मनोरञ्जन शर्मा
आइतवार, कार्तिक २४, २०७६
361

रुपन्देही-बुद्ध जन्मस्थल लुम्बिनीमा यसै महिनाको अन्तिममा आयोजना हुने त्रिपिटक वाचन कार्यक्रम (च्यान्टिङ) को तयारी पूरा भएको छ । यही कात्तिक २८ देखि ३० सम्म(नोभेम्बर २८ देखि ३०) सम्म च्यान्टिङ कार्यक्रम लुम्बिनीमा आयोजना हुन गैरहेको आयोजक समितीका संयोजक एबं अखिल नेपाल भिक्षु महासंघका अध्यक्ष भिक्षु मैत्री महाथेरोले बिहीबार लुम्बिनीमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए । गत बर्ष बाट सुरु भएको त्रिपिटकको यो दोश्रो संस्करण हो ।
भारतको बोधगया र कुशिनगरमा बिगत १४ बर्ष देखि त्रिपिटक वाचन भैरहेता पनि बुद्ध जन्मस्थल लुम्बिनीमा भने पहिलो पटक गत वर्ष वाचन भएको थियो ।
यस पटकको वाचनमा २५ देशका १ हजार भन्दा बढी भिक्षु तथा उपासकहरूको उपस्थिती रहने बताईएको छ । त्यसै गरी स्वदेशकै धेरै भिक्षु एबं उपासकहरू पनि सहभागी हुने आयोजक समितीका सचिब हिमबहादुर बिष्टले बताए ।
लुम्बिनीको आध्यत्मिक विकासमा टेवा पुर्याउदै बुद्ध दर्शनलाई देश बिदेश सम्म गुन्जायमान पार्ने मुल लक्ष्य रहेको आयोजकले बताएका छन् । त्रिपिटक भगवान बुद्धले दिएको ज्ञान र शिक्षाको सार संग्रहित ग्रन्थ हो । अपि धम्मपिटक, सुत्तपिटक, विनयपिटक गरि त्रिपिटक नामाकरण गरिएको र अपि धम्मपिटक, सुत्तपिटक भगवान बुद्धकै पालामा लेखिएको र विनयपिटक दोश्रो शताब्दी ईशापूर्व सम्राट अशोकको पालामा लेखिएको बौद्ध ग्रन्थ हो ।
त्रिपिटक पाठलाई विशेष गरी बुद्ध धर्म मान्नेहरूले अत्यन्त पवित्र अनुष्ठानका रुपमा लिने लिने गर्दछन् । त्यसैले भिक्षु, भिक्षुणि उपासक, उपासिका सबैले यो पबित्र कार्यमा श्रद्धाका साथ सहभागी हुने परम्परा रहेको छ । त्रिपिटक वाचन कार्यक्रममा लुम्बिनीमा ३ वटै पिटक संगै गौतम बुद्धले आफ्ना पिता राजा शुद्धोधनलाई धर्मदेशना (ज्ञान दिदा )गर्दा सुनाउनु भएको बसन्त जातक सुत्र तथा शाक्य र कोलिय राज्यहरूका विच युद्ध हुन लाग्दा कपिलवस्तुमै युद्ध समाप्तीका लागी देशना गरेका महासमय सुत्र समेत वाचन हुने जनाइएको छ ।

त्रिपिटक पाली, देवनागरी र थाई भाषा आदिमा वाचन गरिने छ । जसलाई सहभागी प्रत्येक देशका भिक्षुहरूले आ– आफ्नो भाषा र शैलीमा पछ्याई वाचन गर्नेछन् । गत जर्ष जस्तै यस बर्ष पनि थाईलैन्ड,बर्मा, श्रीलंका, कोरीयन, जापानीज, भियतनाम, लाओस ,चाईनिज, कम्बोडियाका भिक्षुहरूका साथै नेपाली र हिमालयन भिक्षुहरूको समेत सहभागितामा त्रिपिटक वाचन हुनेछ ।
नेपालमा थेरवादी बौद्ध पुनजागरणको युग सुरु भए एता त्रिपिटक पाठको आयोजना पहिलो पटक गत बर्ष बाट सुरु भएको हो । भारतमा महाबोधी सोसाईटीले सन् २००६मा बोधगयामा पहिलो पटक त्रिपिटक वाचन आयोजना गरेको थियो । त्यसपछि अहिले सम्म बोधगया लगायत कुशीनगर, श्रावस्तीमा निरन्तर त्रिपिटक वाचन हुदै आइरहेको छ । त्रिपिटक च्यान्टिङ कार्यक्रमलाई लुम्बिनी बिकाश कोष, प्रदेश नम्बर ५, लुम्बिनी स्थित थाई बिहार, होटल कासाई लगायत त्यहाका बिभिन्न अन्य बिहार र संघसस्था ले सहयोग गरेका छन् । गत बर्ष ७० लाख रुपैया खर्च भएको यो कार्यक्रममा यस बर्ष १ करोड खर्च हुने अनुमान आयोजकको छ ।

त्रिपिटकपूर्व पिस–वाक
त्रिपिटक वाचन पुर्ब भैरहवा शान्ति गुम्बा देबी राम्रगाम स्तुपा सम्म, भैरहवा देखि लुम्बिनी सम्म तथा लुम्बिनी बाट कपिलबस्तु तिलौराकोट सम्म पिश वाक(शान्ति पदयात्रा) हुनेछ । पहिलो दिन रामग्राम, दोश्रो दिन लुम्बिनी र तेश्रो दिन कपिलबस्तु पुगी त्यहा शान्तिको कामना पुजापाठ र द्धिपप्रज्वलन हुनेछ । लुम्बिनी सहित अन्य स्थलको थप प्रचारका लागी लुम्बिनी स्थित जापानी ह्वाईट स्तुपाका मुख्य भिक्षु सातोको संयोजनमा यो यदयात्रा हुन लागेको हो । पदयात्रा कात्तिक २५, २६ र २७ मा हुनेछ । २८ गते त्रिपिटक वाचन कार्यक्रमको शुभारम्भ मायादेवी मन्दिर परिसरमा प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले गर्ने तय भएको छ ।