कारोबार संवाददाता
सोमवार, कार्तिक २५, २०७६
501

तेह्रथुम-अरिंगालले टोक्दा तेह्रथुमका एक बालकको ज्यान गएको छ । अरिंगालले टोक्दा लालीगुराँस नगरपालिका ९ सोल्मा साविक सोल्मा ५ का ३ बर्षीया बालक मिक्सन लिम्बुको मृत्य भएको हो ।
लिम्बुकी आमा सानुठी लिम्बु घाइते भएको प्रहरी नायक उपरिक्षक नविन किशोर प्रधानले जानकारी दिए । शुक्रबार आफ्नै बारीमा कोदो टिप्न गएकी सानुठीको साथमा रहेको मिक्सनलाई नजिकैको उत्तीसको रुखमा रहेका अरिंगालले टोकेर घाईते भएका उनकोमा उपचारको क्रममा जिल्ला अस्पताल तेह्रथुममा मृत्यृ भएको जिल्ला प्रहरी कार्यालय तेह्रथुमले जनाएको छ ।