गोपाल पोखरेल
सोमवार, जेठ १९, २०७७
389

त्रियुगा नगरपालिका ५ का एक युवाले आफ्नो जन्मोत्सव र वैवाहिक बर्षगाँठमा खर्च गर्न लागेको रकम बन्दाबन्दीले आर्थिक समस्यामा परेका सर्वसाधारणलाई राहत उपलब्ध गराउन सहयोग गरेका छन् । त्रियुगा नगरपालिका ५ का एक युवाले आफ्नो जन्मोत्सव र वैवाहिक बर्षगाँठमा खर्च गर्न लागेको रकम बन्दाबन्दीले आर्थिक समस्यामा परेका सर्वसाधारणलाई राहत उपलब्ध गराउन सहयोग गरेका छन् ।  कोरोना महामारी र बन्दाबन्दीले सम्पूर्ण देशबासी नै थला परेका बेला आफ्नो व्यक्तिगत कार्यक्रम गर्न उपयुक्त नहुने ठानेर न्यु अन्नपूर्ण सप्लायर्सका सञ्चालक समेत रहेका रामजी खड्काले करीव ७५ हजार बराबरको सहयोग उपलब्ध गराएका हुन् ।
उनले त्रियुगा नगरपालिकाको राहत कोषमा जम्मा हुने गरी नगरप्रमुख बलदेव चौधरीलाई ५० हजार रुपैयाँ हस्तान्तरण गरेका छन् । यसैगरी नगरपालिकाको ५ नम्बर वडाका विपन्न तथा ज्याला मजदुरी गरी दुई छाक टार्दै आएका सर्वसाधारणले पाउने गरी १५ हजार बराबरको चामल उपलब्ध गराएका छन् । सोही वडाका अपाङ्गता भएका १६ जनालाई खड्काले जनही १० केजी चामल, १-१ पोका नुन, तेल उपलब्ध गराएको वडाध्यक्ष केदार थापाले बताए ।”महामारीबाट सर्वसाधारणको दैनिक गुजारा नै बन्द भयो”उनले भने,“यस्तो परिस्थितिमा आफु र परिवार खुशी हुने अवश्था रहेन, त्यसैले १३ औँ बैवाहिक बर्षगाठ र जन्मोत्सव गर्न राखेको रकम यता खर्च गरेँ ।” समय र परिस्थितिले साथ दिए यस्ता उत्सव आगामी बर्षपनि मनाउन सकिने भएकाले ज्याला मजदुरी र अपाङ्गता भएका व्यक्तिलाई दुई छाक टार्न मुस्किल भएको देखेर सहयोग गरेको उनले बताए ।