कारोबार संवाददाता
बुधवार, फाल्गुन ७, २०७६
421

शिक्षा पत्रकार समूहको १०औँ अधिवेशनले तुला अधिकारीको नेतृत्वमा १३ सदस्यीय नयाँ कार्यसमिति निर्वाचित गरेको छ । उपाध्यक्षमा कृष्ण मल्ल, महासचिवमा जनक नेपाल, सचिवमा श्याम तण्डुकार र कोषाध्यक्षमा ममता थापा चयन भएको निर्वाचन समितिका संयोजक अधिवक्ता स्वागत नेपालले जानकारी दिए ।
सदस्यहरुमा रोशन क्षेत्री गाउँले, गोपाल सङ्ग्रौला, विष्णु विवेक विश्वकर्मा, यशोदा अधिकारी, प्रज्ञा तिमल्सिना, ओमप्रकाश घिमिरे, जनक पण्डित र सविना बानियाँ निर्वाचित भएका छन् ।