कारोबार संवाददाता
शुक्रवार, कार्तिक २९, २०७६
494

प्यूठान भिंगृ–स्वर्गद्धारी सडक खण्डमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । स्वर्गद्धारी नगरपालिका–४ स्थित मनखोला भीरमा विहीबार बिहान ग २ च ५२४९ नम्वरको बलेरो जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्यूठानले जनाएको छ ।
स्वर्गद्धारी नगरपालिका–२ बस्ने ४० वर्षीया नजरी सुनारको मृत्यू भएको प्रहरी निरिक्षक लोकेन्द्र जिसीले बताए । दुर्घटनामा सोही ठाउँका २५ वर्षीया विना विक र उनको छोरा ८ वर्षका आनन्द विक, चालक माण्डवी गाउँपालिका–५ बस्ने बसन्त केएम घाईते रहेका छन् ।
घाईतेको प्राथमिक उपचार केन्द्र भिंगृमा प्राथमिक उपचार पछि थप उपचारका लागि भैरहवा रिफर गरिएको प्रहरी निरिक्षक जिसीले जानकारी दिए ।