कारोबार संवाददाता
बिहिवार, चैत्र १३, २०७६
298

बारामा लकडाउनको अवज्ञा गर्ने ५ जना बुधबार पक्राउ परेका छन् । अवज्ञा गरी चलाइएका २९० सवारीसधान पनि प्रहरीले नियन्त्रणमा लिएको छ ।
प्रहरीले लकडाउनको अवज्ञा गरी क्रिकेट प्रतियोगिता गराउन खोज्ने २ जना, मिठाई र चिया पसल खोल्न खोज्ने २ जना र नचलाउन आग्रह गर्दा जबरजस्ती मोटरसाइकल चलाउने १ जनालाई नियन्त्रणमा लिइएको जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता डिएसपी गौतम मिश्रका अनुसार जिल्ला प्रशासन कार्यालय बाराबाट निषेधाज्ञा जारी भएको छ । औषधी पसल, खाद्यान्न लगायत अति आवश्यक वस्तु बाहेकका अन्य पसल, हाट बजार बन्द गरिएको छ । अनावश्यक काममा मानिस र सवारी साधनको आवतजावतमा पूर्ण रोक लगाइएको छ ।
लकडाउनको पहिलो दिन मंगलबार भने बारामा प्रहरीले ३ वटा ट्रिपर, ९ वटा ट्रक, २० वटा ट्याक्टर, ५ वटा जीप, ६ वटा बोलेरो, २ वटा स्कर्पियो, १ सय ६० वटा मोटरसाईकल गरी जम्मा २ सय ५ वटा सवारी साधन नियन्त्रणमा लिएको थियो ।