रासस
बिहिवार, माघ २५, २०७४

जिल्लाबाट वैदेशिक रोजगारीमा जाने अधिकांश कामदारले मेनपावरसँग सोझै आर्थिक कारोबार नगरी स्थानीय ‘एजेण्ट’सँग गर्ने गरेको पाइएको छ । वैदेशिक रोजगारीको क्रममा पीडित भएका र जाने तयारीमा रहेका अधिकांशले आफूले मेनपावरलाई नभई जिल्लाकै एजेण्टलाई पैसा बुझाएको बताएका छन् ।

1157
कारोबार संवाददाता
बिहिवार, माघ २५, २०७४

सरकारले जुम्लाको पातारासी गाउँपालिकालाई आलुको पकेट क्षेत्र घोषणा गरेको छ । अन्य क्षेत्रमा भन्दा पातारासी गाउँपालिकामा पर्ने साविकका चार वटा गाविसले आलु खेतीलाई बढी प्राथमिककता दिने र उत्पादन पनि धेरै गर्ने भएकाले त्यस क्षेत्रलाई आलुको पकेट क्षेत्र मानिएको हो । पातारासी गाउँपालिकाको छुमचौर गाउँका झन्डै ५० घरधुरीले व्यवसायिक खेती गरेर जनही वार्षिक ५ क्विन्टलभन्दा बढी आलु उत्पादन गर्ने गरेका छन् ।

1056
कारोबार संवाददाता
बिहिवार, माघ २५, २०७४

जनता आवास कार्यक्रममा समेटिएका बैतडी, दार्चुला र बझाङका विपन्न नागरिकको घर निर्माण विगत एक वर्षदेखि अधुरै छन् । समयमै किस्ता निकासा नहुँदा कार्यक्रमबाट लाभान्वित सेवाग्रहीको घर निर्माण कार्य अधुरै रहेको हो ।

1710
मातृका दाहाल
बुधवार, माघ २४, २०७४

सुरक्षा निकाय (खासगरी नेपाल प्रहरी)का उच्च अधिकारीको सरुवा/बढुवा अहिले सम्म सायद विवाद रहित बन्न सकेको छैन । कार्यक्षमता/दक्षता, जस्तोसुकै प्रतिकूल समयमा पनि परिस्थितिलाई काबु बाहिर जान नदिने साहस, पारदर्शी, नैतिक र आँटिला अधिकृत तथा जवान सरुवा–बढुवा तथा वृत्तिविकासका लागि मूख्य हकदार हुन् । यसका लागि त्यस्ता अधिकृत तथा जवानहरुको दावेदारी स्वभाविक पनि हो ।

1816
कारोबार संवाददाता
बुधवार, माघ २४, २०७४

दशरथचन्द नगरपालिकाभित्रका शिक्षकहरूले तीन महिनादेखि तलब पाएका छैनन् । स्थानीयतहबाट शिक्षकको तलब वितरण हुन थालेपछि नगरपालिकाले बजेट अपुग भएको भन्दै सामुदायिक विद्यालयमा कार्यरत शिक्षकहरूलाई तीन महिना यतादेखिको तलब दिएको छैन ।

1031
कारोबार संवाददाता
बुधवार, माघ २४, २०७४

दाङमा माटोका भाँडामा समेत बिचौलियाको चलखेल हुने गरेको छ । मेहनत गरेर बनाएका माटोका भाँडाको व्यापारमा बिचौलीयाको रजाइँले उपभोक्ता र भाडा बनाउने कुमालेहरू मर्कामा परेका छन् ।

1072
कारोबार संवाददाता
बुधवार, माघ २४, २०७४

नबिल बैंकद्वारा प्रवद्र्घित नबिल फाउन्डेसनले शिवपुरी गाउँपालिका–२, नुवाकोटस्थित ५ वटा विद्यालयका विद्यार्थीहरूलाई शैÔिक सामग्री वितरण गरेको छ । हालै नुवाकोटमा आयोजित एक कार्यक्रममा नबिल फाउन्डेसनका अध्यÔ दयाराम गोपाल अग्रवाल तथा नबिल बैंकका कर्मचारीले करिब ३ सय ८० बालबालिकालाई स्कुल ब्याग, कापी, कलम, सिसाकलम आदि शैÔिक सामग्रीहरू वितरण गरेका थिए ।

1050
कारोबार संवाददाता
बुधवार, माघ २४, २०७४

तरकारीका बेर्ना उत्पादन गरेर बिक्री गर्दा राम्रो आम्दानी हुन थालेपछि बागलुङको ढोरपाटनका महिला यसतर्फ आकर्षित भएका छन् । व्यावसायिक तरकारी खेतीमा लागेका ढोरपाटन नगरपालिका खुँगाका १० जनाभन्दा बढी महिला तरकारीका बेर्ना उत्पादनमा लागेका हुन् ।

1274
कारोबार संवाददाता
बुधवार, माघ २४, २०७४

मुगुका किसान स्याउको बगैंचा स्याहार्न व्यस्त भएका छन् । किसानहरु स्याउको बगैंचा छाँटकाँट गर्न र मल तथा पानी दिन व्यस्त भएका हुन् । माघदेखि फागुनसम्म स्याउका बिरुवा लगाउने र ठूलो विरुवा काँटछाँट गर्ने गरिन्छ । यो समयमा विरुवाको राम्रो स्याहार गरे उत्पादन राम्रो हुने भएकाले यहाँका अधिकांश किसान स्याउको बगैंचा हेरचाहमा व्यस्त भएका छन् । स्याउ पकेट क्षेत्र मानिएको रोवा, बाम, सोरुकोट, ताल्चा, कालापाल्त, पिना, टोप्ला खमाले, जिउका, मुन्दुका किसान दिनभर नै स्याउको बगैंचामा भुल्ने गरेका छन् ।

819
कारोबार संवाददाता
बुधवार, माघ २४, २०७४

हिउँद लागेपछि मेला महोत्सवमा कलाकारलाई भ्याइनभ्याइ छ । त्यसमाथि पनि लोक गायनको क्षेत्रमा स्थापित कलाकारलाई त कार्यक्रममा समय मिलाउन पनि कठिन छ । एक दशकअघि यसरी नै मेला महोत्सवदेखि रेकर्डिङ स्टुडियोसम्ममा व्यस्त रहने एक ख्यातिप्राप्त लोक गायक भने पछिल्लो समय गाईपालनमा रमाएका छन् । साढे दुई दशकसम्म लोकगायनमा रमाएका बुद्धिराम शर्मा पछिल्लो समय भने आफ्नै गाउँमै गाईपालनमा रमाउन थालेका हुन् ।

789
कारोबार संवाददाता
बुधवार, माघ २४, २०७४

जिल्ला स्वास्थ्य कार्यालय कालिकोटका प्रमुख डा. कौशल अलीलाई नेकपा माओवादीका कार्यकर्ताले कालो मोसो दलेर दुव्र्यवहार गरेको विरोधमा कालिकोटका स्वास्थ्यकर्मी आन्दोलित छन् ।

931
कारोबार संवाददाता
बुधवार, माघ २४, २०७४

नेपालको संविधानले परिकल्पना गरेको संघीयता कार्यान्वयनमा आएको छ । यसअघि एकात्मक व्यवस्थासहितको केन्द्र शासित शासन व्यवस्था देख्दै–भोग्दै आएका नागरिकले संघीय शासनको कार्यान्वयन क्रमशः अघि बढ्दै जाँदा संघीयताको अभ्यासलाई नजिकबाट नियाल्ने अवसर पाइसकेका छन् ।

1208
कारोबार संवाददाता
मंगलबार, माघ २३, २०७४

नयाँ संघीय संरचनाअनुसार कर्मचारी व्यवस्थापन हुन नसक्दा जिल्लाको पश्चिम ढोरपाटन नपरपालिकाका स्थानीयले सास्ती बेहोर्नु परेको छ । कर्मचारी अभावको कारण देखाउँदै ढोरपाटन नगरपालिका कार्यालयले नगर क्षेत्रका ९ वटै वडा हेर्ने जिम्मा एकजना सचिवलाई सुम्पिएको छ ।

1068
कारोबार संवाददाता
मंगलबार, माघ २३, २०७४

युनाइटेड डिस्ट्रिब्युर्टस नेपाल र भाटभटेनी सुपर मार्केटको सहकार्यमा १४ वटा भाटभटेनीमा सञ्चालन गरेको १ केजी एरियल किन्दा एलजी वासिङ मेसिन जित्ने अवसर नामक उपभोक्ता अफरअन्तर्गत भाग्यशाली विजेताहरूलाई युनाइटेड वल्र्ड ट्रेड सेन्टर भाटभटेनी त्रिपुरेश्वरमा सोमबार पुरस्कार वितरण कार्यक्रम आयोजना गरियो ।

790
कारोबार संवाददाता
मंगलबार, माघ २३, २०७४

अमेरिका पठाइदिने प्रलोभनमा पारी विभिन्न व्यक्तिबाट ५ करोड रुपैयाँ ठगी गर्ने अभियुक्त पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सीआइवी)ले हेलम्बु गाउँपालिका–७ सिन्धुपाल्चोकका सुलभ पण्डित क्षेत्रीलाई जोरपाटी-बेसीगाउँबाट पक्राउ गरेको हो ।

1204