कारोबार संवाददाता
आइतवार, असार ७, २०७७
800

शिक्षासेवी अंगुरबाबा जोशीको ८९ वर्षको उमेरमा निधन भएको छ । केही हप्तादेखि छातीमा संक्रमण भएपछि उपचाररत जोशीको शनिबार दिउँसो काठमाडौं, बाँसबारीस्थित न्यूरो अस्पतालमा निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।
काठमाडौं डिल्लीबजारकी जोशी नेपालकी पहिलो महिला क्याम्पस प्रमुख थिइन् । उनले लामो समय पद्मकन्या क्याम्पसमा प्राध्यापन गरेकी थिइन् ।
जोशी युरोपमा उच्च अध्ययन गर्न जाने प्रथम नेपाली महिला पनि थिइन् । २०१९ सालमा राजा महेन्द्रद्वारा गठित चार सदस्यीय संविधान मस्यौदा समितिकी एकमात्र महिला सदस्य रहेकी जोशी सामाजिक चेतना विस्तार र शिक्षाको विकासमा सक्रिय थिइन् ।