कारोबार संवाददाता
बुधवार, मंसिर ४, २०७६
491

विराटनगर- जनप्रतिनिधिहरूको संरक्षणमा भ्रष्टाचार र घुसखोरी मौलाएको जनगुनासो बढिरहेका बेला मोरङको जहदा गाउँपालिकाका एकजना जनप्रतिनिधि घूस लिँदालिँदै पक्राउ परेका छन् ।
मोरङको जहदा गाउ“पालिका वडा नम्बर १ का कार्यवाहक वडाध्यक्ष उमेशकुमार साहलाई २१ हजार घुससहित मंगलबार अख्तियारले पक्राउ गरेको हो । घुससहित मोरङमा जनप्रतिनिधि पक्राउ परेको पहिलो घटना हो । अख्तियार दुरुपयोग अनुसन्धान आयोग इटहरीको टोलीले साहलाई वडा कार्यालयभित्रैबाट घुस लि“दै गर्दा रंगेहात पक्राउ जनाइएको छ । सडक स्तरोन्नतिका लागि २ लाख रुपैया“को योजना सम्झौता गर्ने क्रममा साहले २१ हजार घुस मागेको आयोग इटहरीका प्रवक्ता ज्ञानेन्द्र ढकालले जानकारी दिए ।
विराटनगर महानगरपालिका–१४ का समानन्द यादवको हत्या आरोप लागेका वडाध्यक्ष प्रदीप यादव फरार भएपछि साहलाई कार्यबाहक दिइएको थियो । समानन्द यादवको गत जेठ ३२ गते गरिएको कुटपिटका कारण असार २७ गते मृत्यु भएको घटनामा संलग्न वडाध्यक्ष यादवलाई जिल्ला अदालत मोरङले पक्राउ पुर्जीसमेत जारी गरेको छ ।