मेन्छ्यायेम गाउँपालिका पौठाककी ३१ वर्षीया प्रतीक्षा नानीलाई केन्द्रमा पु¥याएर ढाका व्यवसायमा लाग्दै आएकी छन् ।

1111
कारोबार संवाददाता
आइतवार, माघ २१, २०७४

नेत्र विक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ता १ करोड रुपैयाँ बराबरको प्रतिवन्धित लागूऔषध चरेश सहित पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय गजुरी (धादिङ)बाट खटिएको प्रहरीले विप्लव समूहका ४ जना कार्यकर्तालाई १ सय ७० केजी चरेश सहित पक्राउ गरेको हो । प्रहरीका अनुसार चरेशको प्रतिवन्धित बजारमूल्य ४० हजार देखि ६० हजार रुपैयाँ सम्म पर्छ ।

2590
कारोबार संवाददाता
शुक्रवार, माघ १९, २०७४

प्युठानको सरुमारानी–४ का कृषक योगेश सारुमगर बंगुरपालन व्यवसायबाट राम्रो आम्दानी लिन सफल भएका छन् । ६ वर्षअघि बंगुरपालन शुरु गरेका उनले यही व्यवसायबाटै वार्षिक ६ लाख रुपैयाँ बढी आम्दानी गर्दै आएको बताए । “मासिक ५०/६० हजार आम्दानी हुँदै आएको छ,” सारुमगरले भने, “पछिल्ला वर्षमा यो व्यवसायले राम्रो प्रतिफल दिएको छ ।”

909
कारोबार संवाददाता
शुक्रवार, माघ १९, २०७४

सर्वोच्च अदालतले नेपाल–भारतको सीमामा नेपालको भू–भाग मिचिने गरी सीमा स्तम्भ गाड्नुका कारणबारे लिखित जवाफ पेश गर्न सरकारका नाममा आदेश जारी गरेको छ ।

1074
कारोबार संवाददाता
शुक्रवार, माघ १९, २०७४

सर्वाेच्च अदालतले भक्तपुर कटुन्जेका आधा दर्जन घर भत्काउन डोजर नलगाउन आदेश दिएको छ । सर्वाेच्च अदालतका न्यायाधीश डम्बरबहादुर शाहीको एकल इजलासबाट साविक कटुन्जे वडा नं. २ को हाल सूर्वविनायक नगरपालिका वडा नं. ५ अन्तर्गत रहेका एक दर्जन भन्दा बढी घरधुरीलाई असर पर्नेगरी डोजर नचलाउन आदेश दिएको हो ।

1081
कारोबार संवाददाता
बिहिवार, माघ १८, २०७४

जुम्ला पातारासी गाउँपालिका–३ निवासी पूर्णा कामीको पारिवारिक अवस्था सामान्य छ । उनको ५ जनाको परिवार छ । फाटेको लुगा, पुरानो घर खेतीपातीले ५ महिना नधान्ने अवस्था अहिले पनि ज्यूँको त्यूँ छ । यो दृष्य अरुको नभई पातारासीकी पूर्णा कामीको हो ।

2517
कारोबार संवाददाता
बिहिवार, माघ १८, २०७४

आधुनिक नेपाल स्थापना भएको २५० वर्षको अवसरमा क्वाटर मिलियन अभियानले वीर–वीरङ्गना ज्ञात अज्ञात सहिदहरुको सम्झनामा नेपाली वीरताको अस्तित्वलाई उजागर गर्न आग्रह गरेको छ । रिपोर्टर्स क्लब नेपालमा क्वाटर मिलियन अभियानले पत्रकार सम्मेलन गरेर मुलुक स्थापना भएको २५० वर्षको अवसरमा यसको औचित्यको बारेमा गहन अध्ययन अनुसन्धान हुनुपर्नेमा जोड दिएको हो ।

670
लक्ष्मी सापकोटा
बिहिवार, माघ १८, २०७४

सरकारले काठमाडौं उपत्यका बाहिरका ३२ वटा नगरपालिकामार्फत उपभोक्ता सचेतना कार्यक्रम सञ्चालन गर्ने तयारी गरेको छ । मुलुक संघीय संरचनामा गएसँगै बजार अनुगमन र उपभोक्ता सचेतना कार्यक्रम स्थानीय तहले गर्ने भएपछि सोहीअनुसार स्थानीय जनप्रतिनिधिलाई उपभोक्ता सचेतनाका लागि तालिम दिइन लागेको हो ।

818
नीरज पिठाकोटे
बिहिवार, माघ १८, २०७४

नेपाली अर्थतन्त्रको ‘लाइफलाइन’को रूपमा चिनिने वीरगन्जलाई तस्करहरूले लागूऔषधको ट्रान्जिट पोइन्टको रूपमा पनि प्रयोग गर्ने गरेका छन् । ६ वर्ष अघिसम्म प्रतिबन्धित लागू औषध गाँजाको खेती नै हुने पर्सामा स्थानीय प्रहरी प्रशासनले निर्मूल पारे पनि अहिले भारतबाट आउने लागूऔषध इन्जेक्सन ट्याब्लेट र नेपालबाट भारततर्फ जाने गाँजा अफिमको तस्करीको ट्रान्जिट पोइन्ट बनेको छ ।

1300
रासस
बुधवार, माघ १७, २०७४

आठ वर्षपछि मध्यपुरथिमिमा मल्लकालीन पुलुकिसी प्याखँ (ऐरावत हात्ती नाच) पुनः सञ्चालनमा आएको छ । अर्थ अभावका कारण रोकिएर लोप हुने अवस्थामा पुगेको पुलुकिसी प्याखँ मध्यपुर थिमि–३ स्थित स्थानीय सागबारी टोलका युवाको सक्रियतामा यस वर्ष पुनः सञ्चालनमा ल्याएको हो । मध्यपुरथिमिमा पुलुकिसी प्याखँ भिमा एकादशीको दिन प्रदर्शन गरिन्छ ।

920
कारोबार संवाददाता
मंगलबार, माघ १६, २०७४

बर्दियाको प्रमुख व्यापारिक केन्द्र राजापुर बजारमा जग्गाधनी पुर्जा वितरण प्रक्रिया सुरु भएको छ । वर्षौंदेखि लालपुर्जाविहीन राजापुरमा बहाल बिटौरीमा जग्गादर्ता समितिको कार्यालय खुलेर जग्गाधनी पुर्जा वितरणको प्रक्रिया सुरु भएको हो ।

1284
कारोबार संवाददाता
मंगलबार, माघ १६, २०७४

आन्तरिक राजस्व विभागका तत्कालिन महानिर्देशक चुडामणि शर्माविरुद्ध सोमबार विशेष अदालतमा मुद्दा दायर भएको छ । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले शर्माको करिव साढे ४ करोड सम्पत्ति अवैध रहेको दाबी गर्दै रिट दायर गरेको हो ।

788
कारोबार संवाददाता
मंगलबार, माघ १६, २०७४

राजतन्त्रदेखि गणतान्त्रिक शासन व्यवस्थासम्म आइपुग्दा पनि रुकुम पूर्वको रुकुमकोट सरकारबाट पीडित बनेको छ । सुरुमा रुकुमको सदरमुकाम रुकुमकोट नै थियो । तर २०३० सालमा रुकुमकोटमा रहेको सदरमुकाम राजनीतिक पहुँचको आधारमा एकाएक मुसिकोटमा सारिएपछि पीडित बनेको रुकुमकोट ४४ बर्ष पछि खुसी त बन्यो तर खुसी ५ महिना पनि टिक्न पाएन ।

1388