सागर परियार
मंगलबार, फाल्गुन १३, २०७६
489

जुम्ला-कालिकोटका रासकोट नगरपालिका देखि लालिघाट तर्फ आउँदै गरेको बोलेरो जीप कर्णाली नदिमा खसेको छ । यात्रु झारिसकेपछि ब्याक गर्नेक्रममा जीप नदिमा खसेको प्रत्यक्षदर्शीको भनाईलाइ उदृत गर्दै जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ । जीप चालक कर्णाली नदिमा बेपत्ता छन् । जीपको छत देखिरहेको छ । संभव भए सम्म जीप नै निकाल्ने पहल भइरहेको छ,‘ कालिकोट प्रहरीका डिएसपी श्यामबाबु ओलियाले भने, यात्रु सबै झरिसकेकोले ठुलो क्षति भएको छैन् । चालक जीप भित्रै रहेको हुनसक्ने अनुमान गरिएको छ ।
ग १ ज ४१४१ नम्बरको बोलेरो नरहरीनाथ गाउँपालिकाको लालिघाटमा दुर्घटना भएको हो । गाडीमा चालक मात्र थिए । गाडी चालक चक्रबहादु खड्का वेपत्ता भएको प्रहरीको भनाई छ । प्रहरी घटनास्थल तर्फ गइरहेको छ । स्थानीयले चालक र जीपको खोजी भइरहेको जनाएका छन् । दुर्घटनाको खास कारण खुलेको छैन् ।