सागर परियार
मंगलबार, माघ १४, २०७६
367

जुम्ला-रातो माटोको खानीमा पुरिएर चन्दननाथ नगरपालिका ४ सिंहाचौरका सासू बुहारीको मृत्यु भएको छ । घर लिप्ने रातो माटो लिन मालाभिडको जंगलमा गएकी ४५ वर्षकी सासू नाक्चु सुनार र २५ वर्षकी बुहारी स्यान सुनारको माटो खन्ने क्रममा खानी भासिएर मृत्युु भएको डिएसपी लाल बहादुर धामीले जानकारी दिए ।
उनीहरु दुबैको घटनास्थलमै मृत्य हो भने खानी भासिदा पुरिएका नविना ऐडी र पञ्चकन्या सुनार घाइते भएका छन् । हाल घाइतेहरुको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान उपचार भैरहेको छ ।