कारोबार संवाददाता
बुधवार, फाल्गुन ७, २०७६
406

नेपाल निजामती कर्मचारी संगठनले ट्रेड युनियन खारेज नगर्न सरकारलाई चेतावनी दिएको छ ।
सातौं केन्द्रीय समितिको बैठकका निर्णय सार्वजनिक गर्दै मंगलबार संगठनका अध्यक्ष केदारप्रसाद देवकोटाले ट्रेड युनियन खारेज गरे आन्दोलन गर्ने चेतावनी दिए । उनले ट्रेड युनियन खारेज गर्ने, संकुचित गर्ने र अधिकार खुम्च्याउने चलखेल भइरहेको बताए ।
उनले संघीय निजामती कर्मचारी सेवा ऐन निर्माणको क्रममा संसदीय समितिमा ट्रेड युनियन खारेज गर्नुपर्ने कुरा उठेको भन्दै त्यसमा आफूहरूको आपत्ति रहेको बताए ।संघीय निजामती सेवा ऐन ल्याउन ढिलो हुँदा कर्मचारीका समस्या समाधान हुन नसकेको उनको दाबी छ ।